ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भाद्र २५ गते रविबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर १० तारिक कृष्ण (पितृपक्ष) पक्ष चौथी तिथि विहान ८ वजेर ९ मिनेटसम्म उप्रान्त पञ्चमी तिथि, अश्विनी नक्षत्र मध्यान्ह १२ वजेर २४ मिनेटसम्म उप्रान्त भरुणी नक्षत्र, ध्रुवयोग, बालव करण, आनन्दादियोग आनन्द,सूर्य सिंह राशीमा,चन्द्रमा मेष राशीमा ।
सूर्योदयबाट विहान ७÷२० वजेसम्म उद्वेग वेला, ७÷२० वजे देखि ८÷५३ वजेसम्म चर वेला,८÷५३ देखि १०÷२६ वजेसम्म लाभ वेला,१०÷२६ देखि ११÷५९ वजेसम्म अमृत वेला, ११÷५९ देखि १÷३३ वजेसम्म काल वेला, १÷३३ देखि ३÷६ वजेसम्म शुभ वेला,३÷६ देखि ४ वजेर ४० मिनेटसम्म रोग वेला र ४ वजेर ४० मिनेट देखि सूर्यास्त सम्म उद्वेग वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– आफ्नो काम गर्न अरुको भरोसा गर्नुृ पर्ने छैन आफै सक्षम हुनुहुनेछ । विरोधीको योजना सम्पन्न हुन पाउने छैन आफ्ना योजना अगाडि बढ्ने छन् । गएका ठाँउमा मान मर्यादामा कुनै कमि आउने छैन ।

बृष

वृषः– व्यवसायिक क्षेत्रमा लगानी नगर्नु होला । आतिथ्यता खर्चमा वृद्धि हुनसक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । उपलब्धि विहिन यात्राको सम्भावना देखिन्छ । सम्बन्धमा सुधार आउनेछ ।

मिथुन

मिथुनः– आत्मविश्वास बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । विरोधी कमजोर बन्नेछन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दनी हुनेछ । कार्य योजना अगाडि बढाउनु होला ।

कर्कट

कर्कटः–कार्य क्षमता बढ्नेछ । समयले साथ दिनेछ । विगतमा बल्झिएका काम आज हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुनेछ । व्यापारमा सुधार आउनेछ ।

सिंह

सिंहः– अरुलाई विश्वासमा लिएर काम गर्नु होला । इज्जतमा दाग लाग्न सक्छ सजग रहनु होला । फलदायी यात्राको सम्भावना भने देखिन्छ । व्यापार व्यवसायबाट लाभ कम हुनेछ ।

कन्या

कन्याः– परिस्थितिले साथ दिने देखिन्न । गलत विचार बढ्नेछ । काम गरेर हात लाग्यो शून्य हुनसक्छ । व्यापारमा नोक्सान हुनेछ । स्वास्थ्य कमजोर बन्नेछ । सहयोगी हात फेला पर्ने छैनन ।

तुला

तुलाः– कार्य योजना अगाडि बढ्नेछन् । जीवन साथीको सहयोगमा काम बन्ने छन् । प्रेममा सफलता मिल्नेछ । विदेश यात्राको अवसर आउन सक्छ । कार्य भार थपिनेछ ।

बृश्चिक

वृश्चिकः– अरुको काम गरेर जश पाईने छैन । कार्य सम्पादन गर्न गाह्रो हुनेछ । विरोधी सँगको लडाईमा विजय प्राप्त हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

धनु

धनुः– मनमा दुविधा बढ्नेछ । पढाईमा दखल कम हुनेछ । यात्रामा विभिन्न समस्या आउने देखिन्छ । संचित धन नास हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ । अवसर गुम्न सक्छ सतर्क रहनु होला ।

मकर

मकरः– विचारमा विचलन आउन सक्छ । लेनदेन कारोवारमा गडबढ हुनसक्छ । शारीरिक दूर्वलता बढ्नसक्छ । घरयासी समस्या एवं खर्च बढ्नेछ । सहयोगी हात खुम्चिने छन् ।

कुम्भ

कुम्भः– आफ्नै पहलमा अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कामको बोझ बढ्नेछ । कार्य गोपनियता अप्नाउनु होला । नयाँ अवसर प्राप्त हुनेछ ।

मीन

मिनः– अरुको भर विश्वास बढि नगर्नु होला पछि अप्ठ्यारो पर्न सक्छ । आर्थिक संरचना नचलाउनु होला । प्रयास गरेमा काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

तपाईको प्रतिक्रिया