ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल फाल्गुन ३ गते विहिबार

नेपाल सम्बत ११३८ शिल्लागा,सन् २०१८ फेब्रुअरी १५ तारिक कृष्णपक्ष औसी तिथि राती २ वजेर १८ मिनेटसम्म, श्रवण नक्षत्र विहान ७ वजेर ४१ मिनेटसम्म, वरियनयोग, चतुष्पद करण,आनन्दादियोग ध्वज,सूर्य कुम्भ राशीमा चन्द्रमा राती ८ वजेर ४३ मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा ।

ॐःसूर्योदयबाट प्रातः ८÷६ वजेसम्म शुभ वेला,÷६ वजेदेखि ९÷३० वजेसम्म रोग वेला,÷३० देखि १०÷५४ वजेसम्म उद्वेग वेला,१०÷५४ देखि १२÷१८ वजेसम्म चर वेला,१२÷१८ देखि १÷४२ वजेसम्म लाभ वेला,÷४२ देखि ३÷६ वजेसम्म अमृत वेला,÷६ देखि ४÷३० वजेसम्म काल र ४÷३० वजे देखि सूर्यास्तसम्म शुभ वेला रहनेछ ।

ॐःसूर्यास्तबाट ७÷३१ वजेसम्म अमृत वेला,÷३१ वजेदेखि ९÷७ वजेसम्म चर वेला,÷७ देखि १०÷४३ वजेसम्म रोग वेला,१०÷४३ देखि १२÷१९ वजेसम्म काल वेला,१२÷१९ देखि १÷५५ वजेसम्म लाभ वेला,÷५५ देखि ३÷३१ वजेसम्म उद्वेग वेला,÷३१ वजे देखि ५÷७ वजेसम्म शुभ र ५÷७ वजे देखि सूर्योदयसम्म अमृत वेला रहनेछ ।

ॐःराहुकालःअपरान्ह १ ÷४२ वजेबाट ३÷५ वजेसम्म रहनेछ, यमघण्टायोगःविहान ६÷४३ वजेबाट ८÷७ वजेसम्म रहनेछ, दूरमुहूर्तःपूर्वान्ह १०÷२६ वजेबाट ११÷११ र २÷५४ वजेबाट ३÷३९ वजेसम्म रहनेछ, यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तःपूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷४० वजेसम्म रहनेछ, । गुली कालःपूर्वान्ह ९÷३० वजेबाट १०÷५४ वजेसम्म रहनेछ,“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

विरोध गर्ने पनि समर्थनमा आउनेछन् । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । उधारो कारोवार नगर्नु होला । पराक्रम बढ्नेछ ।

बृष

समयमा गरेका कामबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट आज पनि आम्दानी राम्रै हुनेछ । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।

मिथुन

अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । घरको वातावरण पनि प्रतिकुल हुन सक्छ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ ।

कर्कट

लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । आर्थिक कारोवार गर्दा सजग हुन होला काममा विलम्ब नगर्नु होला । व्यापारबाट लाभ होला ।

सिंह

विरोधी बढ्नेछन् कार्य गोपनियता अप्नाई काम गर्नु होला । काम गर्दा बढि मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ ।

कन्या

भ्रमलाई चिरेर काम गर्नु होला । हेलचक्र्याई गरेर काम गर्नु भयो भने आएको अवसर पनि गुम्नेछ । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । मानसिक तनाव बढ्नेछ ।

तुला

भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । साथि भाईबाट विश्वास घात हुनसक्छ ।

बृश्चिक

कार्य क्षमता घट्ने छैन । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ । घरका काम काजमा भन्द बाहिरी काम काजमा समय बढि लगानी हुनेछ ।

धनु

नजिकका मानिसबाट विश्वास घात हुनेछ । संचित धनको नास हुने देखिन्छ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । प्रयत्नपूर्वक गरेका काम भने केहि सफल हुनेछन् ।

मकर

समयमा निर्णय लिएर अगाडि बढ्नु पर्ने देखिन्छ । गरेका काम सफल हुनेछन् । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । महत्वकाँक्षी योजना असफल हुनेछन् ।

कुम्भ

कमाई भन्द पनि खर्च बढि हुनेछ । व्यापार व्यवसायमा विभिन्न खालका समस्या आउनेछन् । नगरेका कामको अपयश आई लाग्न सक्छ । स्वास्थ्यले पनि काम गर्न दिने छैन । चिन्ता बढ्नेछ ।

मीन

सहयोग गर्ने भन्दा आलोचना गर्ने बढि हुनेछन् । समयमा गरेका कामबाट उपलब्धि हासिल हुनेछ । भावावेगमा आएर कुनै काम नगर्नु होला नोक्सान हुनेछ ।

तपाईको प्रतिक्रिया