ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भादौ १४ गते बुधबार नेपाल सम्बत ११३७ ञलाथ्व,सन् २०१७ अगस्त ३० तारिक शुक्ल पक्ष नवमी तिथि राती ४ वजेर ३४ मिनेटसम्म उप्रान्त दशमी तिथि,ज्येष्ठा नक्षत्र राती २ वजेर ३० मिनेटसम्म उप्रान्त मूल नक्षत्र,विष्कुम्भयोग,बालवकरण, आनन्दादियोग ध्वाँक्ष,सूर्य सिंह राशीमा,चन्द्रमा राती २ वजेर ३० मिनेटसम्म वृश्चिक उप्रान्त धनु राशीमा ।

सूर्योदयबाट विहान ७÷१७ वजेसम्म लाभ वेला, ७÷१७ वजे देखि ८÷५२ वजेसम्म अमृत वेला, ८÷५२ देखि १०÷२७ वजेसम्म काल वेला,१०÷२७ देखि १२÷२ वजेसम्म शुभ वेला, १२÷२ देखि १÷३७ वजेसम्म रोग वेला, १÷३७ देखि ३÷१२ वजेसम्म उद्वेग वेला,३÷१२ देखि ४ वजेर ४७ मिनेटसम्म चर वेला र ४ वजेर ४७ मिनेट देखि सूर्यास्त सम्म लाभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– समयले साथ दिने देखिन्न । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ने देखिन्छ । जोखिमपूर्ण यात्रा नगर्नु होला चोट पटकको भय देखिन्छ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ ।

बृष

वृषः–आफन्तको सहयोगमा काम गर्दा फाइदा नै हुनेछ । निजी काम बढि हुनेछन् । व्यवसायबाट लाभ हुनेछ । लोभ मोह बढ्नेछ । सामान्य यात्रा हुनसक्छ । काममा लगनशिलता बढाउनु पर्ने देखिन्छ ।

मिथुन

मिथुनः– सामान्य खटाईबाट काम हुने छैनन प्रतिश्पर्धा गर्नु पर्ने देखिन्छ । काम गर्दा शत्रुको सामना गर्नु पर्नेछ । परिश्रम अनुसारको प्रतिफल भने राम्रै मिल्नेछ । योजना बनाएर अगाडि बढ्नु होला ।

कर्कट

कर्कटः– दिन सामान्य देखिन्छ । यात्रामा विभिन्न कठिनाई आउन सक्ने देखिन्छ । अनिर्णयको बन्धि हुने अवस्था आउन सक्छ जसको कारण अवसर अरुले लिने छन् । सामान्य आम्दानी बढ्नेछ ।

सिंह

सिंहः– दिन प्रतिकुल देखिन्छ नयाँ काममा हात नहाल्नु होला । धन सम्पति चोरी वा हराउन सक्छ सजग रहनु होला । घर परिवारमा समस्या एवं खर्च बढ्ने देखिन्छ । आलोचना सहनुपर्ने छ ।

कन्या

कन्याः– काम गर्ने उत्साहा बढ्नेछ । आफ्नै बाहुबलबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार आफन्तबाट सहयोग मिल्नेछ । भ्रममा नपर्नु होला ।

तुला

तुलाः– आर्थिक कारोवारमा सजग रहनु होला ,आफन्तका कारण धन डुब्न सक्छ । गरेका कामबाट सन्तोषजनक लाभ लिन सकिने छैन । विश्वासको संकट उत्पन्न हुने देखिन्छ ।

बृश्चिक

वृश्चिकः– ग्रह,गोचर सामान्य देखिन्छ । दुविधामा नपरि सोच विचार काम गर्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । आम्दानी बढ्नेछ । रिस,अहंकार र क्रोधलाई नियन्त्रण गर्नु होला ।

धनु

धनुः–जोखिम मोलेर काम नगर्नु होला । शरीरिक पीडा हुनसक्छ । दैनिक काम काजमा अवरोध आउनेछ । फजुल खर्च बढ्नेछ । बन्धनमा परिनेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ ।

मकर

मकरः–परिवारको सहयोग लिएर समयमा कार्य सम्पादन गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कुम्भ

कुम्भः–गरेका काम सहज सरल तरिकाले सम्पादन हुनेछन् । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । सहयोग सहानुभूति मिल्नेछ ।

मीन

मिनः–सहयोग गर्ने भन्दा कुारा काट्ने बढि हुनेछन् । विना उद्देश्यको यात्रा हुने देखिन्छ । पढाई लेखाईमा अवरोध आउने देखिन्छ । मनमा नानाथरिका कुरा खेल्ने छन् । खर्च हुनेछ ।

तपाईको प्रतिक्रिया