ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भादौ १० गते शनिबार नेपाल सम्बत ११३७ ञलाथ्व,सन् २०१७ अगस्त २६ तारिक शुक्ल पक्ष पञ्चमी तिथि राती १० वजेर ६ मिनेटसम्म उप्रान्त षष्ठी तिथि, चित्रा नक्षत्र अपरान्ह ५ वजेर ४९ मिनेटसम्म उप्रान्त स्वाती नक्षत्र, शुक्लयोग, बवकरण, आनन्दादियोग काण, सूर्य सिंह राशीमा,चन्द्रमा तुला राशीमा ।

सूर्योदयबाट विहान ७÷१६ वजेसम्म काल वेला, ७÷१६ वजे देखि ८÷५२ वजेसम्म शुभ वेला, ८÷५२ देखि १०÷२८ वजेसम्म रोग वेला, १०÷२८ देखि १२÷४ वजेसम्म उद्वेग वेला, १२÷४ देखि १÷४० वजेसम्म चर वेला, १÷४० देखि ३÷१६ वजेसम्म लाभ वेला,३÷१६ देखि ४ वजेर ५२ मिनेटसम्म अमृत वेला र ४ वजेर ५२ मिनेट देखि सूर्यास्त सम्म काल वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– धैर्यतापूर्वक काम गर्नु होला र आफन्नो गोपनीयता राख्नु होला । श्रमको मूल्य पाईने छ । आफ्नो काममा आफै लागि पर्नु होला तव मात्र लाभ लिन सकिनेछ । कुरा काट्ने सक्रिय हुनेछन् ।

बृष

वृषः– अस्थिरता बढ्न सक्छ धैर्यता नगुमाई काम गर्नु होला । विवादमा नपरि काम गर्दा राम्रो हुनेछ । व्यवसायिक प्रतिष्ठानबाट मुनाफा धेरै लिन सकिने छैन । प्रेममा धोका हुनसक्छ ।

मिथुन

मिथुनः– विश्वास गुम्न सक्छ । समस्याबाट पीडित हुनुहुनेछ । अनावस्यक खर्च बढ्नेछ । काम गरेर जश मिल्ने छैन । शारीरिक शिथिलता बढ्न सक्छ । आपसमा मनमुटाव बढ्नेछ ।

कर्कट

कर्कटः– काम गर्ने जोश जागर घट्ने छैन । गरेका काम सफल पनि हुनेछन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । काममा ढिला नगर्नु होला ।

सिंह

सिंहः– कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । अरुको भर विश्वासमा काम गर्दा फसिन सकिन्छ सतर्क रहनु होला । खर्चमा नियन्त्रण गरेर काम गर्नु पर्ने देखिन्छ ।

कन्या

कन्याः– आर्थिक उन्नतिका सम्भावना बढि नै देखिन्छ समयको सदुपयोग गरेर अगाडि बढ्नु होला । काममा विलम्ब गर्दा उचित फाइदा लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ ।

तुला

तुलाः– हेलचक्र्याई गरेर काम गर्दा दुःख कष्ठ बढि मिल्नेछ । नयाँ काममा हात नहाल्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । राज्यसँग सरोकार रहेका विषयमा आज अगाडि नबढ्नु होला ।

बृश्चिक

वृश्चिकः– समयको ख्याल राखेर अगाडि बढ्नु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुने देखिन्छ ।

धनु

धनुः– अत्यन्त सजग र सतर्क भएर अगाडि बढ्नु होला । काम काजमा प्रगति राम्रै रहनेछ । काम गरे अनुसारको लाभ लिन सकिने छ । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् ।

मकर

मकरः–दिन सामान्य देखिन्छ । कार्य लगनशिलता बढ्नेछ । धार्मिक काममा सहभागि हुने अवसर आउन सक्छ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ । परिवारको सहयोगमा काम गर्नु होला ।

कुम्भ

कुम्भः– समयमा अझै सुधार आउने देखिन्न । काम गरे अनुसारको प्रतिफल पाईने छैन । काम गर्दा विभिन्न समस्याको सामाना गर्नु पर्ला । विश्वास र भरोसा टुट्ने छ । खर्च बढ्नेछ ।

मीन

मिनः– समय प्रतिकुल बन्दै छ समयमा कार्य सम्पादन गर्ने कोशिस गर्नु होला । परिवारको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । घर छोडेर जाने अवस्था आउन सक्छ ।

तपाईको प्रतिक्रिया