ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन ९ गते सोमबार नेपाल सम्बत ११३७ कौलाथ्व,सन्२०१७ सेप्टेम्बर २५ तारिक शुक्ल पक्ष पञ्चमी तिथि अपरान्ह १ वजेर २६ मिनेटसम्म, अनुराधा नक्षत्र अहोरात्र, विष्कुम्भयोग, बालवकरण, आनन्दादियोग मानस,सूर्य कन्या राशीमा,चन्द्रमा वृश्चिक राशीमा ।

सूर्योदयबाट विहान ७÷२४ वजेसम्म अमृत वेला,७÷२४ वजे देखि ८÷५४ वजेसम्म काल वेला,८÷५४ देखि १०÷२४ वजेसम्म शुभ वेला,१०÷२४ देखि ११÷५४ वजेसम्म रोग वेला, ११÷५४ देखि १÷२४ वजेसम्म उद्वेग वेला,१÷२४ देखि २÷५४ वजेसम्म चर वेला,२÷५४ देखि ४ वजेर २५ मिनेटसम्म लाभ वेला र ४ वजेर २५ मिनेट देखि सूर्यास्त सम्म अमृत वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– समय प्रतिकुल छ,नयाँ काममा हात नहाल्नु होला दुख पाईने छ । घरयासी समस्या बढ्ने छन् । मानसिक चिन्ता बढ्ने छ । स्वास्थ्यमा समस्या आउन सक्छ । अनावस्यक खर्च बढ्ला ।

बृष

वृषः– यात्राको सम्भावना देखिन्छ । नयाँ काम हात लाग्न सक्ने कुुरालाई पनि नकार्न सकिन्न । आय बढ्ला । उद्योग,धन्दा बन्द व्यापारमा उन्नति प्रगति हुने छ । काम गर्ने जोश जागर पनि बढ्ने छ ।

मिथुन

मिथुनः– मुद्धा,मामिलामा विजय हात लाग्ने छ । काम गर्दा गोपनियता अप्नाउनु बढि उचित हुने छ । व्यापार व्यवसायमा विस्तारै सुधार आउने छ । आफन्तबाट नै शत्रुवत व्यवहार हुन सक्छ ।

कर्कट

कर्कटः– समयमा निर्णय लिन सकिएन भने आफ्नो काममा पनि अरुले अधिकार जमाउन खोज्ने छन् सर्तक भई काम गर्नु होला । आर्थिक तनाव कायम रहने देखिन्छ । विश्वासमा काम नगर्नु होला ।

सिंह

सिंहः– घरयासी बातावरण खलबलिन सक्छ । सम्पतिको विषयलाई लिएर विवाद नपर्ला भन्न सकिन्न ।स्वास्थ्यमा पनि समस्या आउन सक्छ । चिन्ता बढ्नेछ । काम गरेर अपयश मात्रै मिल्ला ।

कन्या

कन्याः– साहास,धैर्यता र पराक्रम बढ्ने छ । उद्योग,धन्दा बन्द व्यापारमा प्रगति हुने छ । काम गरेर दाम पनि राम्रै कमाईने छ । पढाईमा भने कमै ध्यान जाने छ । अरुको भर नपर्नु होला ।

तुला

तुलाः– आफन्त बनेर धोेका दिन सक्छन् सके सम्म आर्थिक कारोवार नगर्नु होला । घर परिवारको चिन्ताले छोड्ने छैन । काम गर्न सके दाम आउने छ । प्रतिष्ठाको पनि ख्याल राख्नु होला ।

बृश्चिक

वृश्चिकः– दुविधामा नपरि काम गर्नु होला । आज गरेका अधिकाँश काम सफल हुनेछन् । धार्मिक विश्वास बढ्ने छ । आफुमा भएको उर्जाको सदुपयोग गर्नु होला । कारोवारमा ध्यान दिनु होला ।

धनु

धनुः– आफन्तका लागि धन खर्च गर्नु पर्ला । अनावस्यक घुमाई फिराई बढि हुने छ । स्वास्थ्यमा लगानी गर्नु पर्ने अवस्था आउन सक्छ । लेनदेन कारोवारमा विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न ।

मकर

मकरः– नसोचेका ठाँउबाट धन आउन सक्छ । व्यापारबाट पनि सोचे भन्दा राम्रो आम्दानी हुने छ । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । आफन्तबाट सहयोग साहानुभूति मिल्ने छ ।

कुम्भ

कुम्भः– अधुरा रहेका काम धेरै सम्पन्न हुने छन् । बादविबादमा विजय प्राप्त हुने छ । तपाईको काम देखेर विरोधी पनि प्रभावित हुने छन् । एउटा कामको टुङ्गो लागे पछि आर्को काममा हात हाल्नु होला ।

मीन

मिनः– विचारमा विचलन आउन सक्छ । बाहिरी काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । व्यापार व्यवसायमा पनि खासै प्रगति हुने देखिन्न । यात्राको योग देखिन्छ ।

तपाईको प्रतिक्रिया