ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भाद्र २९ गते विहिबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर १४ तारिक कृष्ण (पितृपक्ष) पक्ष नवमी तिथि राती ८ वजेर ५१ मिनेटसम्म उप्रान्त दशमी तिथि, मृगशिरा नक्षत्र विहान ६ वजेर २६ मिनेटसम्म उप्रान्त आद्र्रा नक्षत्र, सिद्धियोग,तैतिल करण, आनन्दादियोग मृत्यु,सूर्य सिंह राशीमा,चन्द्रमा मिथुन राशीमा ।

सूर्योदयबाट विहान ७÷२१ वजेसम्म शुभ वेला, ७÷२१ वजे देखि ८÷५३ वजेसम्म रोग वेला,८÷५३ देखि १०÷२६ वजेसम्म उद्वेग वेला,१०÷२६ देखि ११÷५८ वजेसम्म चर वेला, ११÷५८ देखि १÷३० वजेसम्म लाभ वेला, १÷३० देखि ३÷३ वजेसम्म अमृत वेला,३÷३ देखि ४ वजेर ३५ मिनेटसम्म काल वेला र ४ वजेर ३५ मिनेट देखि सूर्यास्त सम्म शुभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– साहस,धैर्यता र पराक्रम बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ,धन कमाउने अवसर आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्त थोरै सकरात्मक हुनेछन् ।

बृष

वृषः– मन दिए पनि धन नदिनु होला डुब्न सक्छ । मिलेर गरेका काम विवाद रहित रहने छैनन । काममा लगनशिलता बढाउनु होला । प्रयत्न नगरि काम बन्ने छैनन । स्वतन्त्र कामबाट लाभ हुनेछ ।

मिथुन

मिथुनः–शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । भोजभतेरमा सहभागि हुने अवसर आउन सक्छ । खर्चमा नियन्त्रण आउनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

कर्कट

कर्कटः– दिन प्रतिकुल छ । काम काजमा अवरोध आउन सक्छ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । काम गरेर जश पाईने छैन । व्यापारमा घाटा हुनसक्छ । जोखिम मोलेर काम नगर्नु होला ।

सिंह

सिंहः–आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

कन्या

कन्याः– उद्योग पराक्रम बढ्नेछ । आज कार्य प्रगति राम्रो रहनेछ । व्यक्तित्व प्रभावका कारण काम हुनेछन् । पुराना काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायमा विस्तारै प्रगति हुनेछ ।

तुला

तुलाः–असहज स्थितिको महशुस हुनेछ तर समय सुधारोन्मुख देखिन्छ । मनमा फैलिएको अराजकता कम हुनेछ । घरमा बस्न मन लाग्ने छैन । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्ने छन् ।

बृश्चिक

वृश्चिकः– अस्वास्थता बढ्न सक्छ । दैनिक काम काजमा अवरोध आउने देखिन्छ । लेनदेन कारोवारमा झन्झट थपिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । सुख शान्तिमा कमि आउनेछ ।

धनु

धनुः–दैनिक कामम प्रगति हुनेछ । नयाँ कामको अवसर आउन सक्छ प्रयत्न गरेको खण्डमा । आयत निर्यात व्यापार व्यवसायबाट मुनाफा बढ्नेछ । जीवन साथिबाट सामान्य सहयोग मिल्नेछ ।

मकर

मकरः– आफन्तमा वैरभाव उत्पन्न हुनेछ । कार्य सम्पादन गर्न कठिनाई हुनेछ । काम गर्दा रिस,डाहा गर्ने धेरै हुनेछन् । श्रमको मुल्य उठाउन गाह्रो हुनेछ । शत्रु माथि विजय प्राप्त हुनेछ ।

कुम्भ

कुम्भः–काम गर्दा विभिन्न खालका समस्या झेल्नु पर्ने छ । अन्योलमा पर्नु भयो भने अवसर फुत्किन सक्छ । अरुबाट सहयोगको आशा धेरै नगर्नु होला । साझेदारी काममा विवाद बढ्नेछ ।

मीन

मीनः– घरका समस्या बढ्न सक्छन् । शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । धन सम्पतिको विषयलाई लिएर विवाद बढ्न सक्छ । खर्चको मात्रा बढ्नेछ । विरोधी सल्वलाउने छन् ।

तपाईको प्रतिक्रिया