ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन १२ गते विहिबार नेपाल सम्बत ११३७ कौलाथ्व,सन् २०१७ सेप्टेम्बर २८ तारिक शुक्ल पक्ष अष्टमी तिथि राती ७ वजेर २६ मिनेटसम्म, मूल नक्षत्र मध्यान्ह १२ वजेर १८ मिनेटसम्म, सौभाग्ययोग, भद्राकरण, आनन्दादियोग धुम्र,सूर्य कन्या राशीमा,चन्द्रमा धनु राशीमा ।
सूर्योदयबाट विहान ७÷२५ वजेसम्म शुभ वेला,७÷२५ वजे देखि ८÷५५ वजेसम्म रोग वेला,८÷५५ देखि १०÷२५ वजेसम्म उद्वेग वेला,१०÷२५ देखि ११÷५४ वजेसम्म चर वेला, ११÷५४ देखि १÷२४ वजेसम्म लाभ वेला,१÷२४ देखि २÷५४ वजेसम्म अमृत वेला,२÷५४ देखि ४ वजेर २३ मिनेटसम्म काल वेला र ४ वजेर २३ मिनेट देखि सूर्यास्त सम्म शुभ वेला रहनेछ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।”
ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]   

मेष

काम अगाडि बढाउन सकिने छैन विभिन्न खालका अल्झनले । मर्म वुझिदिने कोहि हुने छैनन । इज्जतको ख्याल गरेर काम गर्नु होला । आफन्तमा वैरभाव बढ्न सक्छ । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन ।

बृष

स्वास्थ्य कमजोर हुनसक्छ । व्यापार व्यवसायमा खासै सुधार आउने देखिन्न । मानसिक तनाव बढ्नेछ । अध्ययन अध्यापन कार्यमा अवरोध आउनेछ । इच्छाशक्ति बढेर आउने छ ।

मिथुन

आफन्तजनको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । काम गर्ने जोश जागर बढ्नेछ । बोलिको प्रभाव बढ्नेछ । नोकरीमा राम्रै देखिन्छ । नयाँ कामको अवसर मिल्न सक्छ ।

कर्कट

आफन्तले धोका दिन सक्छन् सजग रहनु होला । आर्थिक कारोवारमा चनाखो रहनु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । पार्टनरमा विवाद पर्न सक्छ ।

सिंह

दुविधा बढ्न सक्छ । अनुकुुल बातावरणमा काम गर्न पाईने छैन । व्यापार व्यवसायमा मन्दि आउनेछ । सहयोग लिएर काम गर्छु भन्ने मान्यता गलत सावित हुनेछ ।

कन्या

परिवारिक समस्या बढ्ने छन् । सम्पतिको विषयलाई लिएर विवाद बढ्न सक्छ । काममा विभिन्न समस्या आउने छन् । व्यापारमा गिरावट आउने छ । खर्च बढ्नेछ ।

तुला

आयका दृष्टिले दिन अनुकुल छ तर लेनदेनमा विचार पु¥याउनु होला । व्यापार व्यवासयमा उन्नति प्रगति हुनेछ । आफन्तबाट सहयोग कम मिल्नेछ । घर बाहिर बसेर काम गर्दा आनन्द हुनेछ ।

बृश्चिक

हेलचक्र्याई नगरि प्रयत्न गरे हरेक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आर्थिक कारोवारमा ध्यान दिनु होला । अरुको भरमा मात्रै काम नगर्नु होला ।

धनु

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नु होला । काम गर्ने वातावरण बन्नेछ । कर्म क्षेत्र छोडेर वाहिर नजानु होला । उत्तम भोजन आसन प्राप्तिको योग देखिन्छ । रमाईला क्षणको अनुभूति हुनेछ ।

मकर

साहास,धैर्यता र पराक्रम घट्नेछ । आफ्नो काम गर्न आफै असक्षम हुनु हुनेछ । काम गरेर दाम गुमाउनु हुनेछ । गाठ गुमाना वेकुप बन्न भन्न उखान चरितार्थ हुनसक्छ । हैरानी बढि हुनेछ ।

कुम्भ

जीवनसाथिका साथै उनका आफन्तबाट सहयोग पाईनेछ । वैदेशिक कार्य योजना अगाडि बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

मीन

कार्य सम्पादन सरल तरिकाबाट हुनेछन् । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । अधुरा काम सम्पादन हुनेछन् । पढाई लेखाईमा भने अवरोध आउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् ।  

तपाईको प्रतिक्रिया