ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल फाल्गुन १ गते भौमबार नेपाल सम्बत ११३८ शिल्लागा,सन् २०१८ फेब्रुअरी १३ तारिक कृष्णपक्ष त्रयोदशी तिथि राती १० वजेर ५० मिनेटसम्म, उत्तरषाढा नक्षत्र राती ५ वजेर २३ मिनेटसम्म,सिािद्धयोग, गरकरण,आनन्दादियोग मानस,सूर्य कुम्भ राशीमा चन्द्रमा विहान ९ वजेर ३० मिनेटसम्म धनु उप्रान्त मकर राशीमा । ॐः–सूर्योदयबाट प्रातः ८÷८ वजेसम्म रोग वेला,८÷८ वजेदेखि ९÷३१ वजेसम्म उद्वेग वेला,९÷३१ देखि १०÷५५ वजेसम्म चर वेला,१०÷५५ देखि १२÷१८ वजेसम्म लाभ वेला,१२÷१८ देखि १÷४१ वजेसम्म अमृत वेला,१÷४१ देखि ३÷५ वजेसम्म काल वेला,३÷५ देखि ४÷२८ वजेसम्म शुभ र ४÷२८ वजे देखि सूर्यास्तसम्म रोग वेला रहनेछ । ॐः–सूर्यास्तबाट ७÷२९ वजेसम्म काल वेला,७÷२९ वजेदेखि ९÷६ वजेसम्म लाभ वेला,९÷६ देखि १०÷४२ वजेसम्म उद्वेग वेला,१०÷४२ देखि १२÷१९ वजेसम्म शुभ वेला,१२÷१९ देखि १÷५६ वजेसम्म अमृत वेला,१÷५६ देखि ३÷३३ वजेसम्म चर वेला,३÷३३ वजे देखि ५÷९ वजेसम्म रोग र ५÷९ वजे देखि सूर्योदयसम्म काल वेला रहनेछ । ॐः–राहुकालः– अपरान्ह ३ ÷५ वजेबाट ४÷२८ वजेसम्म रहनेछ, यमघण्टायोगः– विहान ९÷३१ वजेबाट १०÷५५ वजेसम्म रहनेछ, दूरमुहूर्तः– विहान ८÷५८ वजेबाट ९÷४२ वजेसम्म र राती ११÷१ वजेबाट ११÷४५ वजेसम्म रहनेछ, यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷४० वजेसम्म रहनेछ, । गुली कालः– मध्यान्ह १२÷१८ वजेबाट अपरान्ह १÷४१ वजेसम्म रहनेछ,। “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– विरोध गर्ने पनि समर्थनमा आउनेछन् । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । उधारो कारोवार नगर्नु होला । पराक्रम बढ्नेछ ।

बृष

वृषः– दिन सामान्यकरण हुदै जाने देखिन्छ । धार्मिक कार्यमा सरिक हुने अवस्था आउन सक्छ । मानसिक तनावमा कमि आउनेछ । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।

मिथुन

मिथुनः– तपाईको स्वास्थ्य कमजोर बन्नेछ । घरको वातावरण पनि प्रतिकुल हुन सक्छ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ । चिन्ता थपिनेछ ।

कर्कट

कर्कटः– लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । आर्थिक कारोवार गर्दा सजग हुन होला काममा विलम्ब नगर्नु होला । व्यापारबाट लाभ होला ।

सिंह

सिंहः– विरोधी बढ्नेछन् कार्य गोपनियता अप्नाई काम गर्नु होला । काम गर्दा बढि मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ ।

कन्या

कन्याः– भ्रमलाई चिरेर काम गर्नु होला । हेलचक्र्याई गरेर काम गर्नु भयो भने आएको अवसर पनि गुम्नेछ । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । मानसिक तनाव बढ्नेछ ।

तुला

तुलाः– भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । साथि भाईबाट विश्वास घात हुनसक्छ ।

बृश्चिक

वृश्चिकः– कार्य क्षमता घट्ने छैन । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ । घरका काम काजमा भन्द बाहिरी काम काजमा समय बढि लगानी हुनेछ ।

धनु

धनुः– नजिकका मानिसबाट विश्वास घात हुनेछ । संचित धनको नास हुने देखिन्छ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । प्रयत्नपूर्वक गरेका काम भने केहि सफल हुनेछन् ।

मकर

मकरः–समयमा निर्णय लिएर अगाडि बढ्नु पर्ने देखिन्छ । गरेका काम सफल हुनेछन् । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । महत्वकाँक्षी योजना असफल हुनेछन् ।

कुम्भ

कुम्भः– कमाई भन्द पनि खर्च बढि हुनेछ । व्यापार व्यवसायमा विभिन्न खालका समस्या आउनेछन् । नगरेका कामको अपयश आई लाग्न सक्छ । स्वास्थ्यले पनि काम गर्न दिने छैन । चिन्ता बढ्नेछ ।

मीन

मिनः– सहयोग गर्ने भन्दा आलोचना गर्ने बढि हुनेछन् । उपलब्धिका काममा भन्दा अनावस्यक काममा समय बढि खर्च हुनेछ । भावावेगमा आएर कुनै काम नगर्नु होला नोक्सान हुनेछ ।

तपाईको प्रतिक्रिया