साप्ताहिक राशी : फाल्गुन ३ गते देखि ९ गतेसम्म

— ज्योतिष,पंडित वेदनिधि तिमिल्सिना फोनः– ९८४६१६७८०२

मेष

मेषः–शनिवारसम्म समय अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । इच्छाशक्ति बढ्नेछ । उप्रान्त मंगलबार मध्यान्ह सम्म समय खराव चल्नेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । राम्रो वोल्दा उल्टो अर्थ लगानउने छन् । शेष दिन अनुकुल रहने छन् । प्रयत्न गर्दा काममा सफलता मिल्नेछ । भोज भतेर सभा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । अवरोध हट्ने छन् ।

बृष

वृषः– मंगलबार सम्म समय अनुकुल जस्तै देखिन्छ । अवरुद्ध काम अगाडि बढ्ने छन् । सामाजिक दायित्व बढ्नेछ । उच्च व्यक्तित्वसँग भेट घाट हुनेछ । व्यापार व्यवसायमा नयाँ नयाँ सम्भावना देखिने छन् । हेलचक्र¥याई नगरि काम गर्नु होला हरेक क्षेत्रमा सफलता मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । शेष दिन भने प्रतिकुल रहलान । खर्च वृद्धि हुनेछ । काममा अवरोध आउनेछ । धोका दिने छन् ।

मिथुन

मिथुनः– समग्र साता अनुकुल रहनेछ । प्रारम्भमा कामको गति मन्द रहनेछ । शनिवार देखि समय पूर्ण अनुकुल हुनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । नयाँ कार्यरम्भ हुनेछ । सामाजिक उत्तरदायित्व बहन गर्नु पर्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । घर परिवारमा सुख शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट प्रशस्त धन आउनेछ । घरमा मांगलिक काम हुनेछन् । ऋण लगानी गर्दा सोच विचार गर्नु होला । व्ययभार घट्नेछ । समयको सदुपयोग गर्नु होला ।

कर्कट

कर्कटः– प्रारम्भ प्रतिकुल देखिन्छ । स्वास्थ्यमा समस्या आउनेछ । काम काजमा अवरोध आउनेछ । जोखिम मोलेर काम नगर्नु होला । सुरक्षित यात्रा अप्नाउनु होला । साझेदारी काममा विवाद उत्पन्न हुनेछ । लगानी डुब्न सक्छ । आस्था र विश्वासमा चोट पुग्न सक्छ । मंगलबार देखि समयमा सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । थोरै मेहनत गर्दा नयाँ काम हात पर्नेछ । पढाई लेखाईमा सुधार आउनेछ । कल्पनाले सकार रुप लिनेछ ।

सिंह

सिंहः–मिश्रित फल मिल्नेछ । शनिवारसम्म समयले थोरै साथ दिनेछ तर हेलचक्र्याई गरेर काम नगर्नु होला आएको अवसर पनि गुम्नेछ । काम सम्पन्न गर्न धेरै संघर्ष गर्नु पर्नेछ । सहयोगी मन खुम्चिने छन् भने दुष्टहरु अगाडि आउने छन् । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । सझेदारी काममा विवाद हुनेछ । रविबार देखि समय प्रतिकुल हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक पक्ष दूर्वल हुनेछ । खर्च बढ्नेछ ।

कन्या

कन्याः– दुविधामा नपरि काम गर्नु होला मंगलबार मध्यान्ह सम्म समयले साथ दिनेछ । संघर्षबाट टाढा नजानु होला । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला धोका दिनेछन् । प्रयत्न गरेमा नयाँ कामको अवसर आउनेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । नोकरी तथा राजनीतिमा अवसर आउनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । शेष दिन प्रतिकुल रहेका छन् । काम काजमा विलम्ब,खर्च वृद्धि तथा स्वास्थ्यमा समस्या आउनेछ ।

तुला

तुलाः– साताको प्रारम्भमा केहि अप्ठ्राहरु पार गर्नु पर्नेछ । समस्या बढ्ने छन् । काम काजमा विलम्ब हुनेछ । विरोधीको सामना गर्नु पर्नेछ । लगानीको सुनिश्चितता हुने छैन । शरीरिक शिथिलता बढ्नेछ । आइतवार देखि भने समय विस्तारै अनुकुल हुनेछ परिश्रम गर्न पछि नपर्नु होला । कार्य गोपनियता अप्नाएर काम गर्नु होला । मंगलबार पछि को समय थोरै बढि अनुकुल हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ । पारिवारिक सहयोग मिल्नेछ । यात्रा हुनसक्छ ।

बृश्चिक

वृश्चिकः–दुविधामा नपरि संयमित भएर कार्य गोपनियता अप्नाई काम गर्न सके साता उपलब्धिपूर्ण रहनेछ । दीर्घकालिन असर पुग्ने खालका काम हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । विरोधीहरु कमजोर हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । उच्च व्यक्तित्वसँग भेटघाट हुनेछ । घरमा वसाँई कम हुनेछ । मध्य साता तिर पारिवारिक खर्च बढ्नेछ । काम काजमा ढिला सुस्ति हुनेछ । प्रगति कम हुनेछ ।

धनु

धनुः– शुक्रबार र शनिवार साताकै उत्कृष्ट दिन रहेका छन् । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । गरेका काम सफल हुनेछन् । प्रयत्न गर्दा नयाँ कामको अवसर मिल्नेछ । अन्य दिन भने त्यति सन्तोषजनक देखिन्न । विभिन्न खालका समस्या आउने छन् । पढाई लेखाईमा पनि सोचे जस्तो सफलता मिल्ने छैन । विश्वास गरेकाले धोका दिने छन् । पारिवारिक खर्चमा वृद्धि हुनेछ । व्यर्थको घुमाई फिराई हुनेछ ।

मकर

मकरः– खर्च वृद्धि हुदा साताको प्रारम्भमा आर्थिक संकट पर्नेछ । कुरा धेरै काम कम हुनेछन् । आइतबार देखि भने समयले साथ दिनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । काम गर्ने जोश जागर बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । व्यापार व्यवसायबाट अम्दानी बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । पढाई लेखाईमा प्रगति हुनेछ । भूमि,औषधी चिकित्सा जस्ता पेशा व्यवसायबाट लाभान्वित हुनुहुनेछ । पारिवारिक सुख मिल्नेछ ।

कुम्भ

कुम्भः–साता उत्कृष्ट देखिन्छ । समयको सदुपयोग गरेर काम गर्नु होला । विगतमा गर्न नसकेका काम हुनेछन् । काम गरेर नाम राख्न सकिनेछ । भोज भतेर सभा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । कार्य क्षमता बढ्नेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग मिल्नेछ । व्यापारबाट सोचे भन्दा राम्रो आम्दनी हुनेछ । उच्च व्यक्तित्व सँगको भेटले उर्जा मिल्नेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । जोखिम नमोल्नु होला ।

मीन

मिनः–५गते सम्म समय प्रतिकुल देखिन्छ । कुनै काम गर्दा जोखिम नउठाउनु होला । राज्य सँग सम्बन्धित काममा बढि सतर्कता अप्नाउनु होला । खर्च ज्यादा हुनेछ । सुरक्षित यात्रा गर्नु होला । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । अरुको भरमा काम नगर्नु होला । शेष दिन भने सामान्य अनुकुल देखिन्छ । प्रयत्न गर्दा सफलता मिल्नेछ । निर्णय क्षमता बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् । भोज भतेर सभा समारोहमा सहभागि हुने अवसर प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया