ॐ नमो भगवते वासुदेवाय सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः                   पञ्चाङ्ग÷राशीरवारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन १० गतेमंगलबार नेपाल सम्बत ११३७ कौलाथ्व,सन् २०१७ सेप्टेम्बर २६ तारिक शुक्ल पक्ष षष्ठी तिथि अपरान्ह ३ वजेर १८ मिनेटसम्म, अनुराधा नक्षत्र विहान ७ वजेर ८ मिनेटसम्म, प्रीतियोग, तैतिलकरण, आनन्दादियोग वज्र,सूर्य कन्या राशीमा,चन्द्रमा वृश्चिक राशीमा  

सूर्योदयबाट विहान ७÷२४ वजेसम्म रोग वेला,÷२४ वजे देखि ८÷५४ वजेसम्म उद्वेग वेला,÷५४ देखि १०÷२४ वजेसम्म चर वेला,१०÷२४ देखि ११÷५४ वजेसम्म लाभ वेला, ११÷५४ देखि १÷२४ वजेसम्म अमृत वेला,÷२४ देखि २÷५४ वजेसम्म काल वेला,÷५४ देखि ४ वजेर २४ मिनेटसम्म शुभ वेला र ४ वजेर २४ मिनेट देखि सूर्यास्त सम्म रोग वेला रहनेछ

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]   

मेष

समग्रमा दिन अनुकुल देखिन्न । गरेका काम धेरै असफल हुने देखिन्छ । हतारमा नयाँ निर्णय नगर्नु होला,क्षति वेर्होनु पर्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । अरुलाई फाइदा पुग्ने काम हुनेछन् ।

बृष

समय सामान्यतया अनुकुल जस्तै देखिन्छ । विवेक प्रयोग गरेर काम गर्नु होला । गरेका काम प्रय सफल हुनेछन् । अरुको मुख ताकेर काम नगर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

मिथुन

काम गर्दा विरोधीबाट अवरोध आउन सक्छ चनाखो रहनु होला । काममा प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । मेहनतपूर्वक गरेका काम सफल हुने छ व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

कर्कट

चिन्तन मनन गरेर मात्रै काम बन्ने छैनन,कर्म क्षेत्रमा खरो उत्र्तिणु होला । सवैलाई आफ्नो ठान्नु भयो भने दुख पाईने छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहने छ । अल्प लाभ हुनेछ ।

सिंह

आलस्यताले सताउने छ । काम गरेर जश कम मिल्ने छ । विदेशको चहाना बढ्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । नोकरी तथा राजनीतिमा थोरै सफलता मिल्ने छ । घर खर्च बढ्नेछ ।

कन्या

काममा ढिला गर्दा आफैलाई घाटा हुनेछ समयमा कार्य सम्पादन गर्नु होला । सहयोगी हात मिल्ने छन् । गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । पराक्रम घट्ने छैन ।

तुला

वित्तिय कारोवारमा चनाखो रहनु होला । लेनदेनका विषयमा आफन्तसँग नराम्रो हुन सक्छ सचेत रहनु होला । पढाई लेखाईमा भने प्रगति हुनेछ । कुनै पनि काम गर्दा गोपनियता भङ्ग नगर्नु होला ।

बृश्चिक

शारीरिक एवं मानसिक स्फूर्ति घट्ने छैन । सामाजिक क्षेत्रमा सफल हुनुहुने छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । एक्लै गरेका कामबाट बढि मुनाफा लिन सकिने छ ।

धनु

आय मार्ग बन्द एवं व्यय मार्ग बढि खुल्ला देखिन्छन् । विना उपलब्धिका काममा धन खर्च हुने छ । व्यर्थ भ्रमण हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि खासै उन्नति हुने देखिन्न । बादविवाद पर्न सक्छ ।

मकर

तनावमा काम नगर्नु होला । धैर्यता पूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । घर परिवारबाट उचित सहयोग मिल्ने छैन तर जीवन साथीको साथ मिल्नेछ ।

कुम्भ

विरोधी शरणमा आउने छन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । काममा केहि सहजता आउनेछ । अधुरा काम फस्र्योट हुने छन् । अध्ययन अध्यापन कार्यबाट लाभान्वित हुनुहुनेछ । उद्याोग पराक्रम बढ्नेछ ।

मीन

समयमा काम गर्न सकिने छैन । काममा सोचे जस्तो प्रगति पनि हुने छैन । इज्जतको ख्याल राख्नु होला । धार्मिक कार्यमा सहभागि हुने अवसर आउन सक्छ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

तपाईको प्रतिक्रिया