ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भदौ २२ गते विहिबार नेपाल सम्बत ११३७ ञलागा,सन् २०१७ सेप्टेम्बर ७ तारिक कृष्ण (पितृपक्ष) पक्ष प्रतिपदा तिथि पूर्वान्ह ११ वजेर ४८ मिनेटसम्म उप्रान्त द्वितीया तिथि, पूर्वभाद्रा नक्षत्र अपरान्ह २ वजेर २ मिनेटसम्म उप्रान्त उत्तरभाद्रा नक्षत्र, शूलयोग, कौलवकरण, आनन्दादियोग मुद्गर,सूर्य सिंह राशीमा,चन्द्रमा विहान ७ वजेर ५९ मिनेटसम्म कुम्भ उप्रान्त मीन राशीमा ।

सूर्योदयबाट विहान ७÷२० वजेसम्म शुभ वेला, ७÷२० वजे देखि ८÷५३ वजेसम्म रोग वेला,८÷५३ देखि १०÷२७ वजेसम्म उद्वेग वेला,१०÷२७ देखि १२÷१ वजेसम्म चर वेला, १२÷१ देखि १÷३५ वजेसम्म लाभ वेला, १÷३५ देखि ३÷९ वजेसम्म अमृत वेला,३÷९ देखि ४ वजेर ४३ मिनेटसम्म काल वेला र ४ वजेर ४३ मिनेट देखि सूर्यास्त सम्म शुभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– प्रातकाल थोरै अनुकुल देखिए पनि दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । परिकल्पनाहरु विलाएर जाने छन् । नयाँ काम काजमा हात नहाल्नु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

बृष

वृषः– दिन अनुकुल नै देखिन्छ । लक्षित लक्ष्यमा पुग्न थोरै मेहनत गरेमा हुनेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछन् । आय आर्जन बढ्नेछ ।

मिथुन

मिथुनः– समयको गति सगै अवरोधहरु हटेर जानेछन् । काम गर्ने उत्साहा बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । नयाँ कामको सम्भावना देखिन्छ । आर्थिक कुरालाई ध्यान दिएर काम गर्नु होला ।

कर्कट

कर्कटः– आफुले चाहे जस्तो काम हुनेछैन । काममा अल्झन र बल्झन मात्रै आउने देखिन्छ । समयमा काम नहुदा मानसिक तनाव बढ्नेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ ।

सिंह

सिंहः– समयको गति सगै प्रतिकुलता बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । प्रातःकाल थोरै अनुकुल देखिन्छ । स्वास्थ्यमा ध्यान दिनु होला ।

कन्या

कन्याः– न्यायिक,वैदेशिक तथा वित्तिय क्षेत्रमा सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । दैनिक काममा प्रगति हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

तुला

तुलाः– कार्य सम्पादनमा कठिनाई उत्पन्न हुने देखिन्छ जुन प्रयत्नबाट मात्र सम्भव देखिन्छ । परिश्रमको फल कठिनले मिल्नेछ । शत्रु वृद्धि हुने योग छ । व्यापारमा सुधार आउनेछ ।

बृश्चिक

वृश्चिकः– समय मध्यम खालको चलेको छ । हेलचक्र्याईबाट बचेर काम गर्नु होला । भर विश्वासमा मात्रै काम नगर्नु होला अप्ठ्यारो आउनसक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

धनु

धनुः– आशाहरु निरासामा परिणत हुने देखिन्छ । प्रातकालमा गरेका आँशिक काम सफल हुनेछन् । पारिवारिक खर्चमा वृद्धि हुनेछ । आर्थिक समस्याहरु बढ्ने छन् । सहयोगको वातावरण विग्रिनेछ ।

मकर

मकरः– काम गर्ने उत्साहा बढ्नेछ । आत्मनिर्णयको अधिकार सुरक्षित रहनेछ । उद्योग,धन्दा बन्द व्यापारमा उन्नति प्रगतिको सम्भावना बढि देखिन्छ । नसोचेका ठाँउबाट धन हात पर्न सक्छ ।

कुम्भ

कुम्भः– काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आफन्तबाट सहयोग पाईनेछ तर सवैको विश्वास गर्ने बातावरण भने हुनेछैन । लगानी गर्दा विचार गर्नु होला ।

मीन

मिनः– प्रातकाल थोरै प्रतिकुल देखिए पनि दिनको अधिकाँस समय भने अनुकुल रहनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । धार्मिक काममा सहभागि हुने अवसर आउनेछ ।

तपाईको प्रतिक्रिया