फाल्गुन महिनाको राशीफल: थाहा पाउनुहोस् यो महिना तपाईलाई कति लाभदायक छ

मेष

मेषः– ढिलो गरी कामबाट फाइदा हुनेछ । काममा लगनशिलता बढाउनु होला । आर्थिक सम्पन्नता बढ्नेछ । व्यापार व्यवसायमा उन्नति हुनेछ । दाम इनाम र प्रतिष्ठा कमाउने बेला आएको छ । अध्ययन अध्यापन कार्यमा केहि शिथिलता आउनेछ । उच्च व्यक्तित्व सँगको भेटले नयाँ कुरा सिक्न पाईनेछ । अरुको पूर्ण भरोसामा काम भने नगर्नु होला । गोपनियता अप्नाई गरेका काम सफल हुनेछन् ।

बृष

वृषः– समग्रमा महिना उत्तम देखिन्छ । विगतमा गर्न नसकेका काम गर्न सकिनेछ । साझेदारी काममा सफलता मिल्नेछ । घर परिवारको सहयोग र साथ मिल्नेछ । प्रयत्न गरेमा नोकरीमा पदोन्नति हुनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । राज्यसँग सम्बन्धित कामबाट लाभान्वित हुनुहुनेछ । नयाँ कार्य योजना अगाडि बढ्नेछन् । राजनीति तथा नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ ।

मिथुन

मिथुनः– आर्थिक पक्ष दूर्वल हुदा योजना कार्यन्वयनमा ढिला सुस्ति हुनेछ । अरुलाई धन दिदा डुविनेछ । सहज र सरल तरिकाबाट काम हुने छैनन । मनको रहर मनमा नै रहला । पढाई लेखाईमा पनि सन्तोषजनक प्रगति हुनेछैन । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । आस्था र विश्वास घट्नेछ । साझेदारी काममा विवाद बढ्न सक्छ । विदेश यात्रा रोकिन सक्छ । स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट

कर्कटः– तपाईको लागि यो महिना खराव भन्दा फरक नपर्ला । अन्योलता बढ्नेछ । शारीरिक एवं मानसिक रुपमा कमजोर बन्नु हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रा गर्दा सावधानी अप्नाउनु होला । आर्थिक कारोवारमा समस्या सृजना हुनेछ । धन सम्पति हराउने,चोरी हुने तथा अग्नि भय देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । धन दिएर मित्र गुमाउने काम नगर्नु होला

सिंह

। सिंहः– सोचाईका विपरित काम हुनेछन् । आम्दानी खर्चमा परिणत हुनेछ । काम गर्दा विचार पु¥याउन सकिएन भने समस्याको भूमरीमा पर्नु हुनेछ । हिसाव किताव राम्रो गर्नु होला ,साझेदारी व्यवसायमा विवाद पर्न सक्छ । जीवन साथिबाट सहयोग हुनेछ । वैदेशिक क्षेत्र सफल देखिन्छ । योजना कार्यन्वयनमा केहि ढिला सुस्ति हुनसक्छ बाह्य कामको अल्झनले गर्दा ध्यान दिनु होला । व्यापारबाट सामान्य लाभ हुनेछ ।

कन्या

कन्याः–व्यक्तिगत कामले तिव्रता लिनेछ । श्रम र लगानी अनुसारको लाभ लिन सकिनेछ । शत्रु माथि विजय हुनेछ । विरोध गर्न पछि पर्ने छन् । उद्योग पराक्रम बढ्नेछ । आफ्नो काम गर्न अरुलाई गुहार्न पर्ने छैन । राजनीति तथा नोकारीमा अवसरको खोजी हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । उच्च पदस्थ व्यक्तिसँग भेटघाट हुनेछ ।

तुला

तुलाः–तपाईको ईमान्दारिताको फाइदा अरुले लिने छन् । काममा साना साना कुराले प्रभाव पार्नेछ । सहज रुपमा कुनै काम हुने छैनन । शिक्षा,स्वास्थ्य र सन्तानका बारेमा बढि चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ । व्यवसायिक काम अधुरा रहनेछन् । कुनै पनि काम अरुको सहयोग विना आफैले मात्र गर्नु पर्नेछ । पारिवारिक खर्चले तिव्रता लिनेछ । वोलिको प्रभावबाट केहि काम हुनेछन् । आर्थिक संकट टर्नेछ ।

बृश्चिक

वृश्चिकः– महिना त्यति अनुकुल देखिन्न । घर छोडेर हिड्नु पर्ने अवस्था आउनेछ । धन सम्पति हानी नोक्सानी एवं चोरी हुनसक्छ । काम गर्दा साथि भाईबाट धोका हुनेछ । हिनतावोध हुनेछ । मनमा खिन्नता बढ्नेछ । सहयोगी कम भेटिने छन् । समयमा सोच्न सकिएन भने, लगशिल भएर लाग्न सकिएन भने राम्रो अवसर फुत्किनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । पारिवारिक खर्च बढ्नेछ ।

धनु

धनुः– महिना त्यति नराम्रो छैन । लनशिलता बढाउन सके,योजना बनाएर अगाडि बढ्न सके महिना उपलब्धि पूर्ण देखिनेछ । पढाई लेखाईमा ध्यान कम जाने छ । सुरक्षित यात्रा गर्नु होला । बन्धु बान्धवको सहयोग खासै मिल्ने छैन । आफैले गरेका काम सफल हुनेछन् । आत्म विश्वास बढ्नेछ । व्यवसायिक क्षेत्रमा उन्नति प्रगति हुनेछ । भूमि सम्बन्धि काममा लगानी नबढाउनु होला । आर्थिक कारोवार गर्दा बढि ध्यान दिनुहोला ।

मकर

मकरः– महिना मिश्रित फलदायी छ । पारिवारिक सुख मिल्नेछ । प्राविधिक तथा भूमि सम्बन्धीत कामबाट फाइदा हुनेछ । आर्थिक संरचनालाई नचलाउनु होला बचाएर राखेको धन खर्च हुनेछ । इष्टमित्रका कारण अप्ठ्यारोमा पर्न सकिन्छ सचेत रहनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । हेलचक्र्याई गरेर काम नगर्नु होला क्षति धेरै हुनेछ । साझेदारी काममा हात नहाल्नु होला । कुरा भन्दा काममा जोड दिनुहोला ।

कुम्भ

कुम्भः– स्थिति सहज हुदै जानेछ । विगतको हविगत वेहोर्नु पर्ने छैन । अहम त्यागेर लगनशिल भई गरेका काम सफल हुनेछन् । अस्थिरता बढ्नेछ धैर्यता नगुमाउनु होला । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ । साथी भाईको सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयत्न गरे पदोन्नतिको सम्भावना पनि देखिन्छ । व्यापार व्यवसायबाट सामान्य लाभ लिन सकिनेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

मीन

मिनः– समय र अनुशान पालना गर्न नसक्दा अवसर गुम्ने छन् । विश्वास पात्रले धोका दिने छन् । आफुले नगरेका कामको अपयश लिनु पर्नेछ । वित्तिय क्षेत्र कमजोर बन्नेछ । काम गर्दा हरेक क्षेत्रमा समस्या आउनेछन् धैर्यतापूर्व अगाडि बढ्नु होला । जोखिम मोलेर काम नगर्नु होला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । नयाँ लगानी नबढाउनु होला । घर डेराको समस्या पर्नेछ । परिवारमा असन्तोष बढ्नेछ ।

तपाईको प्रतिक्रिया