ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भदौ २० गते भौमबार नेपाल सम्बत ११३७ ञलाथ्व,सन् २०१७ सेप्टेम्बर ५ तारिक शुक्ल पक्ष चतुर्दशी तिथि पूर्वान्ह ११ वजेर ५६ मिनेटसम्म उप्रान्त पूर्णिमा तिथि, धनेष्ठा नक्षत्र मध्यान्ह १२ वजेर ५२ मिनेटसम्म उप्रान्त शतभिषा नक्षत्र, सुकर्मयोग, बवकरण, आनन्दादियोग उत्पात,सूर्य सिंह राशीमा,चन्द्रमा कुम्भ राशीमा ।

सूर्योदयबाट विहान ७÷१९ वजेसम्म रोग वेला, ७÷१९ वजे देखि ८÷५३ वजेसम्म उद्वेग वेला, ८÷५३ देखि १०÷२८ वजेसम्म चर वेला,१०÷२८ देखि १२÷२ वजेसम्म लाभ वेला, १२÷२ देखि १÷३६ वजेसम्म अमृत वेला, १÷३६ देखि ३÷१० वजेसम्म काल वेला,३÷१० देखि ४ वजेर ४४ मिनेटसम्म शुभ वेला र ४ वजेर ४४ मिनेट देखि सूर्यास्त सम्म रोग वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– घर परिवारबाट सहयोग पाईनेछ । घरमा जमघट बढ्नेछ । भौतिक सम्पति बढ्नेछ । आम्दानीका नयाँ क्षेत्र फेला पर्ने छन् । उद्योग पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ला ।

बृष

वृषः– काम गर्ने जोश जागर बढ्नेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । घर बाहिर बसेर गरेका काम बढि उपलब्धिमूलक रहने छन् । अधुरा काम बन्ने छन् ।

मिथुन

मिथुनः– मन चञ्चल हुनेछ । बाहिरी कामको अलमलमा पर्दा आफ्ना कामले गति लिने छैन । काम गरेर जश कमै मिल्नेछ । आर्थिक कारोवारमा तनाव हुन सक्छ । यात्राको सम्भावना देखिन्छ ।

कर्कट

कर्कटः–शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्नु हुने छैन । काम गर्ने वातावरण मिल्ने छैन । अनावस्यक काममा समय र धन खर्च हुनेछ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला ।

सिंह

सिंहः– वैदेशिक कार्य योजनले मुर्तरुप लिनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विदेश यात्राको योग देखिन्छ ।

कन्या

कन्याः– आफुले गरेका कामले आफुलाई भन्दा अरुलाई बढि फाइदा हुन सक्छ । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सजग भई काम गर्नु होला । मेहनतका साथ गरेका काम सफल हुनेछन् ।

तुला

तुलाः– पढाई लेखाईमा ध्यान केन्द्रित हुनेछ । काम गर्दा अलमलमा नपरि गर्नु होला । आफुले ढिलो गर्दा अरुले फाइदा लिनेछन् । दैनिक काम काज सुचारु रुपले अगाडि बढ्ने छन् ।

बृश्चिक

वृश्चिकः– पारिवारिक सुख शान्ति मिल्नेछ । काम गरेर जश भने कमै पाईनेछ । मानसिक एवं शारीरिक शिथिलता बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ ।

धनु

धनुः– समय थोरै अनुकुल हुनेछ । मजबुत मनोबलका साथ काममा प्रवेश गर्नु होला । न्यायिक,बैदेशिक तथा वित्तिय क्षेत्र मजबुत देखिन्छ । अर्थ अभावले काममा सामान्य ढिला सुस्ति हुनसक्छ ।

मकर

मकरः–जीवन साथिको सहयोग लिएर काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । धन लगानी नगर्नु होला डुब्न सक्छ । लगनशिलता बढाउनु होला ।

कुम्भ

कुम्भः– आत्मबल बढ्नेछ । गतिरोधको अन्त्य हुनेछ । अधिकाँश काम आफ्नै बाहुबलमा सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाईमा भन्दा कमाईमा ध्यान जानेछ ।

मीन

मीनः– व्यर्थको घुमाई फिराई बढि हुनेछ । अनावस्यक खर्च बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला । पढाई लेखाईमा अवरोध आउन सक्छ ।

तपाईको प्रतिक्रिया