ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भादौ १२ गते सोमबार नेपाल सम्बत ११३७ ञलाथ्व,सन् २०१७ अगस्त २८ तारिक शुक्ल पक्ष सप्तमी तिथि राती १२ वजेर ४२ मिनेटसम्म उप्रान्त अष्टमी तिथि, विशखा नक्षत्र राती ९ वजेर ३२ मिनेटसम्म अनुराधा नक्षत्र, ऐन्द्रियोग, गरकरण, आनन्दादियोग मित्र, सूर्य सिंह राशीमा,चन्द्रमा अपरान्ह २ वजेर ५९ मिनेटसम्म तुला उप्रान्त वृश्चिक राशीमा ।
सूर्योदयबाट विहान ७÷१७ वजेसम्म अमृत वेला, ७÷१७ वजे देखि ८÷५२ वजेसम्म काल वेला, ८÷५२ देखि १०÷२८ वजेसम्म शुभ वेला, १०÷२८ देखि १२÷४ वजेसम्म रोग वेला, १२÷४ देखि १÷४० वजेसम्म उद्वेग वेला, १÷४० देखि ३÷१६ वजेसम्म चर वेला,३÷१६ देखि ४ वजेर ५२ मिनेटसम्म लाभ वेला र ४ वजेर ५२ मिनेट देखि सूर्यास्त सम्म अमृत वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– भौतिक सुख,शान्ति मिल्नेछ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । एजेन्सिका काम अगाडि बढ्ने छन् । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

बृष

वृषः– आत्मबल बढ्नेछ । ऋणबाट मुक्त हुने अवस्था आउनेछ । काममा अवरोध खडा गर्न खोज्ने पनि कम हुने छैनन । कार्य सम्पादन गर्न बढि खटिनु पर्नेछ ।

मिथुन

मिथुनः– समयमा सहि निणर्य लिन नसक्दा दुःख,कष्ट भोग्नु पर्नेछ । अरुको सल्लाहा गलत हुनेछ । चारैतिरबाट आलोचना हुनेछ । नयाँ कार्यरम्भ नगर्नु होला हानी हुनेछ ।

कर्कट

कर्कटः– सोच विचार काम गर्नु होला गरेका काम सफल हुनेछन् । धन सम्पतिको विषयमा विवाद बढ्न सक्छ । कर्म अनुसारको फल मिल्नेछ । अरुको भरमा काम नगर्नु होला ।

सिंह

सिंहः– काममा सानातिना समस्या देखिए पनि गर्दै जादा मिल्ने छन् । नोकरी तथा राजनीतिमा अवसर आउन सक्छ सदुपयोग गरेर अगाडि बढ्नु होला । आम्दानी बढ्नेछ ।

कन्या

कन्याः– धन संचितिमा वृद्धि हुनेछ । आफ्नो धन गलत ठाँउमा लगानी हुनसक्छ सचेत रहनुहोला । सहयोग गर्ने कोहि हुने छैनन । आस्थामा चोट लाग्ने देखिन्छ सतर्क रहनु होला ।

तुला

तुलाः– काम गर्ने उत्साहामा वृद्धि हुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मनोरञ्जनात्म काम हुनेछन् ।

बृश्चिक

वृश्चिकः– भाग्यले कम साथ दिने छ । गरेका कामबाट उचित लाभ लिन सकिने छैन । अनावस्यक खर्चमा वृद्धि हुनेछ । झुट्टा आरोपको सामना गर्नु पर्ने छ । व्यापार घट्नेछ ।

धनु

धनुः–आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउने सम्भावना देखिन्छ । काममा ढिला नगर्नु होला ।

मकर

मकरः– व्यवसायिक प्रतिष्ठानमा सुधार आउनेछ । नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । लेनदेन कारोवारमा भने सतर्क रहनुहोाल ।

कुम्भ

कुम्भः– काममा भाजो हाल्ने छन् सहज तरिकाले काम हुने छैनन । काम गर्दा आलोचना पनि सहनु पर्नेछ । खर्चालु यात्रा हुनेछ । परिवारबाट सहयोग मिल्ने छैन । खर्च बढ्नेछ ।

मीन

मिनः– दिशा हिन यात्रा हुने देखिन्छ । अहंकार,क्रोध र रिस मात्रै बढ्नेछ । दैनिक कामम अवरोध आउनेछ । घर परिवारमा विवाद बढ्नेछ । व्यापार व्यवसायमा घाटा हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया