ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन ७ गते शनिबार नेपाल सम्बत ११३७ कौलाथ्व,सन्२०१७ सेप्टेम्बर २३ तारिक शुक्ल पक्ष तृतीया तिथि विहान १० वजेर ४७ मिनेटसम्म, स्वाती नक्षत्र राती २ वजेर ५० मिनेटसम्म, ऐन्द्रियोग, गरकरण, आनन्दादियोग सिद्धि,सूर्य कन्या राशीमा, चन्द्रमा तुला राशीमा । सूर्योदयबाट विहान ७÷२३ वजेसम्म काल वेला,७÷२३ वजे देखि ८÷५३ वजेसम्म शुभ वेला,८÷५३ देखि १०÷२३ वजेसम्म रोग वेला,१०÷२३ देखि ११÷५४ वजेसम्म उद्वेग वेला, ११÷५४ देखि १÷२४ वजेसम्म चर वेला,१÷२४ देखि २÷५४ वजेसम्म लाभ वेला,२÷५४ देखि ४ वजेर २६ मिनेटसम्म अमृत वेला र ४ वजेर २६ मिनेट देखि सूर्यास्त सम्म काल वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]

मेष

काम गर्दा साना तिना समस्या आए पनि निर्धक्क सँग गर्नु होला अवस्य सफलताका सिढि चढ्न पाईनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । पारिवारिक सुख,शान्ति मिल्नेछ ।

बृष

उच्चमनोबलका साथ काम गर्नु होला गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउने छ । आम्दानी बढ्नेछ । शत्रुको बक्रदृष्टि पर्ने हुदा सजग रहनु होला ।

मिथुन

यात्राबाट फाइदा खासै हुने छैन । समयमा निर्णय लिन सकिएन भने आफ्नो कामबाट अरुले फाइदा लिने छन् । आलस्यता बढ्नेछ । पढाईका साथै बाहिरी काममा चासो बढ्नेछ ।

कर्कट

धन सम्पतिको विषयलाई लिएर टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापारमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । धन खर्च बढ्नेछ ।

सिंह

बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्ने छ । घर परिवारबाट सहयोग मिल्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापारमा सुधार आउनेछ ।

कन्या

घर परिवारमा सामान्य समस्या आउन सक्छन् । घरका समस्या मिलाउन समय लाग्ने छ । ऋण लगानीमा जोड नदिनु होला । संचित धन खर्च हुनेछ । व्यापार मन्द रहला ।

तुला

शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ । उत्तम भोजन र आशन प्राप्तिको योग देखिन्छ । रोकिएका काम बन्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ ।

बृश्चिक

भाग्यमा अवरोध आउन सक्छ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । बोलिको प्रभाव घट्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

धनु

आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ ।

मकर

समयको गतिसैग काममा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । नोकरीमा अवसर आउनेछ ।

कुम्भ

आफ्ना काम भन्दा अरुका काम बढि हुने छन् जसका कारण धेरै काम अधुरा रहने छन् । गरेका काम आलोचित हुनेछन् । समस्याबाट पीडित हुनुपर्ला । अनावस्यक खर्चमा वृद्धि हुनेछ ।

मीन

विश्वासको संकट पर्ने छ । आफ्नो सोचाईको विपरित काम हुने छन् । मानसिक चिन्ता बढ्ने छ । पढाई लेखाईमा ध्यान जाने छैन । व्यापारमा गिरावट आउनेछ । खर्च बढ्नेछ ।

तपाईको प्रतिक्रिया