ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल माघ २२ गते सोमबार

नेपाल सम्बत ११३८ शिल्लागा,सन् २०१८ फेब्रुअरी ५ तारिक फाल्ुगन कृष्णपक्ष पञ्चमी तिथि मध्यान्ह १२ वजेर २५ मिनेटसम्म,हस्ता नक्षत्र अपरान्ह २ वजेर ३५ मिनेटसम्म,धृतियोग,तैतिलकरण,आनन्दादियोग वज्र,सूर्य मकर राशीमा, चन्द्रमा राती २ वजेर ४५ मिनेटसम्म कन्या उप्रान्त तुला राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१२ वजेसम्म अमृत वेला,८÷१२ वजेदेखि ९÷३४ वजेसम्म काल वेला,९÷३४ देखि १०÷५६ वजेसम्म शुभ वेला,१०÷५६ देखि १२÷१९ वजेसम्म रोग वेला,१२÷१९ देखि १÷४१ वजेसम्म उद्वेग वेला,१÷४१ देखि ३÷३ वजेसम्म चर वेला,३÷३ देखि ४÷२५ वजेसम्म लाभ र ४÷२५ वजे देखि सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷२४ वजेसम्म चर वेला,७÷२४ वजेदेखि ९÷२ वजेसम्म रोग वेला,९÷२ देखि १०÷४० वजेसम्म काल वेला,१०÷४० देखि १२÷१८ वजेसम्म लाभ वेला,१२÷१८ देखि १÷५६ वजेसम्म उद्वेग वेला,१÷५६ देखि ३÷३४ वजेसम्म शुभ वेला,३÷३४ वजे देखि ५÷१२ वजेसम्म अमृत र ५÷१२ वजे देखि सूर्योदयसम्म चर वेला रहनेछ ।

ॐः–राहुकालः– विहान ८÷१२ वजेबाट ९÷३४ वजेसम्म रहनेछ, यमघण्टायोगः– विहान १०÷५६ वजेबाट मध्यान्ह १२÷१८ वजेसम्म रहनेछ, दूरमुहूर्तः– मध्यान्ह १२÷४० वजेबाट अपरान्ह १÷२३ वजेसम्म र अपरान्ह २÷५१ वजेबाट ३÷३४ वजेसम्म रहनेछ, यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷४० वजेसम्म रहनेछ, । गुली कालः– अपरान्ह १÷४० वजेबाट ३÷२ वजेसम्म रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

काममा कडा मेहनतका साथ प्रशस्तुत हुनु होला तव गन्तव्यमा पुग्नु हुनेछ । परिश्रमको फल मीठो हुनेछ । आत्मबल र आत्म विश्वास बढ्नेछ । अवरोध खडा गर्न खोज्ने कम हुने छैन सचेत रहनु होला ।

बृष

नयाँ अनुभव बटुल्न पाईनेछ । व्यापार व्यवसायबाट अधिक मुनाफा लिन सकिने छैन । दैनिक काम सुचारु हुनेछन् । सन्तान र पढाईको वारेमा चिन्तन मनन बढि हुनेछ ।

मिथुन

पारिवारिक समस्या समाधानमा समय बढि खर्च हुनेछ । संचित धन खर्च हुनसक्छ । कार्य शिथिलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । तपाईलाई शंकाको घेरामा राख्ने छन् ।

कर्कट

सामान्यतया दिन अनुकुल नै देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाई तिर भन्दा कमाई तिर मन दौडिने छ । आर्थिक कारोवारमा चनाखो रहनु होला ।

सिंह

काममा ढिला नगर्नु होला । वोलिको प्रभवामा काम हुनेछन् । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । सबै सहयोगी हुने छैनन चिनेर मात्र काम गर्नु होला । व्यापारमा सुधार आउनेछ ।

कन्या

शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । फजुल खर्चमा नियन्त्रण आउने छ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आय बढ्ला ।

तुला

समयले कम साथ दिनेछ हेलचक्र्याई गरेर काम नगर्नु होला । सचेत नभएको खण्डमा आर्थिक कारोवार विग्रिन सक्छ । आम्दानीका मार्ग खुम्चिने छन् । व्यापार घट्नेछ । प्रतिष्ठामा आच आउन सक्छ ।

बृश्चिक

काम गरे अनुुसारको प्रतिफल पाउन कठिनाई हुने छैन । उद्योग,धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । आम्दानी खर्च व्यवस्थापनमा बढि ध्यान दिनु होला । घर परिवारबाट सहयोग मिल्नेछ ।

धनु

थोरै मेहनत बढाउनु होला सफल हुनुहुनेछ । अरु प्रभावित हुने काम हुनेछन् । गएका ठाँउमा मान सम्मान मिल्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

मकर

मानसिक चिन्ता घट्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न । सन्तानका विषयले तनाव बढाउनेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ ।

कुम्भ

अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । विश्वासको खडेरी पर्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । जोखिम मोलेर काम नगर्नु होला ।

मीन

ढिला नगर्नु.होला अवसर फुत्किन सक्छ । समयमा गरेका काम सफल हुनेछन् । उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । जीवन साथिबाट सहयोग मिल्नेछ ।

तपाईको प्रतिक्रिया