ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

आज वि.सं. २०७४ फाल्गुन ०२ गते बुधबार तदनुसार ई. सं. २०१८ फेब्रुवरी १४ तारिख,

आजको चाडपर्व र उत्सव : सहिद लखन थापा स्मृति दिवस,

आजको मूहुर्त : दैलो राख्ने, पुराणश्रवण

फाल्गुन कृष्णपक्षको चतुर्दशी तिथि, मध्यरात्रीपछि १२:४७ बजेसम्म, त्यसपछि  अमावस्या तिथि,

श्रवण नक्षत्र,  (अहोरात्र व्याप्त) 

 चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त),

 व्यतिपात योग, दिउँसो ०३:४१ बजेसम्म, त्यसपछि वरीयान् योग,

 सुरुमा विष्टि (भद्रा) करण दिउँसो ११:५१ बजेसम्म, त्यसपछि शकुनि करण मध्यरात्रीपछि १२:४७ बजेसम्म, अन्तिममा चतुष्पाद करण,

 काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४५ बजे र सूर्यास्त : साँझ ०५:५२ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :– 

राहु काल : दिउँसो १२:१९ देखि ०१:४२ सम्म

 यमघण्ट : बिहान ०८:०९ देखि ०९:३२ सम्म

 गुलिक काल : दिउँसो १०:५५ देखि १२:१९ सम्म

 आजको वारवेला :

लाभ वारवेला : बिहान ०६:४५ देखि ०८:०९ सम्म, साँझ ०४:२८ देखि ०७:२९ सम्म र मध्यरात्रीपछि ०५:०९ देखि ०६:४५ सम्म

 उद्वेग वारवेला : दिउँसो ०१:४२ देखि ०३:०६ सम्म र बेलुका ०७:२९ देखि ०९:०६ सम्म

 शुभ वारवेला : दिउँसो १०:५५ देखि १२:१९ सम्म र बेलुका ०९:०६ देखि १०:४२ सम्म

 अमृत वारवेला : बिहान ०८:०९ देखि ०९:३२ सम्म र बेलुका १०:४२ देखि १२:१९ सम्म

 चर वारवेला : दिउँसो ०३:०६ देखि ०४:२९ सम्म र मध्यरात्रीपछि १२:१९ देखि ०१:५५ सम्म

 रोग वारवेला : दिउँसो १२:१९ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:५५ देखि ०३:३२ सम्म

 काल वारवेला : बिहान ०९:३२ देखि १०:५५ सम्म र मध्यरात्रीपछि ०३:३२ देखि ०५:०९ सम्म

 “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

विश्वास घात हुनसक्छ । कार्य सम्पादनमा कठिनाई उत्पन्न हुनेछ तर मेहनतपूर्वक गरेका काम भने सफल हुनेछन् । आर्थिक उन्नति हुने देखिन्छ । व्यापारमा सुधार आउनेछ ।

बृष

समयमा विचार विमर्श गरेर काम गर्नु होला अवस्य सफलता मिल्नेछ । अरुको भरमा मात्रै काम गर्नु भयो भने पछि परिनेछ । स्पष्ट वोल्दा आफैलाई घाटा हुनेछ । अपेक्षाकृत सहयोग मिल्ने छैन ।

मिथुन

सहयोग गर्ने भन्दा माग्ने धेरै हुनेछन् । कार्य शिथिलता बढ्ने देखिन्छ । आशा र भरोसामा तुषारापात हुनसक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ । मनमा शान्ति मिल्ने छैन । व्यापार मन्दमा आउनेछ ।

कर्कट

उद्योग पराक्रम बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । आफ्नो काम गर्न आफै सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

सिंह

विना उपलब्धिका काममा धन र श्रम लगानी हुनेछ । व्यर्थका काममा झगडा पर्न सक्छ । व्यापार व्यवसायमा समस्या आउने देखिन्छ । आर्थिक संरचना नचलाउनु होला ।

कन्या

काम गर्ने उत्साहामा वृद्धि हुनेछ । अधुरा काम सम्पादन हुनेछन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ला ।

तुला

काममा अवरोध आउनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर काम गर्नु होला । व्यापारमा गरेको लगानी डुब्न सक्छ विचार पु¥याउनु होला । झुट्टा कुराले सताउनेछ ।

बृश्चिक

घरमा मांगलिक काम हुनसक्छ । आस्था र विश्वास बढ्नेछ । घर परिवारबाट सहयोग प्राप्त हुनेछ । नोकरी तथा राजनीतिमा अवसरको झिनो सम्भावना देखिन्छ । समयमा काम गर्नु होला ।

धनु

सामान्यतया दिन अनुकुल देखिन्छ । राज्य सँग सरोकार रहेका विषयले प्राथमिकता पाउनेछ । लगानी गर्दा भने विचार पु¥याउनु होला । भयातुरमा काम नगर्नु होला ।

मकर

स्वव्यवसायमा झिनो अवसरको सम्भावना देखिनेछ । आत्मविश्वासका साथ काममा लाग्नु होला । अरुको भर विश्वासमा काम नगर्नुहोला । यात्रा हुनसक्छ ।

कुम्भ

समयले कम साथ दिने हुदा जोखिम पूर्ण काममा हात नहाल्नु होला । काम गर्दा समस्या सृजना हुने देखिन्छ । परभावको सम्भावना देखिन्छ । सम्पतिको नास हुनेछ ।

मीन

समयमा गरेका काम सफल हुनेछन् । गरेका काम सरल किसिमले सम्पादन हुनेछन् । गरेको लगानीबाट लाभ लिन सकिनेछ । व्यापारमा अवसर आउनेछ ।

तपाईको प्रतिक्रिया