ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भाद्र २६ गते सोमबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर ११ तारिक कृष्ण (पितृपक्ष) पक्ष पञ्चमी तिथि विहान ६ वजेर १३ मिनेटसम्म उप्रान्त षष्ठी तिथि, भरुणी नक्षत्र विहान ११ वजेर १० मिनेटसम्म उप्रान्त कृतिका नक्षत्र, व्याघातयोग, तैतिल करण, आनन्दादियोग चर,सूर्य सिंह राशीमा,चन्द्रमा अपरान्ह ४ वजेर ४९ मिनेटसम्म मेष उप्रान्त वृष राशीमा ।

सूर्योदयबाट विहान ७÷२० वजेसम्म अमृत वेला, ७÷२० वजे देखि ८÷५३ वजेसम्म काल वेला,८÷५३ देखि १०÷२६ वजेसम्म शुभ वेला,१०÷२६ देखि ११÷५९ वजेसम्म रोग वेला, ११÷५९ देखि १÷३२ वजेसम्म उद्वेग वेला, १÷३२ देखि ३÷५ वजेसम्म चर वेला,३÷५ देखि ४ वजेर ३९ मिनेटसम्म लाभ वेला र ४ वजेर ३९ मिनेट देखि सूर्यास्त सम्म अमृत वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– दिनको अधिकाँश समय अनुकुल नै देखिन्छ । साँझपख समयले कम साथ दिनेछ । काम गर्ने उत्साहामा थोरै कमि आउनेछ । कार्य सम्पादनमा केहि ढिलाई हुन सक्छ । पठन पाठनमा प्रगति हुनेछ ।

बृष

वृषः– दिनको पूर्वाद्ध त्यति अनुकुल छैन । अपरान्ह देखि समयले साथ दिनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । काम गर्दा अरुको भरोसा नगर्नु नै उत्तम हुनेछ । लगनशिलता बढ्नेछ ।

मिथुन

मिथुनः– पूर्वाद्धमा गरेका काम सफल हुनेछन् । अपरान्ह देखि समयले कम साथ दिने देखिन्छ काममा ढिला नगर्नु होला । आर्थिक कारोवारहरु विग्रिन सक्छन सचेत रहनु होला । खर्च वृद्धिले आर्थिक समस्या ल्याउने छ ।

कर्कट

कर्कटः– आर्थिक कारोवारमा विस्तारै सुधार आउने देखिन्छ । गरेका कामबाट लाभ लिन सकिने छ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । सहयोग सहानुभूति मिल्नेछ । आम्दानीका स्रोत खुल्ने छन् ।

सिंह

सिंहः– साँझपख समयमा सुधार आउनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । पुराना काम फस्र्योट हुने छन् । पेशा परिर्वतनको चाहान बढ्न सक्छ ।

कन्या

कन्याः– सोचे जस्तो समयले साथ दिने छैन । तनावमा काम नगर्नु होला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अरुका काम गरेर आफुलाई कुनै फाइदा हुने छैन । अविश्वासको वातावरण निर्माण हुनदेखिन्छ ।

तुला

तुलाः– समयमा काम गर्न सकिएन भने अवसर गुम्नेछ । मध्यान्ह पछि समयले कम साथ दिनेछ । भौतिक सुखमा कमी आउने छ । । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउने छ ।

बृश्चिक

वृश्चिकः– विरोधी परास्त हुनेछन् । गरेका अधिकाँश काम सफल हुनेछन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । नोकरी तथा राजनीतिबाट लाभ हुनेछ । पुराना झै झमेलाको अन्त्य हुनेछ ।

धनु

धनुः– कसैले तपाई माथि भ्रमको खेती गर्न सक्छन् काम गर्दा होशियार रहनु होला । गरेका कामबाट सामान्य लाभ हुनेछ । पढाई लेखाई खासै प्रगति नहुनसक्छ । तनावले छोड्ने छैन ।

मकर

मकरः– गलत विचारको विकास हुनेछ । काम गर्ने बातावरण खलबलिन सक्छ । स्वव्यवसायमा समस्या आउन सक्छ । अनावस्य विषयलाई लिएर तनाव हुनसक्छ । पारिवारिक खर्च बढ्ने ।

कुम्भ

कुम्भः– अपरान्ह पूर्व गरेका काम सफल हुनेछन् । उप्रान्त समय भने प्रतिकुल बन्नेछ । घरयासी खर्च बढ्नेछ । कार्य शिथिलता बढ्न सक्छ । काम गर्ने वातावरण विग्रिन सक्छ ।

मीन

मिनः– समयको गति सगै समयमा सुधार आउनेछ । आर्थिक समस्या कम भएर जानेछन् । आफन्तजनबाट सहयोग मिल्नेछ । व्यापारमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ ।

तपाईको प्रतिक्रिया