ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन ११ गते बुधबार नेपाल सम्बत ११३७ कौलाथ्व,सन् २०१७ सेप्टेम्बर २७ तारिक शुक्ल पक्ष सप्तमी तिथि अपरान्ह ५ वजेर २२ मिनेटसम्म, ज्येष्ठा नक्षत्र विहान ९ वजेर ४१ मिनेटसम्म, आयुष्मानयोग, वणिजकरण, आनन्दादियोग ध्वाँक्ष,सूर्य कन्या राशीमा,चन्द्रमा विहान ९ वजेर ४१ मिनेटसम्म वृश्चिक उप्रान्त धनु राशीमा । सूर्योदयबाट विहान ७÷२५ वजेसम्म लाभ वेला,७÷२५ वजे देखि ८÷५५ वजेसम्म अमृत वेला,८÷५५ देखि १०÷२५ वजेसम्म काल वेला,१०÷२५ देखि ११÷५४ वजेसम्म शुभ वेला, ११÷५४ देखि १÷२४ वजेसम्म रोग वेला,१÷२४ देखि २÷५४ वजेसम्म उद्वेग वेला,२÷५४ देखि ४ वजेर २३ मिनेटसम्म चर वेला र ४ वजेर २३ मिनेट देखि सूर्यास्त सम्म लाभ वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]   

मेष

घरमा बस्न मन लाग्ने छैन । विभिन्न खालका समस्या आउने छन् । मानसिक तनाव घट्ने छैन । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन ।

बृष

गलत विचार बढ्नेछ । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा आएको मन्दि कायम रहन सक्छ । आत्मबल बढाउनु पर्ने देखिन्छ । खर्च बढ्नेछ ।

मिथुन

लगनशिल भई गरेका काम सफल हुनेछन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । आएको अवसरलाई नगुमाउनु होला । गरेका काम भने धेरै जसो सफल हुने छन् ।

कर्कट

मनमा भय त्रास उत्पन्न हुनेछ । कडा मेहनत गर्नु पर्ला । धैर्यतापूर्वक दृढ भएर काममा लाग्नु होला अवस्यमेव सफल हुनुहुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । 

सिंह

अन्योलता बढ्न सक्छ । यात्रामा समस्या आउनेछ । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्ने छ । 

कन्या

घरयासी समस्या बढ्ने छन् । भौतिक सुख सुविधामा कमि आउनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मनमा कुरा खेल्ने छन् । स्वास्थ्य कमजोर बन्नेछ ।

तुला

नयाँ कामको अवसर आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । गरेका कामबाट उचित लाभ पनि हुने छ । पछि गरौला भनेर काम नसाच्नु होला आफैलाई नोक्सान हुनेछ ।  

बृश्चिक

संचित धन नोक्सान हुनेछ । आफन्तबाट विश्वास घात हुनेछ । धन दिएर शत्रु नबढाउनु होला । अल्छि नगरिकन काम गर्नु होला । व्यापारमा उधारो काम नगर्नु होला । 

धनु

भ्रममा नपरि काम गर्नु होला । आफुले चाहेको काम सफलता मिल्नेछ ।  स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु¥याउनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । 

मकर

विना हिसाव किताव चल्दा दुःख पाईनेछ,नोक्सान हुनेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । व्यापार,व्यवसायबाट आशातित लाभ लिन सकिने छैन ।

कुम्भ

महत्वकाँक्षी नबनि काम गर्नु होला । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । कार्य क्षेत्रबाट बाहिर नजानु होला ।  

मीन

वित्तिय कारोवारमा सुधार आउने छ । अवरोध हट्ने छन्,कामले विस्तारै गति लिनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ ।   

तपाईको प्रतिक्रिया