— ज्योतिष,पंडित वेदनिधि तिमिल्सिना साप्ताहिक राशिफल : माघ १८ गते देखि २४ गतेसम्म, कस्तो छ तपाईको भाग्य हेर्नुहोस् जस्ताको त्यस्तै

मेष

मेषः– साताको पूर्वाद्ध त्यति अनुकुल हुने छैन । विभिन्न खालका समस्या सँग लड्नु पर्नेछ,भिड्नु पर्नेछ । स्वास्थ्य कमजोर बन्नेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । धन,सम्पतिको नास हुनसक्छ । आइतवार र सोमबार संघर्ष बढि गर्नु पर्नेछ । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ । अरुको भरमा काम नगर्नु होला धोका हुनेछ । शेष दिन उत्तम रहेका छन् । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । यात्राको सम्भावना देखिन्छ । आम्दानी बढ्नेछ ।

बृष

वृषः– साता त्यति राम्रो देखिन्न । राम्रो कुरा गर्दा नराम्रो सोच्ने छन् । अर्थको अनर्थ लाग्नेछ । शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । घर परिवारमा समस्या सृजना हुने देखिन्छ । धन सम्पतिको नास हुनसक्छ । मंगलबार र बुधवार संघर्ष बढि गर्नु पर्नेछ । काममा प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्नेछ । विवादबाट टाढा बस्नु होला । मुद्धा मामिलामा विजय हात लाग्नेछ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् ।

मिथुन

मिथुनः– विहिवार संचित धन नास हुनेछ । आफन्तले धोका दिनेछन् । शुक्रबार र शनिवार अनुकुल देखिन्छ । रोकिएका काम आफ्नै पहलमा अगाडि बढ्ने छन् । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । लगानी अनुसारको प्रतिफल मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कार्य क्षमता बढ्नेछ । आइतवार र सोमबार घरयासी समस्यासँग खेल्नु पर्नेछ । शारीरिक शिथिलता बढ्नेछ । मंगलबार र बुधबार थोरै अनुकुल देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ ।

कर्कट

कर्कटः– विवादित काममा हात नहाल्नु होला । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । आर्थिक कारोवारमा विशेष ध्यान दिनु होला । घात प्रतिघातको सम्भावना देखिन्छ सतर्क भएर काम गर्नु होला । साझेदारी काममा हात नहाल्नु होला । आइतवार र सोमबार विशेष अनुकुल देखिन्छ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार बढ्नेछ । अधिकाँश काम आफ्नै प्रयासमा बन्ने छन् । सहयोग मिल्नेछ । शेष दिन भेटघाट रमाईलोमा जानेछ । पढाईमा प्रगति हुनेछ ।

सिंह

सिंहः–विहिवार खर्च विवाद तथा अनिष्ट हुनसक्छ पाईला पाईलामा विचार पु¥याउनु होला । शुक्रबार र शनिबार समयले साथ दिनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । संकटबाट पार पाउनु हुनेछ । मनमा उत्साहा थपिनेछ । भोज भतेर तथा सभा समारोहमा सहभागि हुने अवसर आउनेछ । आईतबार र सोमबार मध्यम देखिन्छ । प्रयत्न गर्न नछोड्नु होला । शेष दिन साता कै उत्तम रहने छन् । विगतमा गर्न नसकेका काम हुनेछन् । उच्च व्यक्तिको सहयोग मिल्नेछ ।

कन्या

कन्याः– शनिवारसम्म समय त्यति अनुकुल नरहन सक्छ । निर्णय क्षमतामा ह्रास आउनेछ । हतारमा काम गर्दा पछि पछुताउनु पर्नेछ । देखिएका सम्भावना क्षीण भएर जानेछन् । अनावस्यक विषय बस्तुले ठाँउ लिनेछ । खर्चको मात्रा बढ्नेछ । आईतबार देखि भने समय अनुकुल हुनेछ । निर्णय क्षमता,कार्य क्षमता तथा आत्म विश्वास बढ्नेछ । नयाँ सोच र विचारका साथ कार्य क्षेत्रमा लागिनेछ । आर्थिक उन्नतिका प्रशस्त सम्भावना देखिने छन् । सहयोग मिल्नेछ ।

