ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल माघ २४ गते बुधबार

नेपाल सम्बत ११३८ शिल्लागा,सन् २०१८ फेब्रुअरी ७ तारिक फाल्ुगन कृष्णपक्ष सप्तमी तिथि मध्यान्ह १२ वजेर ३६ मिनेटसम्म,स्वाती नक्षत्र अपरान्ह ४ वजेर २ मिनेटसम्म, गण्डयोग, बवकरण,आनन्दादियोग धुम्र,सूर्य मकर राशीमा, चन्द्रमा तुला राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷११ वजेसम्म लाभ वेला,८÷११ वजेदेखि ९÷३३ वजेसम्म अमृत वेला,९÷३३ देखि १०÷५५ वजेसम्म काल वेला,१०÷५५ देखि १२÷१८ वजेसम्म शुभ वेला,१२÷१८ देखि १÷४० वजेसम्म रोग वेला,१÷४० देखि ३÷२ वजेसम्म उद्वेग वेला,३÷२ देखि ४÷२५ वजेसम्म चर र ४÷२५ वजे देखि सूर्यास्तसम्म लाभ वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷२६ वजेसम्म उद्वेग वेला,७÷२६ वजेदेखि ९÷४ वजेसम्म शुभ वेला,९÷४ देखि १०÷४२ वजेसम्म अमृत वेला,१०÷४२ देखि १२÷१९ वजेसम्म चर वेला,१२÷१९ देखि १÷५६ वजेसम्म रोग वेला,१÷५६ देखि ३÷३४ वजेसम्म काल वेला,३÷३४ वजे देखि ५÷११ वजेसम्म लाभ र ५÷११ वजे देखि सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।

ॐः–राहुकालः–मध्यान्ह १२÷१८ वजेबाट अपरान्ह १÷४० वजेसम्म रहनेछ, यमघण्टायोगः– विहान ८÷११ वजेबाट ९÷३३ वजेसम्म रहनेछ, दूरमुहूर्तः– पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷४० वजेसम्म रहनेछ, यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷४० वजेसम्म रहनेछ, । गुली कालः– विहान १०÷५६ वजेबाट मध्यान्ह १२÷१८ वजेसम्म रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । नयाँ जीवन प्रारम्भ हुनेछ । उद्योग धन्दा बन्द व्यापारबाट लाभान्वित हुनुहुनेछ । विलम्ब गरी गरेका काम विग्रिन सक्छन् । सुखद यात्रा हुनेछ ।

बृष

मनोबल बढाउनु पर्ने देखिन्छ । परिश्रमको फल मिल्नेछ । मुद्धा मामिलाम विजय हात लाग्नेछ । नयाँ कार्य योजनाका वारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

मिथुन

समयमा निर्णय लिएर कर्म क्षेत्रमा लाग्नु होला । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । कारोवारमा सचेत रहनु होला ।

कर्कट

सुख,शान्तिमा वृद्धि हुनेछ । आफ्नै कारण काम विलम्व हुदा अरुले फाइदा लिनेछन् । पारिवारिक समस्या समाधान भएर जानेछन् । व्यवसायिक काममा भन्दा भेटघाटमा समय बढि खर्च हुनेछ ।

सिंह

समयको सदुपयोग गर्नु होला नत्र पछि पश्चताप हुनेछ । खर्च गरेर ठुलो मान्छे बन्छु भन्ने सपना नदेख्नु होला । काम गर्ने जोश जागर घट्नेछ । अनावस्यक झै झमेला आइलाग्ने छन् ।

कन्या

विस्तारै कार्य क्षमता बढ्ने छ । काम गर्दा बाहिरी कुरालाई पनि ध्यान दिन नभुल्नु होला । आज गरेका काम आँशिक सफल हुने देखिन्छ । व्यापार व्यवसायमा पनि सुधार आउने छ ।

तुला

दिन उत्तम रहेको छ । गरेका अधिकाँश काम सफल हुनेछन् । काम गरेर नाम राख्न सकिनेछ । आफन्तको सहयोग सामान्य पाईनेछ । ऋण लगानीमा जोड नदिनु होला ।

बृश्चिक

दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । कुनै पनि काम गर्दा हेलचक्रयाई र मनोबल नगिराउनु होला । व्यापार व्यवसायबाट आसातित लाभ लिन सकिने छैन ।

धनु

कार्य क्षमता घट्ने छैन । समयमा गरेका अधिकाँश काम सफल हुनेछन,बिलम्व गर्दा आफुलाई घाटा हुनेछ भने अरुलाई फाइदा पुग्नेछ । व्यापार व्यवसायबाट सन्तोषजनक आम्दानी हुनेछ ।

मकर

समयले साथ दिनेछ,काम गर्न पछि नपर्नु होला । गरेका काम उदाहरणीय हुनेछन् । काम गरेर धन कमाउने अवसर आउनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

कुम्भ

कामले विस्तारै गति लिनेछ । विरोधी शरणमा आउने बातावरण बन्ला । गिरेको मनोबल उठ्नेछ । काम गर्ने जोश जागर विस्तारै बढ्नेछ । व्यापार व्यवसायमा भने खासै प्रगति हुने छैन ।

मीन

काममा ढिला सुस्ति हुनेछ । काम गरेर फाइदा लिन सकिने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । अनावस्यक विषय बस्तुमा टाउको नदुखाउनु होला ।

तपाईको प्रतिक्रिया