ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला 
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भादौ ९ गते शुक्रबार नेपाल सम्बत ११३७ ञलाथ्व,सन् २०१७ अगस्त २५ तारिक शुक्ल पक्ष चौथी तिथि राती ९ वजेर ३० मिनेटसम्म उप्रान्त पञ्चमी तिथि, हस्ता नक्षत्र अपरान्ह ४ वजेर ३९ मिनेटसम्म उप्रान्त चित्रा नक्षत्र, शुभयोग,वणिज करण, आनन्दादियोग अमृत, सूर्य सिंह राशीमा,चन्द्रमा कन्या राशीमा ।
सूर्योदयबाट विहान ७÷१६ वजेसम्म चर वेला, ७÷१६ वजे देखि ८÷५२ वजेसम्म लाभ वेला, ८÷५२ देखि १०÷२९ वजेसम्म अमृत वेला, १०÷२९ देखि १२÷५ वजेसम्म काल वेला, १२÷५ देखि १÷४२ वजेसम्म शुभ वेला, १÷४२ देखि ३÷१८ वजेसम्म रोग वेला,३÷१८ देखि ४ वजेर ५४ मिनेटसम्म उद्वेग वेला र ४ वजेर ५५ मिनेट देखि सूर्यास्त सम्म चर वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः–माताको स्वास्थ्यमा गिरावट आउन सक्छ । धन सम्पतिको विषयलाई लिएर विवाद बढ्न सक्छ । सुझवुझका साथ काम गर्नु होला । परिवारसँग कुरा मिल्ने छैनन । विरोधीको सक्रियता बढ्नेछ ।

बृष

वृषः– परिवारको सहयोगमा कमी आउनेछ । मन चञ्चल हुनेछ स्थिर भएर काम गर्नु होला नत्र पछाडी परिनेछ । समस्या कम भएर जानेछन् । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

मिथुन

मिथुनः– घर परिवार इष्टमित्र साथीभाईबाट सामान्य सहयोग मिल्नेछ । निश्चिन्त भएर काम गर्न सकिने छैन । वौद्धिक व्यक्तित्वसँग सहकार्य हुनेछ । पारिवारिक तथा भौतिक लगानी बढ्न सक्छ ।

कर्कट

कर्कटः– पुरुषार्थ बढ्नेछ । नयाँ कामको अवसर आउनेछ । सवै प्रकारका कामबाट लाभ हुनेछ । धन सम्पति एवं सन्तानबाट सुख मिल्नेछ । राज्यबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

सिंह

सिंहः– दिन मध्यम खालको देखिन्छ । काम गर्दा असफलता हात लाग्न सक्छ कुरामा भन्दा काममा विश्वास गर्नु होला । आर्थिक कारोवार गर्दा अत्यन्त सचेत भएर गर्नु होला नत्र धन डुब्ने छ ।

कन्या

कन्याः– अनावस्यक खर्चमा कमी आउनेछ । रोकिएका कामले गति लिनेछ । काम काजमा प्रगति हुनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।

तुला

तुलाः–अनुकुल वातावरण मिल्ने छैन । समयको दुरुपयोग हुने देखिन्छ । अनुत्पादक लगानीमा वृद्धि हुनेछ । परभावको सम्भावना देखिन्छ । घुमाई फिराई बढि हुने देखिन्छ । सहयोग कम मिल्नेछ ।

बृश्चिक

वृश्चिकः– समयले साथ दिने देखिन्छ । आत्म विश्वास बढ्नेछ । सवैको सहयोग लिएर काम गर्न सकिनेछ । गरेका कामबाट उपलब्धि हासिल हुनेछ । सुख,शान्ति मिल्नेछ । भाग्यले साथ दिदा काम बन्नेछन् ।

धनु

धनुः– लगानीलाई विचार गरेर काम गर्नु होला दिन सामान्यतया अनुकुल नै देखिन्छ । काममा देखिएका समस्या कम भएर जानेछन् । आफ्ना कारण अरु पनि लाभान्वित हुनेछन् । आय बढ्नेछ ।

मकर

मकरः–पूर्णरुपेण अरुको भर नपर्नु होला धोका हुनसक्छ । समयमा थोरै सुधार आउनेछ मानसिक तनावमा कमी आउने छ । गुमेको आस्था र विश्वास पलाउने छ । फलदायी यात्रा सम्भावना देखिन्छ ।

कुम्भ

कुम्भः– देखिएका सम्भावनाहरु क्षिण भएर जानेछन् । मनमा भय त्रास बढ्नेछ । लगानी डुब्न सक्छ सचेत रहनु होला । स्वास्थ्यमा समस्या आउन सक्छ खानपानमा विचार पु¥याउनु होला ।

मीन

मिनः– रोजगारीको अवसर आउन सक्छ । आफुमा भएको उर्जाको सदुपयोग गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । जीवन साथिको सहयोग र साथ मिल्नेछ । महत्वपूर्ण काम हुनेछन् । आम्दानी बढ्नेछ ।

तपाईको प्रतिक्रिया