ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन १ गते रविबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर १७ तारिक कृष्ण (पितृ) पक्ष द्वादशी तिथि अपरान्ह २ वजेर १९ मिनेटसम्म उप्रान्त त्रयोदशी तिथि,अश्लेषा नक्षत्र राती १२ वजेर ४६ मिनेटसम्म उप्रान्त मघा नक्षत्र, शिवयोग,तैतिल करण, आनन्दादियोग वज्र, सूर्य सिंह राशीमा, चन्द्रमा राती १२ वजेर ४६ मिनेटसम्म कर्कट उप्रान्त सिंह राशीमा ।
सूर्योदयबाट विहान ७÷२२ वजेसम्म उद्वेग वेला, ७÷२२ वजे देखि ८÷५४ वजेसम्म चर वेला,८÷५४ देखि १०÷२६ वजेसम्म लाभ वेला,१०÷२६ देखि ११÷५८ वजेसम्म अमृत वेला, ११÷५८ देखि १÷३० वजेसम्म काल वेला, १÷३० देखि ३÷२ वजेसम्म शुभ वेला,३÷२ देखि ४ वजेर ३४ मिनेटसम्म रोग वेला र ४ वजेर ३४ मिनेट देखि सूर्यास्त सम्म उद्वेग वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । आलस्यता बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । आफन्तबाट धोका हुनसक्छ । तनावमा कुनेै काम नगर्नुृ होला । अनावस्यक खर्च बढ्नेछ ।

बृष

वृषः– सहास धैर्यता पराक्रम बढ्नेछ । निर्णय क्षमता बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । वित्तिय क्षेत्रमा पनि सुधार आउनेछ ।

मिथुन

मिथुनः– कारोवार गर्दा विचार गर्नु होला । प्रयास प्रयत्न सफल हुनेछन् । निर्णय क्षमता कमजोर रहनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काममा स्थायित्व दिनु पर्ने देखिन्छ ।

कर्कट

कर्कटः– काम गर्ने जोश जागर बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको सामान्य योग देखिन्छ । अनावस्यक खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

सिंह

सिंहः– व्यापार व्यवसायबाट नाफा भन्दा घाटा बढि हुनसक्छ । अनावस्यक काममा समय लगानी हुुनेछ । फजुल खर्च बढ्नेछ । झुट्टा कुराले पिरोल्न छाड्ने छैन । भावावेगमा काम नगर्नु होला ।

कन्या

कन्याः– काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । केहि बक्यौता रकम उठाउन सकिनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । खर्च नियन्त्रण गर्नु होला । पारिवारिक सुख शान्ति मिल्नेछ ।

तुला

तुलाः– अधुरा काम आज फस्र्यौट हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ स्थान मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । काम गरेर अनुसारको उपलब्धि हासिल हुनेछ । व्यक्तित्व प्रभाव बढ्नेछ ।

बृश्चिक

वृश्चिकः– मानसिक तनाव कम हुनेछ । आस्था र विश्वास बढ्नेछ । फलदायी धार्मिक यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । उपकारी काममा मन जानेछ ।

धनु

धनुः– काम काजमा अवरोध आउने देखिन्छ । शारीरिक दूर्वलता एवं मानसिक तनाव बढ्न सक्छ । घर परिवारमा अशान्ति बढ्न सक्छ । अनावस्यक काममा समय र धन लगानी बढ्नेछ ।

मकर

मकरः–थोरै संवेदनशिल भएर काम गर्नु होला । दैनिक काम काजमा प्रगति हुनेछ । नजिकका व्यक्तिबाट सहयोग सहानुभूति मिल्नेछ । घर परिवारमा सुख शान्ति मिल्नेछ । व्यापारबाट उचित लाभ लिन सकिनेछ ।

कुम्भ

कुम्भः– तपाई माथि शत्रुको बक्रदृष्टि पर्ने भएकोले काम गर्दा सतर्क हुनुहोला । गोपनीयता अप्नाई मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । काम अनुसारको प्रतिफल पनि राम्रै मिल्नेछ ।

मीन

मीनः– आवेगमा आएर काम नगर्नु होला । योजना बनाएर समयमा निर्णय लिन सकिएमा गरेका कामबाट केहि फाइदा लिन सकिनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

तपाईको प्रतिक्रिया