ॐ नमो भगवते वासुदेवाय सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः                   पञ्चाङ्ग÷राशीरवारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन २० गते शुक्रबार नेपाल सम्बत ११३७ कौलागा,सन् २०१७ अक्टोवर ६ तारिक कृष्ण पक्ष प्रतिपदा तिथि राती १० वजेर ५५ मिनेटसम्म, रेवती नक्षत्र राती ९ वजेर १६ मिनेटसम्म, धृतियोग, बालवकरण, आनन्दादियोग श्रीवत्स,सूर्य कन्या राशीमा,चन्द्रमा राती ९ वजेर १६ मिनेटसम्म मीन उप्रान्त मेष राशीमा 

सूर्योदयबाट विहान ७÷२७ वजेसम्म चर वेला,÷२७ वजे देखि ८÷५५ वजेसम्म लाभ वेला,÷५५ देखि १०÷२३ वजेसम्म अमृत वेला,१०÷२३ देखि ११÷५१ वजेसम्म काल वेला, ११÷५१ देखि १÷१९ वजेसम्म शुभ वेला,÷१९ देखि २÷४७ वजेसम्म रोग वेला,÷४७ देखि ४ वजेर १५ मिनेटसम्म उद्वेग वेला र ४ वजेर १५ मिनेट देखि सूर्यास्त सम्म चर वेला रहनेछ

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]   

मेष

धन सम्पति चोरी वा हराउन सक्छ सुरक्षित रहनु होला । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले घात गर्नेछन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिने छैन ।

बृष

काममा ढिला सुस्ति भएमा उचित प्रतिफल पाईने छैन । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । कारोवारमा ध्यान दिनु होला । 

मिथुन

समग्रमा दिन राम्रै देखिन्छ । आफन्तजनको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । संचित धन बढ्नेछ ।

कर्कट

आत्मविश्वासका साथ काममा लाग्नु होला अवस्य सफल हुनुहुनेछ । घरको बातावरण प्रतिकुल देखिन्छ । भावावेगमा काम नगर्नु होला आफैलाई घाटा हुनेछ ।

सिंह

भय आतुरमा काम नगर्नु होला । अनावस्यक काममा खर्च हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । 

कन्या

देखिएका सम्भावना क्षीण भएर जानेछन । समयमा काममा प्रवेश गर्नु आवस्यक छ । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई नोक्सान हुनेछ । सामान्यतया आज गरेका काम सफल हुनेछन् ।

तुला

नोकरी तथा राजनीतिमा समस्या आउने छन् । काम गरेर जश पाईने छैन । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । मेहनत अनुसारको प्रतिफल पाईनेछ । व्यापारमा प्रगति हुनेछ ।

बृश्चिक

विश्वासिलो बातावरण बनाएर मात्रै काममा लाग्नु होला । यात्रा भन्दा दैनिक काम काजमा सामान्य खटाईबाट कार्य सम्पादन हुने छैनन । समयमा निर्णय लिन सकिएन भने दुख पाईनेछ ।

धनु

समयको ख्याल राखेर काम गर्नु होला । हतारमा गरेका काम विग्रिन सक्छन् । स्वास्थ्यमा लगानी बढ्नेछ । लेनदेनमा विवाद पर्न सक्छ । संचित धनको नोक्सान हुनेछ । चिन्ताले छोड्ने छैन ।

मकर

काम गर्ने जोश जागर घट्ने छैन । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । आएको अवसरलाई सदुपयोग गर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । दुविधा बढ्नेछ । 

कुम्भ

अनावस्यक काममा समय खर्च हुन सक्छ सतर्क भई काम गर्नु होला । परिवारिक चिन्ताले सताउनेछ । खानपानमा विचार पु¥याउन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ ।

मीन

विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । काम गरेर नाम कमाउन सकिनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । आय आर्जन पनि बढ्नेछ । 

तपाईको प्रतिक्रिया