ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन १९ गते विहिबार नेपाल सम्बत ११३७ कौलाथ्व,सन् २०१७ अक्टोवर ५ तारिक शुक्ल पक्ष पूर्णिमा तिथि राती १२ वजेर ७ मिनेटसम्म, उत्तरभाद्रा नक्षत्र राती ९ वजेर ४५ मिनेटसम्म, वृद्धियोग,भद्राकरण, आनन्दादियोग छत्र,सूर्य कन्या राशीमा,चन्द्रमा मीन राशीमा ।
सूर्योदयबाट विहान ७÷२७ वजेसम्म शुभ वेला,७÷२७ वजे देखि ८÷५५ वजेसम्म रोग वेला,८÷५५ देखि १०÷२३ वजेसम्म उद्वेग वेला,१०÷२३ देखि ११÷५१ वजेसम्म चर वेला, ११÷५१ देखि १÷१९ वजेसम्म लाभ वेला,१÷१९ देखि २÷४७ वजेसम्म अमृत वेला,२÷४७ देखि ४ वजेर १५ मिनेटसम्म काल वेला र ४ वजेर १५ मिनेट देखि सूर्यास्त सम्म शुभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।”
ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]   

मेष

अनावस्यक काममा समय र धन लगानी हुन सक्छ । जहाँबाट सहयोग पाईएला जस्तो लाग्छ त्यहिबाट असहयोग हुनेछ । विना तयारी काममा लाग्दा काम विग्रिने छन् । आरोप लाग्न सक्छ ।

बृष

दिन अनुकुल देखिन्छ । काम गर्न सके दाम हात लाग्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा मंगलिक काम हुन सक्ने कुरालाई नकार्न सकिन्न । परिवारजनको सहयोग पाईने छ ।

मिथुन

कर्म क्षेत्रबाट बाहिर नजानु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । तपाईको भरोसा अरुले गर्ने छन् । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । व्यापारमा सुधार आउला ।

कर्कट

अलमलमा पर्नु भयो भने धेरै अवसर गुम्न सक्छन् । अरुको भर धेरै नपर्नू होला काम विग्रिन सक्छन् । समयमा सोच्न सकिएन भने पछि परिनेछ । आर्थिक कारोवारमा टाउको दुखाई बढि हुनेछ ।

सिंह

आशा गरे अनुसारको काममा सफलता नमिल्न सक्छ । काम गर्दा हेलचक्रयाई नगर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । अहार विहारमा ध्यान दिन सक्नु भएन भने स्वास्थ्य विग्रिन सक्छ ।

कन्या

उत्साह,उमङ्ग बढ्नेछ । नयाँ नयाँ कामको अनुभव गर्न पाईनेछ । प्रयत्न गरे रोजगारी मिल्न सक्छ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । यात्रा हुन सक्छ ।

तुला

काम गर्दा विभिन्न खालका समस्या आउने छन् ती बाट नआत्तिई अगाडि बढ्नु होला । परिश्रमको फल मिठो पाईनेछ । नयाँ कामको बारेमा विचार विमर्श होला । अरुको भर धेरै नपर्नु होला ।  

बृश्चिक

भाग्यको चिन्ता आफ्नै ठाँउमा रहनेछ । यात्रामा कठिनाई उत्पन्न हुन सक्छ । परिवारजनसँग मन मुटाव बढ्न सक्नछ । आर्थिक कारोवारमा गडबढ हुन सक्छ सतर्क रहनु होला ।

धनु

शारीरिक एवं मानसिक रुपमा आफुलाई कमजोर नठानी काम गर्नु होला । काम गर्दा कहि कतैबाट विरोध आउन सक्छ । आलस्यता नै शत्रु सम्झनु होला । आर्थिक कारोवारमा अत्यन्त सावधान रहनु होला ।

मकर

काम गरेर दाम त कमाईने छ,त्यसको अलवा प्रशंसा पनि पाईनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्ला । गलत विचार त्यग्नु होला ।

कुम्भ

कुरा भन्दा काममा जोड दिनु होला । राम्रो बोल्दा अरुले नराम्रो ठान्न सक्छन् । आम्दानी खर्च बरावरै जस्तो होला । शैक्षिक क्षेत्र अनुकुल नै देखिन्छ । व्यापार मध्यम् रहेको छ । सहयोग अल्प होला ।

मीन

गरेका काम प्रशंसनिय हुनेछन् । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । विदेश यात्राको योग देखिन्छ । नयाँ अनुभव बटुल्नु हुनेछ ।  

तपाईको प्रतिक्रिया