ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन ३ गते भौमबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर १९ तारिक कृष्ण (पितृ) पक्ष चतुर्दशी तिथि विहान ११ वजेर २० मिनेटसम्म उप्रान्त औसी तिथि,पूर्वफाल्गुनी नक्षत्र राती ११ वजेर ३७ मिनेटसम्म उप्रान्त उत्तरफाल्गुनी नक्षत्र,साध्ययोग, शकुनीकरण, आनन्दादियोग धूम्र, सूर्य सिंह राशीमा,चन्द्रमा ४ गते विहान ५ वजेर ३६ मिनेटसम्म सिंह उप्रान्त कन्या राशीमा ।

सूर्योदयबाट विहान ७÷२२ वजेसम्म रोग वेला, ७÷२२ वजे देखि ८÷५३ वजेसम्म उद्वेग वेला,८÷५३ देखि १०÷२५ वजेसम्म चर वेला,१०÷२५ देखि ११÷५७ वजेसम्म लाभ वेला, ११÷५७ देखि १÷२८ वजेसम्म अमृत वेला, १÷२८ देखि २÷५९ वजेसम्म काल वेला,२÷५९ देखि ४ वजेर ३० मिनेटसम्म शुभ वेला र ४ वजेर ३० मिनेट देखि सूर्यास्त सम्म रोग वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– कुरा धेरै काम कम हुनेछन् । सानो गल्तिले धेरै घाटा हुनसक्छ सतर्क भएर काम गर्नु होला । व्यापार व्यवसाय एवं गरेका कामबाट थोरै लाभ हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

बृष

वृषः– मनमा शान्ति कम मिल्नेछ । पारिवारिक काममा बढि व्यस्त हुनु पर्ला । भौतिक सम्पतिको वारेमा विवाद बढ्न सक्छ । सहयोग गर्ने भन्दा माग्ने धेरै हुनेछन् । खर्च नियन्त्रण गर्न सकिने छैन ।

मिथुन

मिथुनः– दिन अनुकुल जस्तै देखिन्छ । काम गर्ने उत्सहामा कमि आउने छैन । काम समयमा सम्पन्न गरे लाभ लिन सकिनेछ । उद्योग धन्दाबाट लाभान्वित हुनुहुनेछ । व्यापार बढ्नेछ ।

कर्कट

कर्कटः– आर्थिक संरचनालाई नचलाई काम गर्नु होला । कसैलाई ऋण दिने काम नगर्नु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । अरुको भरमा मात्रै काम नगर्नु होला अवसर गुम्नेछ ।

सिंह

सिंहः– महत्वकाँक्षी योजना सोच विचार अगाडि बढाउनु होला । आत्म विश्वासका साथ काममा लाग्नु होला ताकि हेलचक्र्याई नगरि सफल हुनुहुनेछ । व्यक्तित्व विकास हुनेछ ।

कन्या

कन्याः– समय त्यति अनुकुल देखिन्न । लाभदायक काम ओझेलमा पर्ने देखिन्छ । खर्च व्यवस्थापनमा समस्या आउन सकछ । परभाव र पर बन्धनको सम्भावना देखिन्छ । आरोपको सामना गर्नु पर्ला ।

तुला

तुलाः– काम गर्ने उत्साहामा कमि आउने छैन तर गोपनियता अप्नाई गर्नु होला । व्यापार बढ्नेछ । नोकरी,राजनीति तथा व्यवसायिक प्रतिष्ठानबाट लाभान्वित हुनुहुनेछ । सहयोग कम मिल्नेछ ।

बृश्चिक

वृश्चिकः– काम गर्दा प्रेरण मिल्नेछ । गरेका काम उदाहरणीय हुनेछन् । पद,प्रतिष्ठा र सामाजिक क्षेत्र सफल देखिन्छ । अवरुद्ध कामले गति लिनेछ । नरमाइला क्षण कम हुनेछन् । सहयोगी भेटिने छन् ।

धनु

धनुः– समयले अझै पूर्ण साथ दिने देखिन्न । अरुको आशा र भरोसामा काम नगर्नु होला । यात्रा हुनसक्छ । कामहरु धीमा गतिमा अगाडि बढ्ने छन् । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला ।

मकर

मकरः–मनमा पीडा बोकेर काम गर्नु पर्ने अवस्था आउनेछ । व्यापार व्यवसायमा नयाँ समस्या आउने छन् । सहयोगी हात भेटिने छैनन । श्रमको मूल्य गुमाउनु पर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ

कुम्भः– काम गर्दा विवाद नगर्नु होला । साझेदारी काममा हात नहाल्नु होला,एकलौटी कामबाट लाभान्वित हुनुहुनेछ । आम्दानी खर्च बरावरै जस्तो होला । सहज रुपमा काम हुने छैनन ।

मीन

मिनः– विरोधीको सक्रियता बढ्नेछ । मुद्धा मामिलामा जीत हुनेछ । अरुको भरु विश्वासमा काम गर्नु भयो भने धोका हुनेछ । सहज रुपमा काम हुने छैनन । काम सम्पन्न गर्न कडा मेहनत गर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया