ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल फाल्गुन ४ गते शुक्रबार नेपाल सम्बत ११३८ चिल्लाथ्व,सन् २०१८ फेब्रुअरी १६ तारिक शुक्लपक्ष प्रतिपदा तिथि राती ३ वजेर २४ मिनेटसम्म, धनेष्ठा नक्षत्र विहान ९ वजेर ३८ मिनेटसम्म, परिघयोग,किंस्तुघ्न करण,आनन्दादियोग धाता,सूर्य कुम्भ राशीमा चन्द्रमा कुम्भ राशीमा । ॐः–सूर्योदयबाट प्रातः ८÷६ वजेसम्म चर वेला,८÷६ वजेदेखि ९÷३० वजेसम्म लाभ वेला,९÷३० देखि १०÷५४ वजेसम्म अमृत वेला,१०÷५४ देखि १२÷१८ वजेसम्म काल वेला,१२÷१८ देखि १÷४२ वजेसम्म शुभ वेला,१÷४२ देखि ३÷६ वजेसम्म रोग वेला,३÷६ देखि ४÷३० वजेसम्म उद्वेग र ४÷३० वजे देखि सूर्यास्तसम्म चर वेला रहनेछ । ॐः–सूर्यास्तबाट ७÷३१ वजेसम्म रोग वेला,७÷३१ वजेदेखि ९÷७ वजेसम्म काल वेला,९÷७ देखि १०÷४३ वजेसम्म लाभ वेला,१०÷४३ देखि १२÷१९ वजेसम्म उद्वेग वेला,१२÷१९ देखि १÷५५ वजेसम्म शुभ वेला,१÷५५ देखि ३÷३१ वजेसम्म अमृत वेला,३÷३१ वजे देखि ५÷७ वजेसम्म चर र ५÷७ वजे देखि सूर्योदयसम्म रोग वेला रहनेछ । ॐः–राहुकालः– विहान १० ÷५४ वजेबाट मध्यान्ह १२÷१८ वजेसम्म रहनेछ, यमघण्टायोगः– अपरान्ह ३÷६ वजेबाट ४÷३० वजेसम्म रहनेछ, दूरमुहूर्तः– विहान ८÷५६ वजेबाट ९÷४१ र मध्यान्ह १२÷४० वजेबाट अपरान्ह १÷२५ वजेसम्म रहनेछ, यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷४० वजेसम्म रहनेछ, । गुली कालः– विहान ८÷६ वजेबाट ९÷३० वजेसम्म रहनेछ,।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– घर परिवारबाट सहयोग पाईनेछ । घरमा जमघट बढ्नेछ । भौतिक सम्पति बढ्नेछ । आम्दानीका नयाँ क्षेत्र फेला पर्ने छन् । उद्योग पराक्रम बढ्नेछ । व्यापार पनि बढ्ला ।

बृष

वृषः– काम गर्ने जोश जागर बढ्नेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । घर बाहिर बसेर गरेका काम बढि उपलब्धिमूलक रहने छन् । अधुरा काम बन्ने छन् ।

मिथुन

मिथुनः– मन चञ्चल हुनेछ । बाहिरी कामको अलमलमा पर्दा आफ्ना कामले गति लिने छैन । काम गरेर जश कमै मिल्नेछ । आर्थिक कारोवारमा तनाव हुन सक्छ । यात्राको सम्भावना देखिन्छ ।

कर्कट

कर्कटः– शारीरिक एवं मानसिक रुपमा काम गर्न असक्षम हुनुहुनेछ । काम गर्ने वातावरण पनि मिल्ने छैन । अनावस्यक काममा समय र धन खर्च हुनेछ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला ।

सिंह

सिंहः– वैदेशिक कार्य योजनले मुर्तरुप लिनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । यात्राको योग पनि देखिन्छ ।

कन्या

कन्याः– आफुले गरेका कामले आफुलाई भन्दा अरुलाई बढि फाइदा हुन सक्छ । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सजग भई काम गर्नु होला । मेहनतका साथ गरेका काम सफल हुनेछन् ।

तुला

तुलाः– पढाई लेखाईमा ध्यान केन्द्रित हुनेछ । काम गर्दा अलमलमा नपरि गर्नु होला । आफुले ढिलो गर्दा अरुले फाइदा लिनेछन् । दैनिक काम काज सुचारु रुपले अगाडि बढ्ने छन् ।

बृश्चिक

वृश्चिकः– पारिवारिक सुख शान्ति मिल्नेछ । काम गरेर जश भने कमै पाईनेछ । शारीरिक शिथिलता बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ ।

धनु

धनुः– मनोबल उच्च गरि काममा प्रवेश गर्न होला गरेका काम सफल हुनेछन् । न्यायिक,बैदेशिक तथा वित्तिय क्षेत्र मजबुत देखिन्छ । अर्थ अभावले काममा सामान्य ढिला सुस्ति हुनसक्छ ।

मकर

मकरः– जीवन साथिको सहयोग लिएर काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट पनि सामान्य आम्दानी हुनेछ । धन दिने काम भने आज नगर्नु उचित हुनेछ ।

कुम्भ

कुम्भः– आत्मबल बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलमा सम्पादन हुनेछन् । स्वतन्त्र व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पढाईमा भन्दा कमाईमा ध्यान जानेछ ।

मीन

मीनः– अनावस्यक खर्च बढ्नेछ । व्यापार व्यवसायबाट आय भन्दा व्यय बढि हुने देखिन्छ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला । पढाई लेखाईमा अवरोध आउन सक्छ ।

तपाईको प्रतिक्रिया