ॐ नमो भगवते वासुदेवाय सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः                   पञ्चाङ्ग÷राशीरवारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन १८ गते बुधबार नेपाल सम्बत ११३७ कौलाथ्व,सन् २०१७ अक्टोवर ४ तारिक शुक्ल पक्ष चतुर्दशी तिथि राती १२ वजेर ५३ मिनेटसम्म, पूर्वभाद्रा नक्षत्र राती ९ वजेर ४७ मिनेटसम्म,गण्डयोग,गरकरण,आनन्दादियोग पद्म,सूर्य कन्या राशीमा,चन्द्रमा अपरान्ह ३ वजेर ४३ मिनेटसम्म कुम्भ उप्रान्त मीन राशीमा 

सूर्योदयबाट विहान ७÷२६ वजेसम्म लाभ वेला,÷२६ वजे देखि ८÷५४ वजेसम्म अमृत वेला,÷५४ देखि १०÷२२ वजेसम्म काल वेला,१०÷२२ देखि ११÷५१ वजेसम्म शुभ वेला, ११÷५१ देखि १÷१९ वजेसम्म रोग वेला,÷१९ देखि २÷४७ वजेसम्म उद्वेग वेला,÷४७ देखि ४ वजेर १६ मिनेटसम्म चर वेला र ४ वजेर १६ मिनेट देखि सूर्यास्त सम्म लाभ वेला रहनेछ

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]   

मेष

मध्यान्ह सम्म समय सामान्यतया अनुकुल देखिन्छ भने अपरान्ह कालबाट प्रतिकुलता बढ्नेछ । खर्चमा वृद्धि हुनेछ । आफन्त बनेर धोका दिने छन् । झुट्टा आरोप लाग्न सक्छ ।

बृष

समयले साथ दिनेछ काम गर्न पछि नपर्नु होला । व्यापार व्यवसायमा पनि सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग मिल्नेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

मिथुन

काममा देखिएका समस्या विस्तारै कम भएर जानेछन् । विशेष गरेर मध्यान्ह पछि समय अनुकुल बन्नेछ । कार्य लगनशिलता पनि बढ्नेछ । भय त्रासको अन्त्य हुनेछ ।

कर्कट

समयले अझै साथ दिने देखिन्न । अनावस्यक काम बढि हुनेछन् । सहयोग गर्ने भन्दा असहयोग गर्ने बढि हुनेछन् । इज्ज्त प्रतिष्ठामा पनि दाग लाग्न सक्छ सतर्क रहनु होला ।

सिंह

प्रातकालमा गरेका काम केहि सफल भए पनि अपरान्हबाट समयले साथ दिने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । धन सम्पतिको नास हुन सक्छ । चिन्ता थपिनेछ ।

कन्या

नयाँ कार्य योजना अगाडि बढाउन सजिलो हुनेछ । आयत निर्यात व्यापार व्यवसायमा उन्नति प्रगतिका संभावना प्रशस्त देखिन्छ । जीवन साथिको सहयोग महत्वपूर्ण हुनेछ ।

तुला

कार्य सम्पादन गर्न कठिनाई हुनेछ । विरोधीबाट काममा अवरोध आउन सक्छ सतर्क रहनुहोला । ऋण वृद्धि हुनसक्छ । कारोवार गर्दा विचार पु¥याउनु होला । चिन्ता बढ्नेछ ।

बृश्चिक

दिन मध्यम खालको छ । काम गर्दा दुविधा बढ्न सक्छ । प्रेमिकाले धोका दिन सक्छन् । पढाई लेखाईमा थोरै ध्यान जानेछ । कार्य लगानशिलता बढाउनु पर्ने देखिन्छ ।       

धनु

कार्य लगाशिलता घट्नेछ । समयमा काम गर्न सकिएन भने पछि परिनेछ । आर्थिक कारोवारमा समस्या आउन सक्छ । मध्यान्ह पूर्व गरेका काम सफल भए पनि अपरान्ह पछि काममा अवरोध आउनेछ ।

मकर

कार्य लगनशिलता बढ्नेछ । आर्थिक कारोवारमा सुधार आउनेछ । जीवन साथिको साथ लिएर काम गर्दा बढि अनुकुलता हुन सक्छ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछन् ।

कुम्भ

सामान्यतया दिन अनुकुल नै देखन्छि । आफन्तसँग कारोवार नगर्नु होला विवाद बढ्न सक्छ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछन् । कार्य गोपनियता अप्नाउनु होला ।

मीन

अपरान्ह अगाडि गरेका काम त्यति सफल हुने छैनन । आयमुलक काम भन्दा पनि व्यमुलक काम बढि हुनेछन् । साँझ पख केहि काम हुनेछन् । कार्य लगनशिलता बढ्नेछ ।

तपाईको प्रतिक्रिया