ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला  श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन ५ गते विहिबार नेपाल सम्बत ११३७ कौलाथ्व,सन् २०१७ सेप्टेम्बर २१ तारिक शुक्ल पक्ष प्रतिपदा तिथि विहान १० वजेर ४ मिनेटसम्म ,हस्ता नक्षत्र राती १२ वजेर १४ मिनेटसम्म,शुक्ल योग, बवकरण, आनन्दादियोग रक्ष, सूर्य कन्या राशीमा,चन्द्रमा पनि कन्या राशीमा । आज घटस्थापना । नवरात्रारम्भ । सूर्योदयबाट विहान ७÷२३ वजेसम्म शुभ वेला,७÷२३ वजे देखि ८÷५३ वजेसम्म रोग वेला,८÷५३ देखि १०÷२४ वजेसम्म उद्वेग वेला,१०÷२४ देखि ११÷५५ वजेसम्म चर वेला, ११÷५५ देखि १÷२६ वजेसम्म लाभ वेला,१÷२६ देखि २÷५७ वजेसम्म अमृत वेला,२÷५७ देखि ४ वजेर २९ मिनेटसम्म काल वेला र ४ वजेर २९ मिनेट देखि सूर्यास्त सम्म शुभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– व्यापार व्यवसायमा सुधार आउने छ । घरको बातावरण अनुकुल देखिदैन । काम गर्दा गोपनियता अप्नाउनु होला । गरेका काम सफल हुने छन् । नयाँ कामको अभ्यास हुनेछ ।

बृष

वृषः– अध्ययन कार्य अगाडि बढ्ने छन् । कामको बारेमा बढि चिन्ता हुन सक्छ । बन्धुको सहयोग कम प्राप्त हुनेछ । कुनै पनि कामको बारेमा निर्णय लिदा विचार पु¥याउनु होला ।

मिथुन

मिथुनः– समय सापेक्ष चल्न सकिएन भने दुख पाईने छ । बाहिरी काममा बढि चासो बढ्ने छ । हल्लाको भरमा काम नगर्नु होला । परिवार र आफन्तबाट सहयोग मिल्नेछ ।

कर्कट

कर्कटः– परिवारबाट सहयोग पाईने छ । उच्च मनोबलका साथ काममा लाग्नु होला । आफुसँग भएको उर्जालाई सदुपयोग गर्न कत्ति पनि पछि नपर्नु होला । गरेका काम सफल हुने छन् ।

सिंह

सिंहः– आफन्तका कारण धन खर्च हुन सक्छ । आफुले सोचे जस्तै कहि हुने छैन । व्यापार व्यवसायमा उधारो काम नगर्नु होला । पारिवारिक समस्या नआउलान भन्न सकिन्न ।

कन्या

कन्याः– समयको सदुपयोग गर्ने बेला आएको छ । रमाईलोमा मात्रै लाग्नु भयो भने कामले गति लिने छैन र पछि पश्चताप बाहेक केहि हुने छैन । आज गरेका काम सफल हुने छन् ।

तुला

तुलाः– काममा विग्न बाधा आउने छन् । हतारमा कुनै पनि निर्णय नलिनु होला । आज गरेका कामले पछि सम्म् डस्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । अनावस्यक खर्च बढ्नेछ ।

बृश्चिक

वृश्चिकः– बक्यौता रकम उठाउन सजिलो हुने छ । कुनै काम गर्नु छ भने सममलाई गुमाउने काम नगर्नु होला । सामान्यतया आज गरेका काम सफल हुने छन् । आस्था,विश्वास र पराक्रम बढ्ेन छ ।

धनु

धनुः– सतहमा हेरेर काम नगर्नु होला । काम गर्दा सानातिना समस्या देखिए पनि गर्दै जादा समाधान भएर जाने छन् । आफुमा भएको उर्जालाई खेर जान नदिनु होला । काम सफल हुने योग छ ।

मकर

मकरः– धार्मिक विश्वास बढि हुने छ । सामान्य यात्राबाट लाभ हुन सक्छ । आफन्तबाट सहयोग पाईने छ । व्यापार व्यवसायमा विस्तारै सुधार आउने छ । कारोवार गर्दा चनाखो रहनु होला ।

कुम्भ

कुम्भः– प्रतिकुल परिस्थितिमा काम गर्न गाह्रो हुने छ । व्यापार व्यवसायमा मन्दि नै आउने देखिन्छ । अनावस्यक तनाव बढ्ने छ । स्वास्थ्यमा पनि विचार पु¥याउनु पर्ने देखिन्छ । मिनः– कुनै काम गर्नु छ भने समयलाई गुमाउने काम नगर्नु होला पश्चताप हुने छ । सामान्यतया आज गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक देखिन्छ ।

मीन

मिनः– कुनै काम गर्नु छ भने समयलाई गुमाउने काम नगर्नु होला पश्चताप हुने छ । सामान्यतया आज गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक देखिन्छ ।

तपाईको प्रतिक्रिया