ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भादौ १७ गते शनिबार नेपाल सम्बत ११३७ ञलाथ्व,सन् २०१७ सेप्टेम्बर २ तारिक शुक्ल पक्ष एकादशी तिथि विहान ८ वजेर २९ मिनेटसम्म उप्रान्त द्वादशी तिथि, पूर्वषाढा नक्षत्र विहान ७ वजेर ३५ मिनेटसम्म उप्रान्त उत्तरषाढा नक्षत्र, सौभाग्ययोग, विष्टिकरण, आनन्दादियोग मातङ्ग,सूर्य सिंह राशीमा,चन्द्रमा अपरान्ह २ वजेर ९ मिनेटसम्म धनु उप्रान्त मकर राशीमा ।
सूर्योदयबाट विहान ७÷१८ वजेसम्म काल वेला, ७÷१८ वजे देखि ८÷५३ वजेसम्म शुभ वेला, ८÷५३ देखि १०÷२८ वजेसम्म रोग वेला,१०÷२८ देखि १२÷३ वजेसम्म उद्वेग वेला, १२÷३ देखि १÷३७ वजेसम्म चर वेला, १÷३७ देखि ३÷१२ वजेसम्म लाभ वेला,३÷१२ देखि ४ वजेर ४७ मिनेटसम्म अमृत वेला र ४ वजेर ४७ मिनेट देखि सूर्यास्त सम्म काल वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– काम गर्दा इज्जत प्रतिष्ठाको ख्याल राखेर गर्नु होला । मध्यान्हपूर्व भन्दा अपरान्हमा गरेका काम सफल हुनेछन् । अवरुद्ध काम अगाडि बढ्ने छन् । यात्राको योग देखिन्छ ।

बृष

वृषः– समयले साथ दिने छैन । आशक्ति पन बढ्ने छ । काम गर्दा विचार पु¥याउन सकिएन भने रित्तो हात फर्कनु पर्ला । परिवारमा समस्या आउन सक्छ । व्यापारमा गिरावट आउनेछ ।

मिथुन

मिथुनः– दिन सामान्य अनुकुल देखिन्छ उतार चढावका वीचमा काम बन्ने छन् । देखिने शत्रु भन्दा नदेखिएका शत्रु बढि हुनेछन्,सतर्क भई काम गर्नु होला । मध्यान्ह पछि समय प्रतिकुल देखिन्छ ।

कर्कट

कर्कटः– साझेदारी भन्दा एक्लौटि व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । विवादित कामको टुङ्गो लाग्नेछ । नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् । जीवन साथीको सहयोग मिल्नेछ ।

सिंह

सिंहः– आम्दानी खर्च वरावरै जस्तो हुनेछ । काम गर्दा दुविधा हुनसक्छ । व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुने छैन । विरोधीको सक्रियता बढ्नेछ काम गर्दा चनाखो हुनुहोला ।

कन्या

कन्याः– आवस्यक काम भन्दा अनावस्यक काम बढि हुनेछन् । मनमा सुख,शान्ति मिल्ने छैन । अनावस्यक खर्च बढ्नेछ । आफुमा भएको उर्जाको सदुपयोग गर्न सकिने छैन । व्यापारमा गिरावट आउने छ ।

तुला

तुलाः– प्रातः काल अनुकुल नै देखिन्छ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । भ्रमलाई चिरेर काम गर्नु होला । मध्यान्ह पछि खर्च विवाद बढ्नेछ ।

बृश्चिक

वृश्चिकः– ऋण लगानी नगर्नु होला डुब्न सक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अपरान्हबाट भने समय अनुकुल हुनेछ । अबरुद्ध काम अगाडि बढ्नेछन् । भाग्यले साथ दिने छ ।

धनु

धनुः– कामलाई निरन्तरता दिनु होला ,प्रयत्न गरे काम बन्ने छन् । मनोरञ्जनात्मक काममा खर्च ज्यादा हुनेछ । अरुको भर नपर्नु होला । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् ।

मकर

मकरः–पारिवारिक समस्या बढ्नेछन् । व्यर्थका काममा समय खर्च हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । के गर्ने के नगर्ने भन्ने हुनेछ । अपरान्हबाट समयमा क्रमिक सुधार आउनेछ ।

कुम्भ

कुम्भः– दिनको पूर्वाद्ध अनुकुल रहला । गरेका काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुने नै छ । अपरान्हबाट समयले साथ दिने छैन । काममा अवरोध आउनेछ । विवाद बढ्नेछ ।

मीन

मिनः– कुटनैतिक विधि अप्नाएर काम गर्नु होला । गरेका काम प्राय सफल हुने देखिन्छ । काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ । परिवारबाट सहयोग पाईनेछ । काम गर्न अल्छि नगर्नु होला ।

तपाईको प्रतिक्रिया