ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भदौ २१ गते बुधबार नेपाल सम्बत ११३७ ञलाथ्व,सन् २०१७ सेप्टेम्बर ६ तारिक शुक्ल पक्ष पूर्णिमा तिथि मध्यान्ह १२ वजेर ७ मिनेटसम्म उप्रान्त कृष्ण प्रतिपदा तिथि,शतभिषा नक्षत्र अपरान्ह १ वजेर ४२ मिनेटसम्म उप्रान्त पूर्वभाद्रा नक्षत्र,धृतियोग,बवकरण, आनन्दादियोग मानस,सूर्य सिंह राशीमा,चन्द्रमा कुम्भ राशीमा ।

सूर्योदयबाट विहान ७÷१९ वजेसम्म लाभ वेला, ७÷१९ वजे देखि ८÷५३ वजेसम्म अमृत वेला, ८÷५३ देखि १०÷२७ वजेसम्म काल वेला,१०÷२७ देखि १२÷१ वजेसम्म शुभ वेला, १२÷१ देखि १÷३५ वजेसम्म रोग वेला, १÷३५ देखि ३÷९ वजेसम्म उद्वेग वेला,३÷९ देखि ४ वजेर ४३ मिनेटसम्म चर वेला र ४ वजेर ४३ मिनेट देखि सूर्यास्त सम्म लाभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– आम्दानीलाई वचतमा परिवर्तन गर्नु होला । खर्च नियन्त्रण गर्नु भएन भने पछि समस्या आउने छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुने छ । आफन्तजनबाटसहयोग पाईनेछ । अवसर नगुमाउनु होला ।

बृष

वृषः– रोकिएका काम आज बन्ने छन् । काम गर्दा नाम र दाम दुवै मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु सहयोगको हात फैलाउन पछि पर्ने छैनन् । सामाजिक क्षेत्रलगाएतका ठाँउबाट मान सम्मान मिल्नेछ ।

मिथुन

मिथुनः– आध्यात्मिक चिन्तन बढ्ने छ । अरुको भलाईमा दिन व्यतित नहोला भन्न सकिन्न । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्ने छ ।

कर्कट

कर्कटः– कल्पना बाहिरका काम हुने छन् । आर्थिक कारोवारमा सामान्य सुधार आउन सक्छ । मनमा चिसो पस्ने काम हुन सक्छ । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिने छ । अनावस्यक खर्च बढ्ने छ ।

सिंह

सिंहः– दामपत्य जीवनमा सुख शान्ति छाउने छ । देश,देशान्तरका उद्योग,धन्दा बन्द व्यापारबाट लाभान्वित भईने छ । व्यापार व्यवसायमा लगानी बढ्नेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभ मोह बढ्ने छ ।

कन्या

कन्याः– लगानी आफ्नो फाइदा अरुलाई हुन सक्छ,सतर्क हुनु होला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । आम्दानी हुनेछ ।

तुला

तुलाः– परिवारिक समस्याले मनलाई चिन्तित तुल्याउने छ । समयको सदुपयोग गर्न पछि नपर्नु होला काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् । पढाई लेखाईको चिन्ताले सताउने छ । बाहिरी काम बढि हुने छन् ।

बृश्चिक

वृश्चिकः– आज अनुकुल बातावरण देखिदैन । घरका कुरा धेरै गर्नु पर्ला । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । मनमा चिन्ताले बास गरि रहनेछ । स्वास्थ्य कमजोर बन्ला ।

धनु

धनुः– सामान्यतया ग्रह गोचर अनुकुल देखिन्छ । उद्योग,पराक्रम बढ्ने छ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुने छ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् ।

मकर

मकरः– बोलिको प्रभाव बढ्नेछ । इष्टमित्रबाट सहयोग पाईनेछ । आफ्नो काममा नै बढि दत्तचित्त दिनुहोला । मेहनतपूर्वक गरेका काम सफल हुने छन् व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला ।

कुम्भ

कुम्भः– काम गर्ने उत्साहा बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा कमी आउने छ । व्यापार व्यवसायमा सुधार आउने छ । आम्दानी बढ्ने छ । भोज भतेर,धार्मिक कार्यमा सहभागि हुन पाईनेछ ।

मीन

मीनः– दिन त्यति अनुकुल देखिदैन । काम गर्दा विचार पु¥याउनु होला सानो गल्तिले दुःख पाईनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गर्दा विभिन्न समस्या आउन सक्छन् । अनावस्यक खर्च बढ्ने छ ।

तपाईको प्रतिक्रिया