ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल माघ २३ गते मंगलबार

नेपाल सम्बत ११३८ शिल्लागा,सन् २०१८ फेब्रुअरी ६ तारिक फाल्ुगन कृष्णपक्ष षष्ठी तिथि मध्यान्ह १२ वजेर १५ मिनेटसम्म, चित्रा नक्षत्र अपरान्ह ३ वजेर ३ मिनेटसम्म, शूलयोग, वणिजकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य मकर राशीमा, चन्द्रमा तुला राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१२ वजेसम्म रोग वेला,८÷१२ वजेदेखि ९÷३४ वजेसम्म उद्वेग वेला,९÷३४ देखि १०÷५६ वजेसम्म चर वेला,१०÷५६ देखि १२÷१८ वजेसम्म लाभ वेला,१२÷१८ देखि १÷४० वजेसम्म अमृत वेला,१÷४० देखि ३÷२ वजेसम्म काल वेला,३÷२ देखि ४÷२५ वजेसम्म शुभ र ४÷२५ वजे देखि सूर्यास्तसम्म रोग वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷२५ वजेसम्म काल वेला,७÷२५ वजेदेखि ९÷३ वजेसम्म लाभ वेला,९÷३ देखि १०÷४१ वजेसम्म उद्वेग वेला,१०÷४१ देखि १२÷१९ वजेसम्म शुभ वेला,१२÷१९ देखि १÷५६ वजेसम्म अमृत वेला,१÷५६ देखि ३÷३४ वजेसम्म चर वेला,३÷३४ वजे देखि ५÷१२ वजेसम्म रोग र ५÷१२ वजे देखि सूर्योदयसम्म काल वेला रहनेछ ।

ॐः–राहुकालः– अपरान्ह ३÷२ वजेबाट ४÷२४ वजेसम्म रहनेछ, यमघण्टायोगः– विहान ९÷३४ वजेबाट १०÷५६ वजेसम्म रहनेछ, दूरमुहूर्तः– विहान ९÷१ वजेबाट ९÷४५ वजेसम्म र राती ११÷० वजेबाट ११÷४३ वजेसम्म रहनेछ, यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷४० वजेसम्म रहनेछ, । गुली कालः– मध्यान्ह १२÷१८ वजेबाट अपरान्ह १÷४० वजेसम्म रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

नयाँ कामले प्राथमिकता पाउनेछ । साना तिना समस्या पनि समाधान भएर जानेछन् । मेहनतबाट सफलताका सिढि चढ्न पाईनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । पारिवारिक सुख,शान्ति मिल्नेछ ।

बृष

सफलताका सिढि चढ्न कसरत बढि नै गर्नु पर्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । ऋण लगानी नगर्नु होला । शत्रुको बक्रदृष्टि पर्ने हुदा सजग रहनु होला ।

मिथुन

यात्राबाट फाइदा खासै हुने छैन । समयमा निर्णय लिन सकिएन भने आफ्नो कामबाट अरुले फाइदा लिने छन् । आलस्यता बढ्नेछ । पढाईका साथै बाहिरी काममा चासो बढ्नेछ ।

कर्कट

धन सम्पतिको विषयलाई लिएर टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापारमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । धन खर्च बढ्नेछ ।

सिंह

बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्ने छ । घर परिवारबाट सहयोग मिल्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापारमा सुधार आउनेछ ।

कन्या

घर परिवारमा सामान्य समस्या आउन सक्छन् । घरका समस्या मिलाउन समय लाग्ने छ । ऋण लगानीमा जोड नदिनु होला । संचित धन खर्च हुनेछ । व्यापार मन्द रहला ।

तुला

शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ । उत्तम भोजन र आशन प्राप्तिको योग देखिन्छ । रोकिएका काम बन्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ ।

बृश्चिक

भाग्यमा अवरोध आउन सक्छ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । बोलिको प्रभाव घट्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

धनु

आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ ।

मकर

समयको गतिसैग काममा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । नोकरीमा अवसर आउनेछ ।

कुम्भ

आफ्ना काम भन्दा अरुका काम बढि हुने छन् जसका कारण धेरै काम अधुरा रहने छन् । गरेका काम आलोचित हुनेछन् । समस्याबाट पीडित हुनुपर्ला । अनावस्यक खर्चमा वृद्धि हुनेछ ।

मीन

विश्वासको संकट पर्ने छ । आफ्नो सोचाईको विपरित काम हुने छन् । मानसिक चिन्ता बढ्ने छ । पढाई लेखाईमा ध्यान जाने छैन । व्यापारमा गिरावट आउनेछ । खर्च बढ्नेछ ।

तपाईको प्रतिक्रिया