ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भादौ १५ गते विहिबार नेपाल सम्बत ११३७ ञलाथ्व,सन् २०१७ अगस्त ३१ तारिक शुक्ल पक्ष दशमी तिथि दिनरातभर, मूल नक्षत्र १६ गते विहान ५ वजेर ७ मिनेटसम्म, प्रीतियोग, तैतिलकरण, आनन्दादियोग धूम्र,सूर्य सिंह राशीमा,चन्द्रमा धनु राशीमा ।
सूर्योदयबाट विहान ७÷१७ वजेसम्म शुभ वेला, ७÷१७ वजे देखि ८÷५२ वजेसम्म रोग वेला, ८÷५२ देखि १०÷२७ वजेसम्म उद्वेग वेला,१०÷२७ देखि १२÷२ वजेसम्म चर वेला, १२÷२ देखि १÷३७ वजेसम्म लाभ वेला, १÷३७ देखि ३÷१२ वजेसम्म अमृत वेला,३÷१२ देखि ४ वजेर ४७ मिनेटसम्म काल वेला र ४ वजेर ४७ मिनेट देखि सूर्यास्त सम्म शुभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– समयमा काम गर्न सकिने छैन । काम गरेर कमाउनुको सट्टा उल्टो गुमाउने मात्रै हुनेछ । समयमा थोरै सुधार आउनेछ तर सोचे जस्तो प्रगति भने हुने छैन । मानसिक तनावमा कमी आउनेछ ।

बृष

वृषः– आशा र भरोसा टुट्ने देखिन्छ । सम्भावना क्षीण भएर जाने छन् । समयले साथ दिने छैन । काममा अनेक किसिमका बाधा अड्चन आउने छन् । व्यापारमा मन्दि आउनेछ । खर्चमा वृद्धि हुनेछ ।

मिथुन

मिथुनः– नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । कार्य दक्षता बढ्नेछ । काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । विवादको समाधान निस्कनेछ ।

कर्कट

कर्कटः– काम गर्दा शत्रु बढ्न सक्छन् । लगनशिल भई काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । अरुको भरमा परेमा धोका हुने देखिन्छ । परिश्रम अनुसारको प्रतिफल राम्रै निस्कनेछ ।

सिंह

सिंहः– अकारण विवाद पर्न सक्छ । समस्याबाट मुक्त हुनुहुने छैन । समयमा निर्णय लिन नसक्दा पछाडि परिनेछ । यात्रामा कष्ट हुनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन ।

कन्या

कन्याः– समस्या बढेर आउने देखिन्छ । कार्य क्षमतामा ह्रास आउने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा हुनेछ । व्यापार व्यवसायमा समस्या आउने देखिन्छ । अनावस्क काम बढि हुनेछन् ।

तुला

तुलाः– आर्थिक क्षेत्रमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता विस्तारै बढ्नेछ । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । व्यापारमा सुधार आउनेछ ।

बृश्चिक

वृश्चिकः–अरुको उर्जालाई प्रयोग गरेर काम गर्न सके उपलब्धि हात लाग्नेछ । अर्थ अभावको महशुस हुनेछ । धन दिने काम नगर्नु होला । गोपनियता अप्नाई लगनशिल भई गरेका काम बन्ने छन् ।

धनु

धनुः– समयको गति सगै सुधार आउनेछ । रोकिएका काममा प्रगति हुनेछ । लेनदेन कारोवारमा सामान्य सुधार होला । कुनै पनि कुरालाई सामान्य रुपमा नलिई काम गर्नु होला । अर्थोभाव महशुस हुनेछ ।

मकर

मकरः– सोचे जस्तो अवस्था रहने छैन । आएको अवसर गुम्न सक्छ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । शत्रु भय बढ्नेछ । स्वास्थ्य कमजोर हुनेछ ।

कुम्भ

कुम्भः–समयले साथ दिने देखिन्छ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । गरेका कामबाट आम्दानी बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ला । सहयोग सहानुभूति मिल्नेछ ।

मीन

मिनः– काम गर्ने उत्साहामा वृद्धि हुनेछ । अधुरा र रोकिएका काम अगाडि बढ्ने छन् । नयाँ कामको अवसर आउन सक्छ । नोकरी तथा राजनीतिमा नयाँ जोड घटाउमा परिने देखिन्छ ।

तपाईको प्रतिक्रिया