ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भादौ १३ गते भौमबार नेपाल सम्बत ११३७ ञलाथ्व, सन् २०१७ अगस्त २९ तारिक शुक्ल पक्ष अष्टमी तिथि राती २ वजेर ३२ मिनेटसम्म उप्रान्त नवमी तिथि, अनुराधा नक्षत्र राती ११ वजेर ५५ मिनेटसम्म उप्रान्त ज्येष्ठा नक्षत्र, वैधृतियोग,विष्ठिकरण, आनन्दादियोग वज्र,सूर्य सिंह राशीमा,चन्द्रमा वृश्चिक राशीमा ।
सूर्योदयबाट विहान ७÷१७ वजेसम्म रोग वेला, ७÷१७ वजे देखि ८÷५२ वजेसम्म उद्वेग वेला, ८÷५२ देखि १०÷२८ वजेसम्म चर वेला, १०÷२८ देखि १२÷३ वजेसम्म लाभ वेला, १२÷३ देखि १÷३९ वजेसम्म अमृत वेला, १÷३९ देखि ३÷१५ वजेसम्म काल वेला,३÷१५ देखि ४ वजेर ५१ मिनेटसम्म शुभ वेला र ४ वजेर ५१ मिनेट देखि सूर्यास्त सम्म रोग वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– परिस्थितिले साथ दिने देखिन्न । झुट्टा र निर्दयी काम हुने छन् । संकटको सामना गर्नु पर्ने छ । व्यर्थको घुमाई फिराई हुनेछ । खर्च बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

बृष

वृषः– योजना बनाएर काममा लाग्नु होला सफल हुनुहुनेछ । चित्त प्रशन्न रहनेछ भने दयालु काम हुनेछन् । स्वतन्त्र देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट धन आर्जन हुनेछ ।

मिथुन

मिथुनः– कडा मेहनतको आवस्यकता देखिन्छ । शत्रु लागे पनि पराजय भोग्नु पर्ने छैन तर काम गर्दा गोपनियता अप्नाएमा आफैलाई सजिलो हुनेछ । ऋणमा काम नगर्नु होला ।

कर्कट

कर्कटः– दुविधामा नपरि काम गर्नु होला । रत्न भुषणादिको लाभ हुनेछ । पढाईमा मन जाने छैन । यात्रामा कठिनाई हुनेछ । गरेका कामबाट अल्प लाभ हुनेछ । निर्णय क्षमता कमजोर रहनेछ ।

सिंह

सिंहः– समयले त्यति साथ दिने देखिन्न । अशुभ समाचारले चिन्तित बनाउनेछ । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । मान्यजनको सहयोग लिएर काम गर्नु भएमा सहजता हुनेछ ।

कन्या

कन्याः– नयाँ कामको अवसर आउने देखिन्छ । परिश्रमपूर्वक धन आर्जन गर्नु हुनेछ । कसैको लोभ मोहमा परिने छैन । सन्तानबाट सुख शान्ति मिल्नेछ ,कला कौसलता बढ्नेछ ।

तुला

तुलाः– कुटुम्बमा अल्प प्रेम रहनेछ । समयको ख्याल राख्नु होला,आफन्तका कारण धनको क्षय हुनसक्छ । वोलिका कारण शत्रु बढ्ने छन् । स्वास्थ्यमा समस्या आउन सक्छ विचार पु¥याउनु होला ।

बृश्चिक

वृश्चिकः– समयमा थोरै सुधार आउनेछ । खर्चमा थोरै कमी आउनेछ । गलत विचार बढ्न सक्छ त्यसबाट मुक्त हुनु होला । सहयोग गर्ने कोहि हुने छैनन । मेहनतपूर्वक गरेका कामबाट लाभ हुनेछ ।

धनु

धनुः– दिन प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला ठुलै क्षति हुनसक्छ । शत्रुको भय रहनेछ । नेत्रादि अङ्गमा रोगको प्रकोप बढ्नेछ । मिथ्या कुराले सताउनेछ । खर्चमा वृद्धि हुनेछ ।

मकर

मकरः–राज्यसँग सरोकार रहेका काम बन्ने छन् र लाभ लिन पनि सकिनेछ । गुमेको अधिकार पुन प्राप्त हुने योगछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कुम्भ

कुम्भः– विरोध गर्ने शरणमा आउने छन् । पुण्य काम हुनेछन् । सहज र सरलताबाट काम हुने छन् र रोकिएका कामले गति लिनेछ । शत्रु माथि विजय हात लाग्नेछ । विलासिता बढ्नेछ ।

मीन

मिनः– मानसिक चिन्ता घट्नेछ । तिर्थाटनको सम्भावना देखिन्छ । भाई बन्धुमा मनमुटाव बढ्न सक्छ । इज्जत प्रतिष्ठामा आच आउनसक्छ । काममा सोचे जस्तो प्रगति हुने देखिन्न ।

तपाईको प्रतिक्रिया