ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भादौ ११ गते रविबार नेपाल सम्बत ११३७ ञलाथ्व,सन् २०१७ अगस्त २७ तारिक शुक्ल पक्ष षष्ठी तिथि राती ११ वजेर १२ मिनेटसम्म उप्रान्त सप्तमी तिथि, स्वाती नक्षत्र साँझ ७ वजेर २८ मिनेटसम्म उप्रान्त विशखा नक्षत्र, बह्मयोग, कौलव करण, आनन्दादियोग लुम्ब, सूर्य सिंह राशीमा,चन्द्रमा तुला राशीमा ।
सूर्योदयबाट विहान ७÷१६ वजेसम्म उद्वेग वेला, ७÷१६ वजे देखि ८÷५२ वजेसम्म चर वेला, ८÷५२ देखि १०÷२८ वजेसम्म लाभ वेला, १०÷२८ देखि १२÷४ वजेसम्म अमृत वेला, १२÷४ देखि १÷४० वजेसम्म काल वेला, १÷४० देखि ३÷१६ वजेसम्म शुभ वेला,३÷१६ देखि ४ वजेर ५२ मिनेटसम्म रोग वेला र ४ वजेर ५२ मिनेट देखि सूर्यास्त सम्म उद्वेग वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– आज गरेका अधिकाँश काम सफल हुनेछन् । घरपरिवारबाट पूर्ण सहयोग पाईनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विदेश यात्राको योग देखिन्छ । आम्दानी बढ्नेछ ।

बृष

वृषः– आन्तरिक कुरा अरुलाई नखोल्नु होला धोका हुनेछ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । सामान्य प्रयासबाट कार्य सम्पादन हुने छैनन । प्रयत्नबाट नै काम बन्नेछन् ।

मिथुन

मिथुनः– भ्रममा नपरि काम गर्नु होला । समयमा काममा प्रवेश गर्न सके केहि न केहि लाभ लिन सकिनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार मन्द रहने छ ।

कर्कट

कर्कटः– काम गर्न मन लाग्ने छैन । रमाईलो गरेर दिन विताउन मन लाग्नेछ । आम्दानी भन्दा खर्च नै बढि हुनेछ । अरुको काम गरेर जश मिल्ने छैन । पारिवारिक झमेला बढ्न सक्छ ।

सिंह

सिंहः– समयले साथ दिनेछ । गरेका अधिकाँश काम बन्ने छन् । नयाँ सोच विचारका साथ काम हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।

कन्या

कन्याः– आर्थिक कारोवारमा सजग रहनुहोला । गरेका काम सफल हुनेछन् र लाभदायक रहलान् । अरुलाई पूर्ण विश्वासमा लिएर काम गर्दा अप्ठ्यारो पर्न सक्छ सचेत रहनु होला ।

तुला

तुलाः– समयमा सुधार आउनेछ । समस्याको समाधान निस्कनेछ । गरेका कामबाट लाभ हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

बृश्चिक

वृश्चिकः– दैनिक काम काजमा अवरोध आउन सक्छ । भाग्यले साथ दिने छैन । नगरेका कामको अपयश लिनु पर्ने अवस्था आउन सक्छ । लगानी डुब्न सक्छ सतर्क रहनु होला ।

धनु

धनुः–आफ्ना विषय बस्तुले प्राथमिकता पाउनेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । भाग्यमा भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । व्यापार बढ्नेछ ।

मकर

मकरः– काम सरल तरिकाले बन्नेछन् । अधुरा काम पनि फस्र्योट हुनेछन् । सामाजिक काम गरेमा इज्जत बढ्नेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

कुम्भ

कुम्भः– आफुले सोचे जस्तो हुने छैन । काम गर्दा इज्जतको पनि ख्याल राख्नु होला । अरुको काम गरेर जश मिल्ने छैन । विना उपलब्धिका काममा समय बढि खर्च हुनेछ ।

मीन

मिनः– काममा अवरोध आउने देखिन्छ । व्यापार व्यवसायबाट लाभ भन्दा हानी बढि हुनसक्छ सतर्क रहनु होला । आफन्तबाट विश्वास घात हुनसक्छ । तनाव बढ्नेछ ।

तपाईको प्रतिक्रिया