ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भाद्र ३१ गते शनिबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर १६ तारिक कृष्ण (पितृ) पक्ष एकादशी तिथि अपरान्ह ४ वजेर १७ मिनेटसम्म उप्रान्त द्वादशी तिथि, तिष्य नक्षत्र राती १ वजेर ५३ मिनेटसम्म उप्रान्त अश्लेषा नक्षत्र, परिघयोग, बालव करण, आनन्दादियोग मित्र, सूर्य सिंह राशीमा, चन्द्रमा कर्कट राशीमा ।

सूर्योदयबाट विहान ७÷२२ वजेसम्म काल वेला, ७÷२२ वजे देखि ८÷५४ वजेसम्म शुभ वेला,८÷५४ देखि १०÷२६ वजेसम्म रोग वेला,१०÷२६ देखि ११÷५८ वजेसम्म उद्वेग वेला, ११÷५८ देखि १÷३० वजेसम्म चर वेला, १÷३० देखि ३÷२ वजेसम्म लाभ वेला,३÷२ देखि ४ वजेर ३४ मिनेटसम्म अमृत वेला र ४ वजेर ३४ मिनेट देखि सूर्यास्त सम्म काल वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– भौतिक धन सम्पतिको नास हुनसक्छ । आफन्तसँगको सम्बन्ध विग्रिन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । गलत चिन्तन बढ्नेछ । स्वास्थ्यमा समस्या आउ सक्छ । आलोचना बढ्नेछ ।

बृष

वृषः– काम गर्ने उत्साहा विस्तारै बढ्ने देखिन्छ । पुराना काम विस्तारै फस्र्योट हुने छन् । आर्थिक उन्नति तिर पाइलाहरु लम्किने छन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउने देखिन्छ ।

मिथुन

मिथुनः– आत्मबल,आत्मविश्वास घट्ने छैन । आर्थिक रुपले दिन त्यति अनुकुल देखिन्न । धन लगानी नगर्नु होला । आफन्तसँगको सम्बन्ध राम्रो रहने छैन । प्रयत्नहरु भने सकार हुनेछन् ।

कर्कट

कर्कटः– समयले थोरै साथ दिने देखिन्छ । काममा देखिएको गतिरोधको विस्तारै अन्त्य हुने छ । दुविधामा नपरि काम गर्नु होला । मिलेर काम नगर्नु होला । स्वतन्त्र व्यापार व्यवसायबाट आय बढ्नेछ ।

सिंह

सिंहः– योजना धेरै हुनेछन् तर कार्य प्रगति प्राय शून्य जस्तै रहनेछ । तयारी विना काममा जादा बढि नोक्सान हुनसक्छ । व्यापार व्यवसायमा समस्या आउने देखिन्छ । सहयोगी हात खुम्चिने छन् ।

कन्या

कन्याः– आफुले सोचे जस्तो कहि कतै हुने छैन । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । नसोचेका ठाँउहरुबाट सहयोग मिल्ने छ । राज्यबाट पीडि हुनुहुनेछ ।

तुला

तुलाः– सोचे भन्दा राम्रो रहनेछ दिन । पुराना काम फस्र्योट हुनेछन् । काम गर्ने विश्वासिलो बातावरण बन्नेछ । राजनीतिबाट लाभान्वित हुनुहुनेछ । गरेका काम प्रभावकारी हुनेछन् ।

बृश्चिक

वृश्चिकः– दिन सामान्य देखिन्छ । धेरै आसा कहि कतैबाट नगर्नु होला । उपलब्धिका काम कम हुनेछन् । मानसिक तनावमा कमि आउनेछ । भाग्यले थोरै साथ दिनेछ । काममा हेलचक्र्याई नगर्नु होला ।

धनु

धनुः– दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । काम काजमा अवरोध आउनेछ । व्यापारमा गिरावट आउनेछ ।

मकर

मकरः– नयाँ परिस्थितिको सृजना हुने छ । साझेदारी काम नगर्न होला । प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ । आयत निर्यात व्यापारमा सुधार आउने छ । परिवारजनको सहयोग अल्प मिल्ने छ ।

कुम्भ

कुम्भः– समयको महत्व बुझेर काम गर्न सकिएन भने पछि परिने छ । काम गर्ने सहज बातावरण बन्ने छैन । सवै काम मेहनतबाट मात्र बन्ने छन् । मनमा त्रास उत्पन्न हुनेछ ।

मीन

मिनः– घर छोडेर बाहिर जाने अवस्था आउन सक्छ । कामको वीचमा दुविधा उत्पन्न हुन सक्छ । हेलचक्र्याई गरेर समयमा निर्णय लिन सकिएन भने अरुले फाइदा लिने छन् ।

तपाईको प्रतिक्रिया