ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल माघ २० गते शनिबार

नेपाल सम्बत ११३८ शिल्लागा,सन् २०१८ फेब्रुअरी ३ तारिक फाल्ुगन कृष्णपक्ष तृतीया तिथि अपरान्ह २ वजेर १० मिनेटसम्म,पूर्वफाल्गुनी नक्षत्र अपरान्ह ३ वजेर १ मिनेटसम्म, अतिगण्डयोग, भद्राकरण, आनन्दादियोग लुम्ब,सूर्य मकर राशीमा, चन्द्रमा राती ८ वजेर ५३ मिनेटसम्म सिंह उप्रान्त कन्या राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१३ वजेसम्म काल वेला,८÷१३ वजेदेखि ९÷३५ वजेसम्म शुभ वेला,९÷३५ देखि १०÷५६ वजेसम्म रोग वेला,१०÷५६ देखि १२÷१८ वजेसम्म उद्वेग वेला,१२÷१८ देखि १÷४० वजेसम्म चर वेला,१÷४० देखि ३÷२ वजेसम्म लाभ वेला,३÷२ देखि ४÷२३ वजेसम्म अमृत र ४÷२३ वजे देखि सूर्यास्तसम्म काल वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷२३ वजेसम्म लाभ वेला,७÷२३ वजेदेखि ९÷१ वजेसम्म उद्वेग वेला,९÷१ देखि १०÷४० वजेसम्म शुभ वेला,१०÷४० देखि १२÷१८ वजेसम्म अमृत वेला,१२÷१८ देखि १÷५७ वजेसम्म चर वेला,१÷५७ देखि ३÷३५ वजेसम्म रोग वेला,३÷३५ वजे देखि ५÷१३ वजेसम्म काल र ५÷१३ वजे देखि सूर्योदयसम्म लाभ वेला रहनेछ ।

ॐः–राहुकालः– विहान ९÷३४ वजेबाट १०÷५६ वजेसम्म रहनेछ, यमघण्टायोगः– अपरान्ह १÷३९ वजेबाट ३÷१ वजेसम्म रहनेछ, दूरमुहूर्तः– विहान ८÷१८ वजेबाट ९÷२ वजेसम्म रहनेछ, यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷३९ वजेसम्म रहनेछ, । गुली कालः– विहान ६÷५१ वजेबाट ८÷१३ वजेसम्म रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

काममा स्थायित्व दिनु होला । अरुका कुरा सुनेर निर्णय नगर्नु होला । हतारमा निर्णय गरे फुर्सदमा पछुताउने काम हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । इज्जत बचाउनु होला ।

बृष

मानसिक तनाव बढ्न सक्छ । अनावस्यक काममा समय खेर जानेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन । फजुल खर्च बढ्नेछ । लगनशिल भई काम गरेमा थोरै भए पनि लाभ लिन सकिनेछ ।

मिथुन

परिश्रमबाट धन आर्जन हुनेछ । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । पराक्रम बढ्नेछ । काममा ढिला सुस्ति गदा अवसर फुत्किन सक्छ ।

कर्कट

संचित धनको नास हुनसक्छ । विश्वास घातको सम्भावना देखिन्छ । प्रयास र प्रयत्न सफल हुनेछन् । पढाई लेखाईमा क्रमिक सुधार आउनेछ । भावावेगमा आएर काम नगर्नु होला ।

सिंह

वाणिज्य क्षेत्रमा सामान्य सुधार आउनेछ । समयमा गरेका काम सफल हुनेछन् । सहयोगी भेटिने छन् । खर्च व्यवस्थापनमा जोड दिनु होला । बाह्य सम्बन्ध त्यति राम्रो रहने छैन ।

कन्या

विना उपलब्धिका काममा समय र धन लगानी हुनेछ । गरेका काम आफ्ना लागि भन्दा अरुका लागि बढि हुनेछ । झुट्टा कुराले सताउनेछ । काम कुरामा सिमित हुने देखिन्छ ।

तुला

समयले साथ दिनेछ,अवसरलाई पूर्ण सदुपयोग गर्नुहोला । वित्तिय क्षेत्रमा सुधार आउनेछ । लगानीबाट लाभ लिन सकिनेछ । साथि भाईबाट सहयोग मिल्नेछ तर सवै मित्र हुनेछैनन ।

बृश्चिक

भाग्यले साथ दिनेछ, कर्म प्राप्तिको योग देखिन्छ । सरल र सहज रुपमा कार्य सम्पादन हुनेछन् । तपाईको कामबाट अरु पनि प्रभावित हुनेछन् । व्यापार व्यवसायबाट लाभ हुनेछ ।

धनु

समय सुधारोन्मुख छ तर सोचे जस्तो कहि कतै हुने छैन । जोखिमपूर्ण काममा हात नहाल्नु होला । मनमा कुरा खेल्न छोड्ने छैन । आफन्तमा मनमुटाव बढ्नेछ । धन खर्च हुनेछ ।

मकर

समयले साथ कमै दिने देखिन्छ । मानोविकार बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ अहार विहारमा ध्यान दिनु होला । खर्चमा वृद्धि हुनेछ । व्यापारबाट खासै लाभ लिन सकिने छैन ।

कुम्भ

समयको सदुपयोग गर्न सक्नु भएन भने अवसर फुत्किनेछ । रजोगुण बढ्नेछ । आर्थिक काारोेवारमा सामान्य सुधार आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

मीन

काम गर्दा व्यवधान उत्पन्न हुनसक्छ प्रयत्न गरे समाधान भएर जानेछन् । सहजता देखिदैन हरेक कुरा प्रयासबाट सम्भव हुनेछ । प्रतिश्पर्धामा अगाडि हुनुहुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

तपाईको प्रतिक्रिया