ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भादौ १८ गते रविबार नेपाल सम्बत ११३७ ञलाथ्व,सन् २०१७ सेप्टेम्बर ३ तारिक शुक्ल पक्ष द्वादशी तिथि विहान १० वजेर ४ मिनेटसम्म उप्रान्त त्रयोदशी तिथि, उत्तरषाढा नक्षत्र विहान ९ वजेर ४६ मिनेटसम्म उप्रान्त श्रवण नक्षत्र, शोभनयोग, बालवकरण, आनन्दादियोग अमृत,सूर्य सिंह राशीमा,चन्द्रमा मकर राशीमा ।
सूर्योदयबाट विहान ७÷१९ वजेसम्म उद्वेग वेला, ७÷१९ वजे देखि ८÷५४ वजेसम्म चर वेला, ८÷५४ देखि १०÷२९ वजेसम्म लाभ वेला,१०÷२९ देखि १२÷३ वजेसम्म अमृत वेला, १२÷३ देखि १÷३७ वजेसम्म काल वेला, १÷३७ देखि ३÷१२ वजेसम्म शुभ वेला,३÷१२ देखि ४ वजेर ४७ मिनेटसम्म रोग वेला र ४ वजेर ४७ मिनेट देखि सूर्यास्त सम्म उद्वेग वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– प्रतिक्षाको घडी समाप्त हुनेछ । काममा हेलचक्र्याई नगर्नु होला । रोकिएका काम अगाडि बढ्ने छन् । आत्मबल, आत्मविश्वास बढ्ने छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।

बृष

वृषः– तनाव कम भएर जानेछ । कामको अवसर कमै प्राप्त हुनेछ । स्पष्ट बोल्दा आफैलाई हानी नोक्सानी हुनसक्छ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । यात्राको सम्भावना देखिन्छ ।

मिथुन

मिथुनः– काममा कत्ति हेलचक्र्याई नगर्नु होला क्षति धेरै हुनसक्छ । स्वास्थ्य कमजोर बन्नेछ । आफन्तबाट विश्वास घात हुन सक्छ । आर्थिक कारोवार विग्रिन सक्छ । मानसिक तनाव बढ्नेछ ।

कर्कट

कर्कटः– दैनिक काम काजमा प्रगति हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात लाग्न सक्छ । हिसाव कितावमा काम गर्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ ।

सिंह

सिंहः– काम गर्दा समस्या आउने छन् । सामान्य खटाईले काम बन्ने छैनन । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सतर्क भई गर्नु होला । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् ।

कन्या

कन्याः– उपलब्धिका काम भन्दा खर्चका काम बढि हुनेछन् । घुमफिरमा समय बढि व्यतित हुनेछ । सुरक्षित यात्रा गर्नु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।

तुला

तुलाः– काममा ढिला सुस्ति हुनेछ । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । घरयासी समस्या बढ्ने छन् । धन माल हराउन वा चोरी हुनसक्छ होशियार रहनु होला । विश्वास घातको सम्भावना देखिन्छ ।

बृश्चिक

वृश्चिकः– आटेका काम, गरेका काम र भनेका काम हुनेछन् । आत्मविश्वास बढ्नेछ । व्यक्तित्व विकाश हुनेछ । काम अनुसारको दाम हात पर्ने छ । उद्योग धन्दा बन्द व्यापारमा उन्नति प्रगति हुनेछ ।

धनु

धनुः– लेनदेन कारोवारमा समस्या आउन सक्छ चनाखो रहनुहोला । कसैलाई वोलि नफुत्काउनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

मकर

मकरः– मिलेर काम नगर्नु होला र भावावेगमा निर्णय नलिनु होला । फजुल खर्चमा नियन्त्रण आउनेछ । गरेका काम प्राय सफल हुनेछन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ, आय आर्जन बढ्नेछ ।

कुम्भ

कुम्भः– चोटपटकको भय देखिन्छ,सुरक्षित यात्रा गर्नु होला । व्यर्थको घुमाई फिराई बढि हुनेछ । काम गरेर आफुलाई भन्दा अरुलाई फाइदा पुग्नेछ । विना सोच विचार नवोल्नु होला काम विग्रिन सक्छन् ।

मीन

मिनः– आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । खेलाडीको लागि दिन बढि उत्तम देखिन्छ ।

तपाईको प्रतिक्रिया