ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भाद्र २७ गते मंगलबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर १२ तारिक कृष्ण (पितृपक्ष) पक्ष सप्तमी तिथि राती १ वजेर ४३ मिनेटसम्म उप्रान्त अष्टमी तिथि, कृतिका नक्षत्र विहान ९ वजेर ४३ मिनेटसम्म उप्रान्त रोहिणी नक्षत्र, हर्षणयोग, भद्रा करण, आनन्दादियोग गद,सूर्य सिंह राशीमा,चन्द्रमा वृष राशीमा ।
सूर्योदयबाट विहान ७÷२१ वजेसम्म रोग वेला, ७÷२१ वजे देखि ८÷५३ वजेसम्म उद्वेग वेला,८÷५३ देखि १०÷२६ वजेसम्म चर वेला,१०÷२६ देखि ११÷५८ वजेसम्म लाभ वेला, ११÷५८ देखि १÷३१ वजेसम्म अमृत वेला, १÷३१ देखि ३÷४ वजेसम्म काल वेला,३÷४ देखि ४ वजेर ३७ मिनेटसम्म शुभ वेला र ४ वजेर ३७ मिनेट देखि सूर्यास्त सम्म रोग वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– आर्थिक कारोवारमा नियन्त्रण गर्नु पर्ने देखिन्छ । हेलचक्र्याई नगरि काम गर्नु होला नत्र अवसर गुम्नेछ । आफ्ना आन्तरिक कुरा कसैलाई नखोल्नु होला । सोच विचार लगनशि भई गरेका काम सफल हुनेछन् ।

बृष

वृषः– काम गर्ने उत्साहा बढ्नेछ । थोरै मेहनत गरेमा रोकिएका काम बन्ने छन् । मिलेर काम नगर्नु होला । स्वतन्त्र व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।

मिथुन

मिथुनः– समयले कम साथ दिने देखिन्छ,पाइला पाईलामा विचार पु¥याउनु होला । आर्थिक कारोवारहरु विग्रिन सक्छन सचेत रहनु होला । स्वास्थ्यमा लगानी बढ्ने छ । अनावस्यक खर्च वृद्धिले आर्थिक समस्या ल्याउने छ ।

कर्कट

कर्कटः– नसोचेका ठाँउबाट धन आउन सक्छ । गरेका कामबाट लाभ लिन सकिने छ । औषधि चिकित्सा जस्ता व्यापार व्यवसायबाट मुनाफा हुने छ । ऋण लगानी भने नगर्नु होला फस्न सक्छ । व्यापार बढ्ने छ ।

सिंह

सिंहः– खर्च मात्रै गरेर काम सफल गर्छु भन्ने मानसिकताबाट टाढा बस्नु होला । गरेका काममा सोचे भन्दा राम्रो प्रगति हुने छ । पुराना काम फस्र्योट हुने छन् । पेशा परिर्वतनको चाहान बढ्न सक्छ ।

कन्या

कन्याः– इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अनावस्यक विषय बस्तुमा चासो नदिनु होला । अरुका काम गरेर पुण्य कमाउछु भन्ने मान्यता गलत सवित हुन सक्छ । विश्वासको संकट पर्नेछ ।

तुला

तुलाः– पढाईमा सोचे जस्तो प्रगति हुने छैन । उपलब्धिका काममा अवरोध आउने छ । भौतिक सुखमा कमी आउनेछ । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउने छ । चिन्ता बढ्ने देखिन्छ ।

बृश्चिक

वृश्चिकः– रजोगुण बढ्ने छ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । विदेश यात्राको सम्भावना प्रवल देखिन्छ । नोकरी तथा राजनीतिमा अग्र स्थान लिईनेछ ।

धनु

धनुः– विरोधीसँगको मुद्धामा विजय पं्राप्त हुनेछ । खेलाडीको लागि दिन अनुकुल छ । कार्य योजना बनाएर मात्र काममा प्रवेश गर्नु होला । विना तयारी काममा लाग्नु भयो भने दुख धेरै पाईने छ । अर्थोपार्जन हुने छ ।

मकर

मकरः– अन्योलता बढ्ने छ । भ्रमलाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला क्षति हुनेछ । काममा सानातिना समस्या आउने छन् । अरुको भर विश्वासमा काम नगर्नु होला ।

कुम्भ

कुम्भः– घरको बातावरण खलबलिन सक्छ । घर छोडेर अन्तै जान मन लाग्ने छ । उतार चढावको सामना गर्नु पर्ला । स्वस्थ्यमा समस्या आउने छ । समयमा सोच्न सक्नु भएन भने क्षति धेरै हुनेछ । चिन्ता बढ्नेछ ।

मीन

मिनः– काम प्रतिको चासो बढ्ने छ । लगनशिलता बढाउनु होला,उद्योग धन्दाबाट लाभ लिन सकिने छ । कुनै कुराको पनि तुरुन्तै प्रतिक्रिया दिनतिर नलाग्नु होला पछि क्षति हुनेछ । अर्थ व्यवस्था सुदृढ हुनेछ ।

तपाईको प्रतिक्रिया