ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भादौ ८ गते विहिबार नेपाल सम्बत ११३७ ञलाथ्व,सन् २०१७ अगस्त २४ तारिक शुक्ल पक्ष तृतीया तिथि राती ९ वजेर २५ मिनेटसम्म उप्रान्त चौथी तिथि,उत्तरफाल्गुनी नक्षत्र अपरान्ह ३ वजेर ५९ मिनेटसम्म उप्रान्त हस्ता नक्षत्र, साध्ययोग,तैतिलकरण, आनन्दादियोग मातङ्ग, सूर्य सिंह राशीमा,चन्द्रमा कन्या राशीमा ।

सूर्योदयबाट विहान ७÷१६ वजेसम्म शुभ वेला, ७÷१६ वजे देखि ८÷५२ वजेसम्म रोग वेला, ८÷५२ देखि १०÷२९ वजेसम्म उद्वेग वेला, १०÷२९ देखि १२÷५ वजेसम्म चर वेला, १२÷५ देखि १÷४२ वजेसम्म लाभ वेला, १÷४२ देखि ३÷१९ वजेसम्म अमृत वेला,३÷१९ देखि ४ वजेर ५५ मिनेटसम्म काल वेला र ४ वजेर ५५ मिनेट देखि सूर्यास्त सम्म शुभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– विरोधी बढ्न सक्छन् । आफन्तसँग मतभेद बढ्न सक्छ । उच्चमनोबलका साथ काम गर्नु होला गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला । आम्दानी बढ्ने देखिन्छ ।

बृष

वृषः– वौद्धिक काम हुनेछन् । जोखिम पूर्ण यात्रा नगर्नु होला । घर छोडेर हिड्ने वातावरण बन्नेछ । काम गर्ने बातावरण त्यति देखिदैन । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्ने छ ।

मिथुन

मिथुनः– पारिवारिक जमघट बढ्नेछ । काम गरेर जश पाईने छैन । जो आफ्नो ठान्यो त्यहि पराई हुनेछ । काम गर्ने जोश जागर घट्न सक्छ । आर्थिक कारोवारमा सफलता कम मिल्ने छ ।

कर्कट

कर्कटः– निर्णय क्षमता बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । अधिकाँश काम आफ्नै बाहुवलबाट सम्पादन हुने छन् ।

सिंह

सिंहः– आफन्तबाट कहि कतै अप्ठ्यारो पर्न सक्छ सतर्क रहनु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला,सम्पतिमा दाग लाग्न सक्छ । व्यापारबाट खासै लाभ लिन सकिने छैन ।

कन्या

कन्याः– मनमा दुविधा बढ्न सक्छ । विना सोच विचार काममा हात नहाल्नु होला । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ । लेनदेन कारोवारमा सतर्क रहनु होला नत्र धन डुब्न सक्छ ।

तुला

तुलाः– दिन प्रतिकुल बढि देखिन्छ जोखिम लिएर काम नगर्नु होला । विश्वासको संकट पर्नेछ । आफ्नो सोचाईको विपरित काम हुने छन् । अनावस्यक काममा समय र धन लगानी हुनेछ ।

बृश्चिक

वृश्चिकः– भाग्य र कर्म दुवै बलियो देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । राज्यबाट सहयोग पाईनेछ । व्यापारबाट आम्दानी राम्रो हुनेछ । कुटनैतिक विधि अप्नाई काम गर्नु होला ।

धनु

धनुः– स्वाथ्यमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । अधुरा काम फस्र्योट हुने छन् । लेन देन कारोवारमा सुधार आउने छ । अरुको भर विश्वासमा मात्र काम नगर्नु होला ।

मकर

मकरः– इज्जत प्रतिष्ठामा आच आउन सक्छ । काम गरेर नाम न जश खरानी घस हुन सक्छ विचार पु¥याउनु होला । दैनिक काम काजमा पनि असर पर्ने देखिन्छ । अनावस्यक काम बढि हुने छन् ।

कुम्भ

कुम्भः– मानसिक एवं शारीरिक दुर्वलता बढ्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । काम गर्न मन लाग्ने छैन । अनावस्यक काम धेरै हुने छन् । आम्दानीका स्रोत घट्ने छन् ।

मीन

मिनः– यात्राको योग देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ । आयात निर्यात व्यापार बढ्नेछ । जीवन साथिको सहयोगकोमा महत्वपुर्ण काम हुनेछन् । मनोरञ्जनको अवसर आउनेछ ।

तपाईको प्रतिक्रिया