ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन १७ गते मंगलबार नेपाल सम्बत ११३७ कौलाथ्व,सन् २०१७ अक्टोवर ३ तारिक शुक्ल पक्ष त्रयोदशी तिथि राती १ वजेर १० मिनेटसम्म, शतभिषा नक्षत्र राती ९ वजेर २० मिनेटसम्म, शूलयोग, कौलवकरण, आनन्दादियोग मृत्यु,सूर्य कन्या राशीमा,चन्द्रमा कुम्भ राशीमा ।

सूर्योदयबाट विहान ७÷२६ वजेसम्म रोग वेला,७÷२६ वजे देखि ८÷५४ वजेसम्म उद्वेग वेला,८÷५४ देखि १०÷२२ वजेसम्म चर वेला,१०÷२२ देखि ११÷५१ वजेसम्म लाभ वेला, ११÷५१ देखि १÷२० वजेसम्म अमृत वेला,१÷२० देखि २÷४८ वजेसम्म काल वेला,२÷४८ देखि ४ वजेर १७ मिनेटसम्म शुभ वेला र ४ वजेर १७ मिनेट देखि सूर्यास्त सम्म रोग वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।”
ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]   

मेष

उपभोग्य बस्तुको संकलन हुनेछ । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर भन्दा वाहिर बढि सुखानुभूति हुनेछ । आफ्ना कारण अरु लाभान्वित हुनेछन् ।

बृष

काम गर्ने उत्साहा घट्ने छैन । नोकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । सहज र सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् ।

मिथुन

आशाका अङ्कुर पलाउने छन् । गरेका कामले पूर्णता अझै पाउने देखिन्न । समस्याको समाधान खोज्न गाह्रो हुनेछ । व्यापार मन्द रहनेछ । यात्राको अवसर आउने छ ।

कर्कट

नैरास्यता बढ्नेछ । गरेका कामले पूर्णता पाउने छैन । चोटपटकको भय देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । खर्च बढ्नेछ । अहार विहारमा ध्यान दिनु होला ।

सिंह

नयाँ कार्य योजना अगाडि बढ्ने छन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । आयत निर्यात व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । यात्राको योग देखिन्छ ।

कन्या

प्रतिश्पर्धामा सफल हुनुहुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । गरेका काम अधिकाँश सफल हुनेछन् । आत्मबल बढ्नेछ । विरोधीको संख्या बढ्नेछ ।

तुला

पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । प्रेमिकाबाट सहयोग मिल्नेछ । दुविधामा नपरि काम गर्नु होला । यात्रा सहज हुनेछ । नोकरीमा समस्या आउन सक्छ ।

बृश्चिक

घरपरिवारका समस्या समाधानमा समय बढि खर्च हुनेछ । शारीरिक शिथिलता बढ्न सक्छ । अरुको काममा समय बढि नदिदा नै राम्रो हुनेछ । काम धन्दा पछि सर्ने छन् ।

धनु

समयको सदुपयोग गर्नु होला । गरेका काम सफल हुनेछन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । कामाएको धनलाई वचत गर्न सकिने छैन । इष्टमित्रका कारण धन खर्च हुनसक्छ ।

मकर

वोलिको प्रभाव पर्नेछ । संचित धन बढ्नेछ । लगानीमा सजग रहनु होला । व्यापार मन्द रहनेछ । आफन्तको सहयोग अल्प हुनेछ । भय आतुरमा काम नगर्नु होला ।

कुम्भ

महत्वपूर्ण कार्य योजना अगाडि बढ्ने छन् । पढाई लेखाईमा प्रगति हुनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । पराक्रम बढ्नेछ ।

मीन

अतिथि सत्कार खर्च बढ्नेछ । धार्मिक काममा लगानी बढ्नेछ । आम्दानीका क्षेत्र खुम्चिनेछ । जोखिमपूर्ण यात्रा नगर्नु होला । व्यापार व्यवसायमा अवनति हुनेछ । घर परिवारमा अशान्ति हुनेछ ।

तपाईको प्रतिक्रिया