ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भादौ १६ गते शुक्रबार नेपाल सम्बत ११३७ ञलाथ्व,सन् २०१७ सेप्टेम्बर १ तारिक शुक्ल पक्ष दशमी तिथि विहान ६ वजेर ३६ मिनेटसम्म उप्रान्त एकादशी तिथि, पूर्वषाढा नक्षत्र अहोरात्र, आयुष्मानयोग, गरकरण, आनन्दादियोग प्रवद्र्ध,सूर्य सिंह राशीमा,चन्द्रमा धनु राशीमा ।
सूर्योदयबाट विहान ७÷१८ वजेसम्म चर वेला, ७÷१८ वजे देखि ८÷५३ वजेसम्म लाभ वेला, ८÷५३ देखि १०÷२८ वजेसम्म अमृत वेला,१०÷२८ देखि १२÷३ वजेसम्म काल वेला, १२÷३ देखि १÷३७ वजेसम्म शुभ वेला, १÷३७ देखि ३÷१२ वजेसम्म रोग वेला,३÷१२ देखि ४ वजेर ४७ मिनेटसम्म उद्वेग वेला र ४ वजेर ४७ मिनेट देखि सूर्यास्त सम्म चर वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– समयको गति सगै सुधारका संकेत देखिने छन् । उच्चमनोबलका साथ काम गर्नु होला । विस्तारै सोच विचार पूर्वक गरेका काम हुने छन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

बृष

वृषः– नकरात्मक सोचबाट मुक्त भई काम गर्नु होला । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु¥याउनु होला । आत्मबल बढाउनु पर्ने देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला ।

मिथुन

मिथुनः– समयमा गरेका कामबाट लाभान्वित हुनुहुनेछ । सुख शान्तिमा थोरै वृद्धि होला । काममा ढिला सुस्ति गर्दा आफैलाई नोक्सान हुनेछ । वित्तिय क्षेत्रबाट सामान्य लाभ हुनेछ ।

कर्कट

कर्कटः– धैर्यतापूर्वक दृढ भएर काममा लाग्नु होला अवस्यमेव सफल हुनुहुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुने छ । आम्दानी बढ्नेछ । अरुको भरपरेमा धोका हुनेछ ।

सिंह

सिंहः– तनावलाई कम गरेर काममा लाग्नु होला । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्नेछ । आम्दानीको तुलनामा खर्च बढि हुनेछ ।

कन्या

कन्याः– कामको भन्दा पनि भौतिक सुख सुविधाको बारेमा मन बढि केन्द्रित हुनेछ । घरेलु खर्च वृद्धिले संचित धनमा कमी आउनेछ । मनमा कुरा खेल्ने छन् । गरेका काम आँशिक सफल हुनेछन् ।

तुला

तुलाः– गरेका काम अधिकाँश काम बन्ने छन् कर्म क्षेत्रबाट बाहिर नजानु होला । पछि गरौला भनेर कुनै काम नसाच्नु होला आफैलाई नोक्सान हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिकः– अल्छि नगरिकन काममा लाग्नु होला गरेका काम अवश्य बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । व्यापारमा उधारो काम नगर्नु होला । समय सुधारोन्मुख देखिन्छ ।

धनु

धनुः– आफुले चाहेको काम सफलत हुनाले मन हर्षित हुनेछ । स्पष्ट वोल्दा कहि आफुलाई अप्ठ्यारो पर्नसक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेनमा सावधानी अप्नाउनु होला ।

मकर

मकरः– विना हिसाव किताव चल्दा दुःख पाईनेछ,नोक्सान हुनेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । अनावस्यक खर्च बढ्ने छ । स्वास्थ्यमा समस्या आउन सक्छ विचार पु¥याउनु होला ।

कुम्भ

कुम्भः– महत्वकाँक्षी नबनि काम गर्नु होला । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । तपाईको व्यवहारले विरोध गर्नेको बोली बन्द हुनेछ ।

मीन

मिनः– वित्तिय कारोवारमा सुधार आउने छ । गरेका काम प्राय सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । शत्रु परास्त हुने छन् । राजनीतिमा बढि दखल हुनेछ ।

तपाईको प्रतिक्रिया