ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन २ गते सोमबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर १८ तारिक कृष्ण (पितृ) पक्ष त्रयोदशी तिथि मध्यान्ह १२ वजेर ३८ मिनेटसम्म उप्रान्त चतुर्दशी तिथि,मघा नक्षत्र राती १२ वजेरसम्म उप्रान्त पूर्वफाल्गुनी नक्षत्र, सिद्धियोग, वणिजकरण, आनन्दादियोग ध्वाँक्ष, सूर्य सिंह राशीमा, चन्द्रमा पनि सिंह राशीमा ।
सूर्योदयबाट विहान ७÷२२ वजेसम्म अमृत वेला, ७÷२२ वजे देखि ८÷५४ वजेसम्म काल वेला,८÷५४ देखि १०÷२६ वजेसम्म शुभ वेला,१०÷२६ देखि ११÷५८ वजेसम्म रोग वेला, ११÷५८ देखि १÷३० वजेसम्म उद्वेग वेला, १÷३० देखि ३÷२ वजेसम्म चर वेला,३÷२ देखि ४ वजेर ३४ मिनेटसम्म लाभ वेला र ४ वजेर ३४ मिनेट देखि सूर्यास्त सम्म अमृत वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– अन्योलता बढ्नेछ । कुनै काम शुरु गरिन्छ भने दत्तचित्त भएर लाग्नु होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ । घर परिवारका समस्या कम भएर जाने छन् । काममा सानातिना समस्या आउने छन् ।

बृष

वृषः– काम गर्ने जोश जागर घट्न सक्छ । काम गरेर जश कम मिल्नेछ । व्यापार व्यवसायमा समस्या आउने देखिन्छ । घर परिवारमा टण्टा उत्पन्न हुन सक्ने कुरालाई नकार्न सकिन्न । खर्च बढ्ने छ ।

मिथुन

मिथुनः– कार्य सम्पादन गर्न सहास,धैर्यता र पराक्रमको खाचो देखिन्छ । गरेका काम अधिकाँश सफल हुने छन् । उद्योग धन्दा बन्द व्यापारमा प्रगतिका सम्भावनाहरु प्रशस्त देखिने छन् । आय बढ्ला ।

कर्कट

कर्कटः– आर्थिक प्रलोभनमा परेर काम गर्नु भयो भने तपाईको धन डुब्न सक्छ । आफन्त बनेर धोका दिने कम हुने छैनन । व्यापार व्यवसायबाट आफुले सोचे जस्तो लाभ लिन सकिने छैन । खर्च बढ्ने छ ।

सिंह

सिंहः–काममा निरन्तरता दिनु पर्ने देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । फजुल खर्चमा थोरै नियन्त्रण आउने छ । व्यापार व्यवसायमा सामान्य सुधार आउने छ । थोरै आत्म विश्वास बढ्नेछ ।

कन्या

कन्याः– आशाहरु निराशामा परिणत हुने छन् । अनावस्यक काममा समय र धन लगानी हुनेछ । विरोधीको चर्को सामना गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । चोटपटकको भय देखिन्छ ।

तुला

तुलाः–आफुले नसोचेका ठाँउबाट आम्दानी हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । नयाँ कामको अवसर आउन सक्छ । नोकरी तथा राजनीतिमा सफलता मिल्ने छ । विद्या बढ्ने छ ।

बृश्चिक

वृश्चिकः– भाग्य र कर्म दुवै बलियो देखिन्छ । सरल तरिकबाट काम सम्पन्न हुने छन् । नयाँ कामले प्राथमिकता पाउने छ । घर परिवारबाट सहयोग मिल्नेछ । काम गर्ने जोश जागर बढ्ने देखिन्छ ।

धनु

धनुः– मनमा चिन्ता रहिरहने छ । अनावस्यक काम काजहरु बढि हुने छन् । अरुको भलाईमा आफ्नो भविष्य नदेखे हुन्छ । काम गरेर अपयश मात्रै मिल्ने छ । व्यापार व्यवसायबाट खासै लाभ हुने छैन ।

मकर

मकरः– परिवारमा दुख,कष्ट,हैरानी बढि हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न । अनावस्यक झन्झट वेहोर्नु पर्ला । खर्चको मात्रा बढ्ने छ । चिन्ता बढ्ला ।

कुम्भ

कुम्भः– काममा अरुको सहयोग लिएर काम गर्छु भन्नेतिर नलाग्नु होला । स्वतन्त्र व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा प्रगति हुनेछ ।

मीन

मिनः– धन सम्पतिको विषयले बढि पिरोल्ने छ । काम गर्दा विरोधीबाट अवरोध आउन सक्ने भएको हुदा होशियार भएर काम गर्नु होला । व्यापार व्यवसायमा सुधार आउने छ । आया आर्जन बढ्ने छ ।

तपाईको प्रतिक्रिया