ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन ८ गते आइतबार नेपाल सम्बत ११३७ कौलाथ्व,सन्२०१७ सेप्टेम्बर २४ तारिक शुक्ल पक्ष चौथी तिथि विहान ११ वजेर ५४ मिनेटसम्म, विशखा नक्षत्र राती ४ वजेर ४८ मिनेटसम्म, वैधृतियोग, भद्राकरण, आनन्दादियोग उत्पाद,सूर्य कन्या राशीमा,चन्द्रमा राती १० वजेर १७ मिनेटसम्म तुला उप्रान्त वृश्चिक राशीमा ।

सूर्योदयबाट विहान ७÷२३ वजेसम्म उद्वेग वेला,७÷२३ वजे देखि ८÷५३ वजेसम्म चर वेला,८÷५३ देखि १०÷२३ वजेसम्म लाभ वेला,१०÷२३ देखि ११÷५४ वजेसम्म अमृत वेला, ११÷५४ देखि १÷२४ वजेसम्म काल वेला,१÷२४ देखि २÷५४ वजेसम्म शुभ वेला,२÷५४ देखि ४ वजेर २६ मिनेटसम्म रोग वेला र ४ वजेर २६ मिनेट देखि सूर्यास्त सम्म उद्वेग वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]

मेष

समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । घरपरिवारबाट पूर्ण सहयोग मिल्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विदेश यात्राको योग देखिन्छ । आम्दानी बढ्नेछ ।

बृष

आन्तरिक कुरा अरुलाई नखोल्नु होला धोका हुनेछ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । सामान्य प्रयासबाट कार्य सम्पादन हुने छैनन । प्रयत्नबाट नै काम बन्नेछन् ।

मिथुन

भ्रममा नपरि काम गर्नु होला । समयमा काममा प्रवेश गर्न सके केहि न केहि लाभ लिन सकिनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार मन्द रहने छ ।

कर्कट

काम गर्न मन लाग्ने छैन । रमाईलो गरेर दिन विताउन मन लाग्नेछ । आम्दानी भन्दा खर्च नै बढि हुनेछ । अरुको काम गरेर जश मिल्ने छैन । पारिवारिक झमेला बढ्न सक्छ ।

सिंह

समयले साथ दिनेछ । गरेका अधिकाँश काम बन्ने छन् । नयाँ सोच विचारका साथ काम हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।

कन्या

आर्थिक कारोवारमा सजग रहनुहोला । गरेका काम सफल हुनेछन् र लाभदायक रहलान् । अरुलाई पूर्ण विश्वासमा लिएर काम गर्दा अप्ठ्यारो पर्न सक्छ सचेत रहनु होला ।

तुला

समयमा सुधार आउनेछ । समस्याको समाधान निस्कनेछ । गरेका कामबाट लाभ हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

बृश्चिक

दैनिक काम काजमा अवरोध आउन सक्छ । भाग्यले साथ दिने छैन । नगरेका कामको अपयश लिनु पर्ने अवस्था आउन सक्छ । लगानी डुब्न सक्छ सतर्क रहनु होला ।

धनु

आफ्ना विषय बस्तुले प्राथमिकता पाउनेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । भाग्यमा भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । व्यापार बढ्नेछ ।

मकर

काम सरल तरिकाले बन्नेछन् । अधुरा काम पनि फस्र्योट हुनेछन् । सामाजिक काम गरेमा इज्जत बढ्नेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

कुम्भ

आफुले सोचे जस्तो हुने छैन । काम गर्दा इज्जतको पनि ख्याल राख्नु होला । अरुको काम गरेर जश मिल्ने छैन । विना उपलब्धिका काममा समय बढि खर्च हुनेछ ।

मीन

काममा अवरोध आउने देखिन्छ । व्यापार व्यवसायबाट लाभ भन्दा हानी बढि हुनसक्छ सतर्क रहनु होला । आफन्तबाट विश्वास घात हुनसक्छ । तनाव बढ्नेछ ।

तपाईको प्रतिक्रिया