ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भाद्र ३० गते शुक्रबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर १५ तारिक कृष्ण (पितृपक्ष) पक्ष दशमी तिथि साँझ ६ वजेर २९ मिनेटसम्म उप्रान्त एकादशी तिथि, पुनर्वसु नक्षत्र राती ३ वजेर १४ मिनेटसम्म उप्रान्त तिष्य नक्षत्र, वरियनयोग,वणिज करण, आनन्दादियोग लुम्ब,सूर्य सिंह राशीमा,चन्द्रमा राती ९ वजेर ३७ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।

सूर्योदयबाट विहान ७÷२१ वजेसम्म चर वेला, ७÷२१ वजे देखि ८÷५३ वजेसम्म लाभ वेला,८÷५३ देखि १०÷२५ वजेसम्म अमृत वेला,१०÷२५ देखि ११÷५७ वजेसम्म काल वेला, ११÷५७ देखि १÷२९ वजेसम्म शुभ वेला, १÷२९ देखि ३÷१ वजेसम्म रोग वेला,३÷१ देखि ४ वजेर ३३ मिनेटसम्म उद्वेग वेला र ४ वजेर ३३ मिनेट देखि सूर्यास्त सम्म चर वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।”
ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]

मेष

मेषः– समयले साथ दिने देखिन्छ,अवसरको पुर्ण उपयोग गर्न पछि नपर्नु होला । अरुका कुरा भन्दा आफ्नो कामलाई प्राथमिकता दिनु होला । काममा ढिला गर्दा अवसर गुम्न सक्छ । आय आर्जन बढ्ने छ ।

बृष

वृषः– आर्थिक कारोवारमा थोरै ध्यान दिनु होला । संचित धन नास हुन सक्छ । आफन्तबाट नै विश्वास घात हुनसक्छ सर्तक रहनुहोला । मेहनत बढि गर्नु पर्ला काम सफल हुनेछन् ।

मिथुन

मिथुनः– काम गर्ने उत्साहामा कमि आउने छैन । सामान्यतया आज गरेका काम सफल हुनेछन् । राम्रो कामको लागि खर्च हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कर्कट

कर्कटः– समयले आज पनि साथ दिने छैन । अनावस्यक काममा समय र श्रम लगानी हुनेछ । खर्चको मात्रा ह्वातै बढ्ने छ । व्यापारमा नोक्सानी हुन सक्छ । नगरेका कामको अपयश लिनु पर्नेछ ।

सिंह

सिंहः– ग्रह,गोचरबाट दिन अनुकुल जस्तै देखिन्छ । आफ्नो कर्म क्षेत्रबाट बाहिर नजानु होला । नोकरी,राजनीति तथा व्यापार व्यवसाय, वित्तिय कारोवारबाट धन आर्जन हुनेछ ।

कन्या

कन्याः– काममा देखिएका समस्या कम भएर जाने छन् । मनमा भएको द्विविधा हटेर जानेछ । आफ्नो काम छोडेर अन्त नलाग्नु होला । आर्थिक कारोवारमा सुधार आउनेछ ।

तुला

तुलाः– सहज बातावरणको अभाव देखिन्छ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । व्यापारमा आएको मन्दि कायम नै रहने देखिन्छ । गरेका कामले अरुलाई फाईदा पुग्ने छ ।

बृश्चिक

वृश्चिकः– प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । बन्न लागेका काम विग्रिन सक्छन् । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । खर्चको मात्रा बढ्नेछ । मानसिक तथा शारीरिक दूर्वलता बढ्नेछ ।

धनु

धनुः– काम गर्दा तनावमा कहिल्यै नगर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । दैनिका काम काजमा साना तिना समस्या आए पनि प्रयत्नबाट समाधान गर्न सकिने छ ।

मकर

मकरः– परिवारमा मनमुटाव बढ्न सक्छ । सामान्य प्रयासबाट काम बन्ने छैनन । मेहनतका साथ गरेका काम भने सफल हुने छन् । अरुको मुख नताकि काम गर्नु होला ।

कुम्भ

कुम्भः– शारीरिक दूर्वलता तथा मानसिक तनाव बढ्न सक्छ । के गर्ने भन्न कुरामा नै समय जानेछ । आफुमा भएको उर्जाको प्रयोग गर्न नसक्दा पछि परिनेछ । गरेका कामबाट आँशिक लाभ होला ।

मीन

मिनः– अनावस्यक तनाव हुनेछ । भौतिक सम्पतिको नास हुन सक्छ । शारीरिक शिथिलता बढ्नेछ । घरयासी समस्याले सताउनेछ । काम गरेर जश भन्दा अपयश मिल्नेछ ।

तपाईको प्रतिक्रिया