ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भाद्र २४ गते शनिबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर ९ तारिक कृष्ण (पितृपक्ष) पक्ष तृतीया तिथि विहान ९ वजेर ४५ मिनेटसम्म उप्रान्त चौथी तिथि, रेवती नक्षत्र अपरान्ह १ वजेर १९ मिनेटसम्म उप्रान्त अश्विनी नक्षत्र,वृद्धियोग,विष्टि करण, आनन्दादियोग धाता,सूर्य सिंह राशीमा,चन्द्रमा अपरान्ह १ वजेर १९ मिनेटसम्म मीन उप्रान्त मेष राशीमा ।

सूर्योदयबाट विहान ७÷२० वजेसम्म काल वेला, ७÷२० वजे देखि ८÷५३ वजेसम्म शुभ वेला,८÷५३ देखि १०÷२७ वजेसम्म रोग वेला,१०÷२७ देखि १२÷१ वजेसम्म उद्वेग वेला, १२÷१ देखि १÷३४ वजेसम्म चर वेला, १÷३४ देखि ३÷७ वजेसम्म लाभ वेला,३÷७ देखि ४ वजेर ४१ मिनेटसम्म अमृत वेला र ४ वजेर ४१ मिनेट देखि सूर्यास्त सम्म काल वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– मध्यान्ह सम्म समय प्रतिकुल छ । अपरान्ह देखि समयमा सुधार आउनेछ । कार्य क्षमता बढ्नेछ । गतिरोधको अन्त्य हुनेछ । सहयोगी हातहरु फेला पर्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्ला ।

बृष

वृषः– प्रतकाल थोरै अनुकुल देखिन्छ भने अपरान्ह पछिको समय खर्चालु रहला । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । मन चञ्चल हुनेछ । काम गरेर जश पाईने छैन ।

मिथुन

मिथुनः– आफन्तको सहयोगमा आम्दानीका नयाँ क्षेत्र पहिचान हुनेछन् । मध्यान्ह पछिको समय बढि अनुकुल हुनेछ । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्ने छ ।

कर्कट

कर्कटः– दिन उत्साहाजनक देखिन्छ । आफन्तबाट सहयोग पाईनेछ । उद्योग,पराक्रम बढ्ने छ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । पढाई लेखाईमा प्रगति हुनेछ ।

सिंह

सिंहः–मानसिक तनावमा थोरै कमि आउनेछ । आफ्नो इज्जत प्रतिष्ठमा आच आउन सक्ने हुदा काम गर्दा चनाखो रहनु होला । व्यापार व्यवसाय मन्द रहला ।

कन्या

कन्याः– समय प्रतिकुल बन्दैछ बन्न लागेका काम विग्रिन सक्छन्,समयमा होशियार रहनु होला । व्यापार व्यवसायमा गिरावट आउने छ । मानसिक तनाव बढ्ने छ ।

तुला

तुलाः– समयको गति सगै सुधारका संके्त देखिनेछन् । नयाँ कामको अवसर आउन सक्छ । प्रेमिकाबाट सहयोग पाईनेछ । बैदेशिक मार्ग खुल्ने छन्,यात्राको सम्भावना देखिन्छ ।

बृश्चिक

वृश्चिकः–उच्चमनोबलका साथ गरेका काम सफल हुने छन् । काम गर्दा अरुको मुख नताक्नु होला । सुख,शान्ति कम मिल्ने छ । विश्वास गरेकाले धोका दिन सक्छन् ।

धनु

धनुः– काम गर्न स्वास्थ्यले साथ दिने छैन । समयमा निर्णय लिन नसक्दा अवसरबाट वञ्चित हुने अवस्था आउन सक्छ । वैराग्यता बढ्नेछ । व्यापारमा गिरावट आउनेछ ।

मकर

मकरः– प्रातकाल शुभ देखिन्छ भने अपरान्ह काल प्रतिकुल देखिन्छ । परिवारिक चिन्ता बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । आफ्नो सोचाईको विपरित काम हुने छन् ।

कुम्भ

कुम्भः– समयको गति सगै काममा सुधार आउनेछ । काम गर्ने उत्साहा बढ्नेछ । विरोधीसँगको लडाई जितिने छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

मीन

मिनः– आर्थिक कारोवारमा ध्यान दिनुहोला । भएको संरचनालाई नविग्रिन गरि काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

तपाईको प्रतिक्रिया