तुला

तुलाः–साताको प्रारम्भ कार्य प्रगति र व्यापारका दृष्टिकोणबाट उत्तम रहेकोछ तर गोपनियताको आवस्यकता देखिन्छ । आईतवार र सोमबार खर्च वृद्धि हुनेछ । काममा सन्तोषजनक प्रगति हुनेछैन । व्यर्थको घुमाई फिराई बढि हुनेछ । घात प्रतिघातको सम्भावना देखिन्छ । मंगलबार देखि समयले पूर्ण साथ दिनेछ । सक्रियताका साथ काममा लागिनेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । उच्च व्यक्तित्वसँग भेटघाट हुनेछ । व्यापार बढ्नेछ । सहयोग पाईनेछ ।

बृश्चिक

वृश्चिकः– सोमबार सम्म समयले साथ दिनेछ । विगतमा रोकिएका काम बन्नेछन् । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सहयोग आशिर्वाद मिल्नेछ । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । मुद्धा मामिलाको टुङ्गो लाग्नेछ । मंगलबार र बुधबार भने खर्च बढ्नेछ । काममा विवाद सृजना हुने देखिन्छ । अनावस्यक क्षेत्रमा समय र धन लगानी हुनेछ । रिस,अहंकार र क्रोध बढ्नेछ । भाग्यमा अवरोध आउनेछ ।

धनु

धनुः– साताको प्रारम्भमा धेरै संघर्ष गर्नु पर्नेछ । आहार विहारका कारण स्वास्थ्यमा समस्या आउनेछ । काम काजमा अवरोध आउने तथा आर्थिक कारोवार विग्रिन सक्छ । चोटपटक आदिको भय देखिन्छ । मानहानी हुनसक्छ । आइतबार देखि भने क्रमिक रुपमा समयमा सुधार आउनेछ । अबरुद्ध कार्य योजनाहरु अगाडि बढ्ने छन् । व्यापार व्यवसायमा सुधार आउनेछ । वुद्धिजीवीहरुको संगत हुनेछ र सहयोग पनि मिल्नेछ । कुरामा भन्दा काममा जोड दिनु होला ।

मकर

मकरः– सोमबार सम्म समय त्यति अनुकुल देखिन्न । काम काजमा विलम्ब हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न । गलत विचार बढ्नेछ । लेनदेन कारोवारमा समस्या आउनेछ । साझेदारी काममा विवाद बढ्नेछ । मंगलबार देखि भने समयमा सुधार आउनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ

कुम्भः–साता मिश्रित फलदायी छ । प्रयत्न गर्न सके साताको प्रारम्भमा केहि साना तिना काम बन्ने छन् । विवादित विषयको टुङ्गो लाग्नेछ । जीवन साथिको सामान्य सहयोग मिल्नेछ । विदेश यात्राको योग देखिन्छ । आइतबार र सोमबार साता कै प्रतिकुल दिन रहने छन् । गरेका कामले पूर्णता पाउने छैन । व्यापारमा गिरावट आउनेछ । विश्वास गरेकाले धोका दिने छन् । मंगलबार देखि भने समयमा विस्तारै सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

मीन

मिनः–प्रारम्भ अलमल जस्तो देखिए पनि सोमबार सम्म समय अनुकुल हुनेछ । काममा धेरै संघर्ष गर्नु पर्नेछ तर परिणमले दुःख कष्ट भुलाउनेछ । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । नजिकका व्यक्तिबाट सहयोग सहानुभूति मिल्नेछ । विदेश यात्राको सम्भावना देखिन्छ । आयत निर्यात व्यापार बढ्नेछ । नोकरी तथा राजनीतिमा पदोन्नति हुनेछ । मंगलबार देखि भने समयले कम साथ दिनेछ । काम काजमा विलम्ब हुनेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ ।

तपाईको प्रतिक्रिया