ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन ४ गते बुधबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर २० तारिक कृष्ण (पितृ) पक्ष औसी तिथि विहान १० वजेर २८ मिनेटसम्म उप्रान्त शुक्ल प्रतिपदा तिथि,उत्तरफाल्गुनी नक्षत्र राती ११ वजेर ४१ मिनेटसम्म उप्रान्त हस्ता नक्षत्र,शुभ योग, नागकरण, आनन्दादियोग प्रवद्र्ध, सूर्य कन्या राशीमा,चन्द्रमा पनि कन्या राशीमा ।

सूर्योदयबाट विहान ७÷२२ वजेसम्म लाभ वेला, ७÷२२ वजे देखि ८÷५३ वजेसम्म अमृत वेला,८÷५३ देखि १०÷२४ वजेसम्म काल वेला,१०÷२४ देखि ११÷५६ वजेसम्म शुभ वेला, ११÷५६ देखि १÷२७ वजेसम्म रोग वेला, १÷२७ देखि २÷५८ वजेसम्म उद्वेग वेला,२÷५८ देखि ४ वजेर २९ मिनेटसम्म चर वेला र ४ वजेर २९ मिनेट देखि सूर्यास्त सम्म लाभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः–समयले साथ दिनेछ । कार्य सम्पादनमा कठिनाई आउनेछ । प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । विवादित विषयको टुङ्गो लाग्नेछ । व्यापार बढ्नेछ ।

बृष

वृषः–व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । अलमलमा नपरि काम गर्नु होला गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा मन जानेछ । यात्रामा कठिनाई हुनेछ ।

मिथुन

मिथुनः–काम गर्दा आलोचना सहनु पर्ने छ । आफन्तसँग विवाद पर्न सक्छ । आलस्यता बढ्नेछ । काम काजमा ढिला सुस्ति हुनेछ । घरयासी खर्चमा वृद्धि हुनेछ ।

कर्कट

र्ककटः–काम गर्ने जोश जागर बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ भने गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

सिंह

सिंहः–अरुको पूर्ण भर विश्वासमा काम नगर्नु होला । दिन मध्यम खालको छ काम गर्दा थोरै विचार गर्नु होला । लेनदेन कारोवारमा सचेत हुनुहोला । प्रयत्न सफल हुनेछन् ।

कन्या

कन्याः–सामान्यतया आजको दिन अनुकुल नै देखिन्छ । उत्तम भोजन र आसन प्राप्तिको योग छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ला ।

तुला

तुलाः–तुलनात्मक रुपमा दिन अनुकुल भन्दा प्रतिकुल बढि हुनसक्छ विचार पूर्वक काम गर्नु होला । अनावस्यक खर्च वृद्धि हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् ।

बृश्चिक

वृश्चिकः–आफन्तको सहयोगमा काम बन्ने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । भाग्यले साथ दिदा धेरै ठाँउमा सफलता मिल्नेछ । काम गर्दा भने ढिला सुस्ति नगर्नु होला ।

धनु

धनुः–स्वास्थ्य अनुकुल बन्नेछ । रोकिएका काम बन्ने योग देखिन्छ । आर्थिक कुरालाई ध्यान राखेर काम गर्नु होला । अरुको भरमा मात्रै काम नगर्नु होला क्षति हुनसक्छ ।

मकर

मकरः–विस्तारै सुधारका संकेत देखिने छन् । मानसिक चिन्ता घट्नेछ । आफ्ना काम भन्दा बाह्य काम बढि हुने देखिन्छ । आम्दानी खर्र्च वरावरै जस्तो हुनेछ ।

कुम्भ

कुम्भः–ग्रह,गोचर त्यति अनुकुल देखिदैन काम गर्दा जोखिम नउठाउनु होला । नयाँ काममा हात हाल्दा घाटा हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन उल्टो घाटा बढ्नेछ ।

मीन

मीनः–समयको सदुपयोग गरेर काम गर्नु होला अवस्य सफलता मिल्नेछ । साझेदारी काममा हात नहाल्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सहयोग अल्प मिल्नेछ ।

तपाईको प्रतिक्रिया