ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भदौ २३ गते शुक्रबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर ८ तारिक कृष्ण (पितृपक्ष) पक्ष द्वितीया तिथि पूर्वान्ह ११ वजेसम्म उप्रान्त तृतीया तिथि, उत्तरभाद्रा नक्षत्र अपरान्ह १ वजेर ५३ मिनेटसम्म उप्रान्त रेवती नक्षत्र, गंडयोग, गरकरण, आनन्दादियोग ध्वज,सूर्य सिंह राशीमा,चन्द्रमा मीन राशीमा ।
सूर्योदयबाट विहान ७÷२० वजेसम्म चर वेला, ७÷२० वजे देखि ८÷५३ वजेसम्म लाभ वेला,८÷५३ देखि १०÷२७ वजेसम्म अमृत वेला,१०÷२७ देखि १२÷१ वजेसम्म काल वेला, १२÷१ देखि १÷३५ वजेसम्म शुभ वेला, १÷३५ देखि ३÷८ वजेसम्म रोग वेला,३÷८ देखि ४ वजेर ४२ मिनेटसम्म उद्वेग वेला र ४ वजेर ४२ मिनेट देखि सूर्यास्त सम्म चर वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः–अनुकुल भन्दा प्रतिकुल बढि छ । मेहनतपूर्वक गरेका काममा पनि पूर्ण सफलता मिल्ने छैन । व्यापार व्यवसायबाट आम्दानी सोचे जस्तो हुने छैन । लगानी बढ्नेछ । घरमा अतिथि आउने छन् ।

बृष

वृषः– व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक अनुकुलता बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । भौतिक सुख शान्ति मिल्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् ।

मिथुन

मिथुनः– सामाजिक दायित्व बढ्नेछ । काम काजमा सफलता मिल्नेछ । गरेका कामबाट अरु प्रभावित हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । इष्टमित्र साथि भाईबाट सहयोग पाईनेछ ।

कर्कट

कर्कटः–भाग्यले थोरै साथ दिनेछ । रोकिएका कामले विस्तारै गति लिनेछ । धार्मिक काममा रुची बढ्नेछ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । फलदायी यात्राको सम्भावना देखिन्छ ।

सिंह

सिंहः– झुट्टा कुराले सताउनेछ । समस्या नै समस्याको भुमरीमा परिने छ । काम गर्न मन लाग्ने छैन । समयले त्यति साथ दिने छैन । मन दुख्ने छ तन सुक्ने छ, धोका हुनेछ ।

कन्या

कन्याः– काममा विलम्ब नगर्नु होला घाटा हुनेछ । आज भने नसोचेका काममा सफलता मिल्ने छ । नयाँ कार्य योजना अगाडि बढाउन सकिने छ । आफन्तहरु थोरै सकरात्मक हुने छन् ।

तुला

तुलाः– मन अस्थिर हुनेछ । काममा प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । सहयोेगि कम हुनेछन् । ऋणमा काम नगर्नु होला । व्यवसायिक आम्दानी बढ्नेछ । विरोधीको बल कमजोर हुनेछ ।

बृश्चिक

वृश्चिकः– समयमा निर्णय लिन सकिएन भने पछि परिने छ । परिवारको सहयोग लिएर काम गर्नु होला । आवेगमा आएर काम नगर्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

धनु

धनुः– आफुले सोचे जस्तो कहि कतै हुने छैन । काम गर्दा विभिन्न हैरानी हुने छ । पढाई लेखाई तथा व्यापारबाट सन्तुष्टि लिन पाईने छैन । सुख सयलमा मन जानेछ । धोका मिल्नेछ ।

मकर

मकरः– कार्य क्षमता घट्ने छैन । व्यापारबाट सामान्य लाभ हुनेछ । काममा विलम्ब गर्दा आफैलाई घाट हुनेछ । भाई बन्धुबाट सहयोग पाईनेछ । स्वास्थ्यको ख्याल राख्नु होला ।

कुम्भ

कुम्भः– दिन सामान्य देखिन्छ । आर्थिक कारोवारमा विशेष ध्यान दिनु आवस्यक छ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छ । अरुको पूर्ण भरोसामा काम नगर्नु होला धोका हुनसक्छ ।

मीन

मिनः– रोकिएका काम फस्र्योट हुदै जाने छन् । कुरा काट्नेहरु सहयोगी बन्ने छन् । स्वास्थ्य स्थिति अनुकुल रहने छैन । व्यवसायबाट आय बढ्ने छ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

तपाईको प्रतिक्रिया