ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भाद्र २८ गते बुधबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर १३ तारिक कृष्ण (पितृपक्ष) पक्ष अष्टमी तिथि राती ११ वजेर १७ मिनेटसम्म उप्रान्त नवमी तिथि, रोहिणी नक्षत्र विहान ८ वजेर ६ मिनेटसम्म उप्रान्त मृगशिरा नक्षत्र, वज्रयोग, बालव करण, आनन्दादियोग शुभ,सूर्य सिंह राशीमा,चन्द्रमा साँझ ७ वजेर १६ मिनेटसम्म वृष उप्रान्त मिथुन राशीमा ।

सूर्योदयबाट विहान ७÷२१ वजेसम्म लाभ वेला, ७÷२१ वजे देखि ८÷५३ वजेसम्म अमृत वेला,८÷५३ देखि १०÷२५ वजेसम्म काल वेला,१०÷२५ देखि ११÷५७ वजेसम्म शुभ वेला, ११÷५७ देखि १÷३० वजेसम्म रोग वेला, १÷३० देखि ३÷३ वजेसम्म उद्वेग वेला,३÷३ देखि ४ वजेर ३६ मिनेटसम्म चर वेला र ४ वजेर ३६ मिनेट देखि सूर्यास्त सम्म लाभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– घरयासी खर्चमा तिव्रता आउने छ । मनमा सुख शान्ति कम मिल्नेछ । काम गर्दा विभिन्न झमेला आइलाग्ने छन् । प्रयत्न गरेमा काममा सफल मिल्नेछ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला ।

बृष

वृषः– शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुनेछ ।

मिथुन

मिथुनः– काम काजमा अवरोध आउने क्रम रोकिने छैन । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आम्दानी भन्दा नोक्सान बढि होला ।

कर्कट

कर्कटः– गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्ने छ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला सधै समयले साथ दिने छैन ।

सिंह

सिंहः– आत्मविश्वास बढ्ने छ । लगनशिल भई काममा लाग्नु होला । विना मेहनत कहिबाट केहि मिल्ने छैन । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । परिश्रमको फल राम्रो निस्कने छ ।

कन्या

कन्याः– खटाई आफ्नो लागि भन्दा अरुको लागि बढि हुनसक्छ । समयमा भने सामान्य सुधार आउने छ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारजनको सहयोग कम मिल्ने देखिन्छ ।

तुला

तुलाः– समयले कम साथ दिएको देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

बृश्चिक

वृश्चिकः– व्यापार व्यवसायबाट लगानी अनुसारको प्रतिफल मिल्नेछ । सहयोगी हात अगाडि बढ्ने छन् । अवसरको पूर्ण सदुपयोग गर्नु होला । मनोरञ्जनका अवसर आउने छन् । प्रेममा सफलता मिल्नेछ ।

धनु

धनुः– कार्य सम्पादनमा कठिनाई आउनेछ,धैर्यतापूर्वक काम गर्नु होला । गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।

मकर

मकरः– अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन ।

कुम्भ

कुम्भः– मन दौडिने छ,पेट पोल्ने छ,समस्या बल्झिने छन् । काम गर्ने जोश,जागर घट्नेछ । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै सफलता मिल्न सक्छ । पारिवारिक समस्या बढ्ने छन् ।

मीन

मिनः– गरेका काम अधिकाँश सफल हुने देखिन्छ । कुनै काम गर्न पछि परिने छैन । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईने छ । काममा ढिला सुस्ति नगर्नु होला ।

तपाईको प्रतिक्रिया