ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन ६ गते शुक्रबार नेपाल सम्बत ११३७ कौलाथ्व,सन् २०१७ सेप्टेम्बर २२ तारिक शुक्ल पक्ष द्वितीया तिथि विहान १० वजेर १० मिनेटसम्म,चित्रा नक्षत्र राती १ वजेर १८ मिनेटसम्म, ब्रह्म योग, कौलवकरण, आनन्दादियोग मुशल,सूर्य कन्या राशीमा, चन्द्रमा मध्यान्ह १२ वजेर ४२मिनेटसम्म कन्या उप्रान्त तुला राशीमा । सूर्योदयबाट विहान ७÷२३ वजेसम्म चर वेला,७÷२३ वजे देखि ८÷५३ वजेसम्म लाभ वेला,८÷५३ देखि १०÷२४ वजेसम्म अमृत वेला,१०÷२४ देखि ११÷५५ वजेसम्म काल वेला, ११÷५५ देखि १÷२६ वजेसम्म शुभ वेला,१÷२६ देखि २÷५७ वजेसम्म रोग वेला,२÷५७ देखि ४ वजेर २८ मिनेटसम्म उद्वेग वेला र ४ वजेर २८ मिनेट देखि सूर्यास्त सम्म चर वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– मध्यान्ह पछि नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् । कार्य क्षमता बढ्ने छ । उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । बैदेशिक कार्य पनि सफल हुने देखिन्छ । जीवन साथिबाट सहयोग मिल्ने छ ।

बृष

वृषः– काममा कडा रुपमा प्रशस्तुत हुनु होला । सामान्य प्रयासबाट कार्य सम्पादन गर्न कठिनाई हुनेछ । परिश्रमको फल राम्रो मिल्नेछ । आत्मबल र आत्म विश्वास बढ्ने छ । व्यापार बढ्ने छ ।

मिथुन

मिथुनः– पढाईका साथै बाहिरी काममा पनि चासो बढ्ने छ । समयलाई बुझ्न सकिएन भने पछि परिने छ । आय आर्जनका क्षेत्र कमजोर देखिने छन् । लेनदेन कारोवारमा सचेत हुनु आवस्यक छ ।

कर्कट

कर्कटः–घरका समस्यासँग बढि परिचित हुनु पर्ला । आर्थिक कारोवार विग्रिन सक्छ सचेत नभएको खण्डमा । आयका खुम्चिने छन् । खर्चको मात्रा बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउने छ ।

सिंह

सिंहः– काम गरे अनुुसारको प्रतिफल पाउन कठिनाई हुने छैन । उद्योग,धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । आम्दानी खर्चको व्यवस्थापनमा बढि ध्यान दिनु पर्ने छ । घर परिवारबाट सहयोग मिल्नेछ ।

कन्या

कन्याः– सामान्यतया आजको दिन पनि अनुकुल नै देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । पढाई लेखाई तिर भन्दा कमाई तिर मन दौडिने छ । आर्थिक कारोवारमा चनाखो रहनु होला ।

तुला

तुलाः– शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । उत्तम आसन र भोजन प्राप्तिको पनि योग देखिन्छ । फजुल खर्चमा नियन्त्रण आउने छ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आय बढ्ला ।

बृश्चिक

वृश्चिकः–व्यर्थको घुमाई फिराई बढि हुनेछ । अतिथि सत्कार र धर्मको नाममा खर्च बढ्न सक्छ । व्यापार व्यवसाय मा गिरावट आउने छ । काम काजमा पनि समस्या आउने देखिन्छ । विवाद पर्न सक्छ ।

धनु

धनुः– आफुले सोचे जस्तो नभए पनि निरासा नै हुने ठाँउ भने रहने छैन । व्यापार व्यवसायमा सुधार आउने छ । काम काजमा प्रगति हुने छ । परिवारमा सुख शान्ति मिल्नेछ । स्वास्थ्यमा पनि सुधार आउने छ ।

मकर

मकरः– अधुरा काम सफल हुने छन् । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । गएका ठाँउमा मान सम्मान पाईने छ । व्यापार व्यवसायमा पनि क्रमिक सुधार आउने छ । प्रतिष्ठा बढ्ने छ ।

कुम्भ

कुम्भः– काम गरेर आलोचना सहनु पर्ला । बाहिरी काममा बढि चासो हुदा आफ्ना कामले प्रथमिकता पाउने छैन । व्यापार व्यवसाय मन्द रहला । यात्राबाट सामान्य लाभ हुने छ । आस्था बढ्ने छ ।

मीन

मीनः–मानसिक चिन्ता बढ्ने छ । पढाई लेखाईमा अवनति हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । सन्तानका विषयले पनि तनाव बढाउने छ । अनावस्यक काममा समय र धन खर्च हुनेछ ।

तपाईको प्रतिक्रिया